स्थानीय मौलिक फल जुनारले सिन्धुलीको खनियाखर्क बजार पहेलपुर भएको छ। विपी राजमार्गस्थित यहाँको गोलञ्जोर गाँउपालिका ५ खनियाखर्कमा जुनारलाई प्रमुख प्राथमिकताका साथ बजारमा बिक्रिका लागि राखिएपछि पहेलपुर भएको हो।
राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा जुनारले त्यस क्षेत्रमा राम्रो बजार पाएको छ। पुर्वी तराईका विभिन्न जिल्लाबाट यहि राजमार्ग हुदै काठमाडौं आवात जावत गर्ने दैनिक हजारौ साना ठूला सवारीका यात्र ुनै जुनारको मुख्य ग्राहक हुन्। बस माइक्रोबसदेखि अन्य साना गाडीले खनियाखर्कमा यात्रुलाई जुनार किन्नकै लागि केहि समय रोकिदिने गरेकाले समेत खनियार्क बजार जुनारले भरिएको छ। रसिलो फल जुनार यात्रुका लागि सिन्धुलीको मुख्य कोसेली हुने भएकाले जुनार यात्रुको रोजाइमा समेत पर्न थालेको छ।
विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रिका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन्। खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन्। किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन्। खनियखर्कमा हाल १०० देखि १३० रुपैया किलोसम्ममा जुनारको कारोबार भइरहेको छ।
विगतका वर्षमा जुनारमा फल कुहाउने औषा पार्ने झिगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स प्रकोप देखिएपनि यस वर्षबाट जुनार सुपर जोन कार्यालयले किरा नियन्त्रण विधि अपनाएपछि न्युनिकरणमा आएको छ। किरा न्युनिकरण भएको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई कार्यालयका प्रमुख रमेश हुमागाईले भने, सिन्धुली जिल्ला जुनारले उद्गम स्थलको श्रेय पाएको छ, उनले नागरिकसँग भने, सिन्धुली र जुनार एक अर्काको पर्यवाचीनै हुन्। त्यसैले सिन्धुलीका फलफुल पसल मात्रै नभएर अन्य क्षेत्रमा समेत जुनारले पहेलपुर भएको छ।
जिल्लामा कुल १३४५ हेक्टर क्षेत्रफलमा जुनार खेती गरिएकोमा ७२५ हेक्टर उत्पादनशिल क्षेत्र रहेको तथ्याङक छ। जिल्लाका धेरै स्थानमा जुनारको खेती गर्न सकिन्छ, उनले भने पुर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेतीको संभावना रहेको छ, क्षेत्र विस्तारमा लाग्नुपर्ने जरुरी देखिन्छ।
चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स प्रकोपले अन्य जिल्लामा सामाज्यनै फैलाइसकेको र यसको नियन्त्रणमा सबै लाग्नुपर्ने बताए। नियन्त्रणको जुन प्रविधि लागु गरिएको छ, त्यस फलफुल लगाएका सबै किसानले लागु गर्नुपर्ने हुन्छ, उनले भने, अनिमात्रै किरामुक्त फल बजारमा दिन सकिन्छ। बिपी राजमार्ग निर्माण भएपछि पुर्वी तराई सहित काठमाडौं लगायतका स्थानमा जुनार कोसेलीको रुपमा लाने क्रम बढेपछि सिजन अगावै देखि जुनार बिक्रि हुने गरेको किसान बताउँछन्।
किसानको बोटमै गएर व्यापारीले राम्रो मुल्य दिने भएकाले जुनार खेतीबाट किसानको जिवनस्तर समेत उक्सिएको छ। यहाँको गोलञ्जोर गाँउपालिका, सुनकोसी गाँउपालिका, फिक्कल गाँउपालिका तथा तीनपाटन गाँउपालिकाका केहि स्थानमा व्यवसायीक रुपमै जुनारको खेती गरिदै आएको छ। सडकको पहुच जुनार बगैचासम्मै पुगेकाले बजारको अभाव नभएपछि किसानले सोझै बोटबाटै महंगो मुल्यमा बिक्रि गर्न पाएपछि जुनार खेतीमा किसान हौसिएका छन्। रोग किराको संक्रमणनै किसानका लागि समस्या भएपनि जुनारको बजार राम्रो रहेको किसान स्वयम् बताउँछन्। किसानलाई बोटमै १० रुपैयादेखि १५ रुपैयासम्म प्रतिदाना दिन व्यापारी घरघरमै पुग्ने गरेका छन्।