धनगढीमा कक्षा ८ मा अध्ययनरथ १५ वर्षीया चेतना साउंदको ग्रीडरले कुल्चेर ज्यान गएको घटनाको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रेका छन्।
बजारमा टायर बालेर र पसल बन्द गरेर विद्यार्थीहरु प्रदर्शन गरिरहेका छन्। गाडिले कुल्चेर सहपाठिको ज्यान गएपछी विरोध प्रदर्शनमा उत्रेका विद्यार्थीलाई प्रहरीले धरपकड गरेको छ। विद्यार्थी पोशाकमै रहेका दुई बालकलाई प्रहरीले पक्राउ गरेको छ। आफूले कुनै गल्ती नगरेको भनिरहेका विद्यार्थीलाई प्रहरीले जवरजस्ती भ्यानमा हालेर लगेपछी सहपाठी गुमाएर न्यायको लागि प्रदर्शन गरिरहेका विद्यार्थी आक्रोशित भएका हुन्। उनीहरुले प्रहरीविरुद्ध चर्का नाराबाजी गरेर धनगढीमा प्रदर्शन गरिरहेका छन्।
विद्यार्थी पक्राउ गर्न पाइदैन, हामिलाई न्याय दे, प्रहरी चोर हुन लगायत प्रहरीविरुद्ध चर्का नारा लगाइरहेका छन्। धनगढी ऐश्वर्य विद्या निकेतन, ग्यालेक्सी उच्च माबि, पंचोदय माबि लगायतका विद्यालय बन्द भएका छन्। आक्रोशीत विद्यार्थीहरु धनगढीमा पसल र बजारक्षेत्रमा पसल र यतायात बन्द गराउदै हिडेका छन्।
कैलाली प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले ढुङ्गामुढा गरेकाले २ विद्यार्थी पक्राउ गरेको बताए। पक्राउ परेका विद्यार्थीले भने ढुङ्गामुढा नगरेको बताएका छन्।
विद्यालय जाँदै गर्दा धनगढी पिपल चौतारा नजिक विहान १०:२० बजेको समयमा तारानगरकी १५ वर्षीया छात्रा चेतना साउँदलाई ग्रेडरले किचेको हो। उनको घटनास्थलमै मृत्यु भएको थियो।
ना १ क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले पिपल चौतारा नजिक पानी पिच गरिरहेका बेला ब्याक गर्दा साइकलमा विद्यालय जाँदै गरेकी छात्रालाई किचेको थियो। प्रत्यक्षदर्शीले ठक्कर लागेर उठन खोज्दा बालिका ब्याक गरेर ग्रीडरले किचेको आरोप लगाएका छन्।
ग्रेडर र चालक चितवन भरतपुर महानगरपालिका वडा नम्बर २८ बस्ने वर्ष २७ का विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चेतना स्थानीय पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा कक्षा ८ मा अध्ययनरत छात्रा हुन्।
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।
चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।
त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्यो।
सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्यो भने भुवन खड्का ५५ मतमा सीमित भए।
अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।
त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।
नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।
पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...