नगर प्रहरीको भर्ना प्रक्रिया सुरु
२० मंसिर २०७९
•
१ मिनेट पाठ
नगर प्रहरीको भर्ना प्रक्रिया सुरु
कालिकोटको रास्कोट नगरपालिकाले नगर प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको हो।




नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याएको हो। कालिकोटका नौ  स्थानीय तह मध्ये नगर प्रहरी भर्ना गर्ने रास्कोट नगरपालिका पहिलो  हो।

नगरले तत्कालका लागि १५ जवान नियुक्त गर्न सूचना प्रकाशन गरेकोे छ। अहिले नियुक्त भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन्।

‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन,कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्, नगरप्रमुख धर्मराज शाहीले भने  ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ। नगरपालिकाले  ८ जना खुल्ला, ३ जना महिला, २ जना दलित, २ जना सहिद तथा बेपत्ता परिवारका गरी १५ जनाको भर्ना प्रकिया सुरु गरेको छ।’

नेपाल प्रहरीले नगरभित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको उनले बताए। सडकमा फोहोर गर्ने,सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने नगर पालिकाले जनाएको छ।
अर्को समाचार
आरसिपी बजारका घरटहरा भत्काउन सुरु
१२ वैशाख २०८०
•
२ मिनेट पाठ
आरसिपी बजारका घरटहरा भत्काउन सुरु
कालिकोटको रास्कोट नगरपालिकाले आरसिपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ। नगरपालिकाले भौतिक संरचना भत्काउन सूचना जारी गरे पनि स्थानीयले अटेर गर्दै आएका थिए। नगरपालिका केन्द्र रहेको आरसिपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घर नगरपालिकाले भत्काउन थालेको हो ।




सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा (माओवादी)ले बजार विस्तार गर्ने भन्दै गाउँबाट व्यापारीलाई उठाएर सो क्षेत्रमा राखेको थियो। त्यो समय जनही पाँच सय शुल्क लिएर घडेरी वितरण गरिएको थियो।

कालिकोटको रास्कोट नगरपालिकाले आरसिपी बजारमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको छ।
स्थानीय सरकार गठनपछि समेत अझ बढी जग्गा अतिक्रमण भएको थियो। सोही घडेरीमा कच्ची तथा पक्की संरचना बनाएर बसेका व्यापारीलाई ठाउँ खाली गर्न भन्दै नगरपालिकाले असोज ४ गते ४५ दिने सूचना जारी गरेको थियो। त्यो अवधिमा पनि घरटहरा खाली नगरेपछि मंसिर १३ गते पुनः १५ दिने सूचना जारी गरेको थियो।

नगरपालिकाले जारी गरेको सूचनाको बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाउनु परेको छ। नगरप्रमुख धर्मराज शाही (पोषण)ले सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउने सूचनाको अटेर गरेपछि बाध्य भएर डोजर चलाउनु परेको बताए। सार्वजनिक जग्गामा बसेको नगरपालिकाको भवनमा समेत डोजर चलाइएको छ।

स्थानीय तहको अघिल्लो सरकारका पालामा समेत सार्वजनिक जमिनमा निर्माण गरिएका घरटहरा हटाउन सूचना जारी गरिएको थियो। सूचना जारीपछि घरटहरा हटाउनुको साटो एक सयभन्दा बढी थप टहरा सो अवधिमा निर्माण गरिएका थिए। स्थानीय तहले सार्वजनिक जग्गामा बनाइएका घरटहरा हटाउन व्यवसायीसँग समेत विभिन्न चरणमा छलफल गरेको बताइन्छ।

नगरपालिकाले जारी गरेको सूचनाको बेवास्ता गरेपछि बाध्य भएर डोजर चलाउनुपरेको छ।
व्यवसायीले भने जग्गा छाड्नुको सट्टा स्थानीय सरकारको निर्णय अवज्ञा गर्दै संघर्ष समिति बनाएका थिए।

संघर्ष समितिका अध्यक्ष सुशील शाहीले द्वन्द्वकालमा जग्गा वितरण गर्ने तर अहिले हटाउने निर्णय नागरिकविरुद्ध भएको बताए। घरटहरा भत्काउने निर्णय फिर्ता नलिए प्रतिकारमा उत्रने चेतावनी अध्यक्ष शाहीको छ।
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस