बाबुरामले किन सुझाए माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा ?
२९ असार २०८२
•
४ मिनेट पाठ
बाबुरामले किन सुझाए माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा ?
माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराईले २०७३ जेठ ३० गते माओवादी र माओवाद दुबै छाडेर नयाँ शक्ति पार्टी, नेपाल गठन गरे। परम्परागत पार्टी र सोचबाट पार नलाग्ने निष्कर्ष निकालेका भट्टराई वैकल्पिक राजनीतिका प्रणेता त बने तर, त्यसबाट देखाउने गरी केही गर्न भने असफल रहे। नयाँ शक्ति गठन गरेपछि मुख्यत: मधेसकेन्द्रित दलहरूसँग सहकार्य गरेका भट्टराई अहिले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष छन्। तर, उनको पार्टी खिइँदै गएको छ। नयाँ शक्ति गठनताका सँगै रहेका धेरै नेताहरू अहिले माओवादीतिरै फर्किसकेका छन्।




१० वर्षे सशस्त्र माओवादी द्वन्द्वका शीर्षस्थमध्येका एक नेता भट्टराईको खोजी त्यसपछि पनि स्वाभाविक रूपमा पार्टी भई नै रह्यो। अहिले पनि बेला बेला खासगरी कार्यकर्ताको तहमा भट्टराईको खोजी भई नै रहन्छ। पछिल्लो पटक पनि यो क्रम दोहोरियो। केही माओवादी कार्यकर्ताले भट्टराईलाई विभिन्न सामाजिक सञ्जालमार्फत माओवादीमै फर्किनका लागि आह्वान गरे। तर, पुराना पार्टी र सोचबाट केही नहुने दृढ निष्कर्ष निकालेका उनलाई त्यस्तो आह्वान-आग्रहले कहाँ छुनू ?

तर, उनी जवाफ दिन भने बाध्य भए। भट्टराईले गत शुक्रबार मात्रै फेसबूकबाट आफूलाई पुन: माओवादी बोलाउने नेता-कार्यकर्ताहरूलाई जवाफ लेखेका छन्। पूर्वसहयोद्धाद्वय पुष्पकमल दाहाल र रामबहादुर थापासँगको एक तस्बिर साझेदारी गर्दै उनले बनिबनाउ नेता हुँदा मात्रै पार्टी बलियो नहुने मात्रै बताएनन्, माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा पनि सुझाए। उनले भनेका छन्, ‘माओवादको वैचारिक-राजनीतिक घेराभित्र मात्र सीमित भएर हुँदैन, पछिल्लो ज्ञानविज्ञानले समृद्ध नयाँ विचार, दर्शन, राजनीतिको पुनर्संश्लेषण जरूरी छ। त्यसका निम्ति माओवादी र अन्य कम्युनिष्ट धारका नेता-कार्यकर्ताहरूले  सिर्जनशील ढङ्गले सोच्न र पहल लिन जरूरी छ।’

भट्टराईले माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा सुझाएपछि कतिपयले ‘बाबुराम भट्टराईलाई पुन: माओवादी मोह जागेको’ रूपमा व्याख्या गरेका छन्। तर, त्यस्तो नभएको बताउँछन् नयाँ शक्तिका प्रवक्ता कृष्ण शर्मा। ‘माओवादीभित्र पनि अब बाबुराम भट्टराई बिना पार्टी अगाडि बढ्दैन भन्नेहरू निस्किँदैछन्। यस्तो बेलामा उहाँ अब पुन: पार्टीमै फर्किनुपर्छ भन्ने आवाज उठ्न थालेको छ। तर, डा. साबले फर्किने कुरा गर्नुभएको होइन। जहाँसम्म माओवादी आन्दोलन पुनर्गठनको कुरा छ। त्यो माओवादीकै रूपमा होइन, आजको आवश्यकताअनुकूल नयाँ रूपमै पुनर्गठन गरौँ भन्नुभएको हो जस्तो लाग्छ,’ उनले भने। त्यसरी आन्दोलनको पुनर्गठन भए त्यो राम्रै हुने पनि शर्मा बताउँछन्।

भट्टराईसँग राजनीतिक सहकार्यसमेत गरेका राजनीतिक विश्लेषक केशव दाहालको भनाइमा भन्दा भने भट्टराई कहिलेकाहीँ परम्परागत राजनीतिक इतिहाससँग नै रमाउने गर्छन्। नयाँ हुन्छु भनेपछि हमेशा नयाँ बन्नकै लागि अगाडि बढ्नुपर्ने भए पनि त्यसमा उनले ‘ब्रेक’ लगाउने गरेको उनी बताउँछन्। ‘बाबुरामजीले परम्परागत राजनीतिक इतिहासको विगतको मुग्धतामा रमाउने होइन, राजनीतिक विकल्पको प्रयत्न गर्ने हो। नयाँ शक्तिको विकल्पको निर्माण गर्छु भन्ने हो भने इमान्दार बनेर पुरानो शब्दवाली, सङ्गठन, इतिहासलाई सम्मान गर्ने हो तर, त्यहीँ रमाउने होइन। उहाँ दुई पाइला अगाडि जाने अनि तीन पाइला पछाडि फर्किने जस्तो देखिनुहुन्छ। त्यसरी त एक एक पाइला गरेर पछाडि फर्किने मात्रै काम हुन्छ,’उनले भने।

पुरानै आन्दोलन, पार्टी, शैली र सोचको मोह लाग्छ भने नयाँ प्रयास सफल हुँदैन भन्नुपर्ने भनाइ दाहालको छ। ‘कि त उहाँले नयाँ प्रयास सफल हुँदैन भन्नुपर्‍यो। त्यसरी उमेरले पाका मान्छेहरूले गरेको नयाँ प्रयास सफल हुँदैन भन्ने पुष्टि हुन्छ फेरि। ६० पुगेको मान्छेले नयाँ बन्ने कोसिस गर्नुचाहिँ कठोर साधना हो। उहाँले गर्नुभएको गल्ती के हो भने बेला-बेला माओवादीको आत्ममुग्धतामा रमाउनुहुन्छ,’ उनले भने।

दाहालले अहिले माओवादी पुनर्गठनको नभइ माओवादी विघटनको आवश्यकता रहेको औँल्याए। ‘माओवादी विचारले हाम्रो समस्या समाधान गर्दैन, नेपाली समाजका सङ्कटहरू समाधान गर्ने सूत्र दिँदैन। न अर्थतन्त्रका यावत् समस्याहरूलाई परास्त गर्ने, रोजगारी सृजना गर्ने काम नै गर्छ। जुन चिजले आजको पुस्ता र समयलाई योगदान गर्देन, त्यहाँ किन गनथन गर्ने ?,’ उनले भने। 

उनले भट्टराईसँग दुईवटा मन रहको पनि उनले बताए। ‘उहाँको दुईवटा मन छ। एउटा मनले तँ त वैकल्पिक राजनीतिको प्रणेता पो होस् त, अब नयाँ तरिकाले अगाडि बढ्नुपर्छ भन्छ। अर्को मनले यत्रो आन्दोलन गरेर आइस्, प्रधानमन्त्री भइस्, माओवादी आन्दोलनको समीक्षा गरेर तालमेल मिलाएर त्यहीँ रहने हो कि भन्छ,’ उनले भने।

यो पनि पढ्नुहोस्

दाहाल र थापासँगको तस्बिर साझेदारी गर्दै बाबुरामले देखाए माओवादी पुनर्गठनको रूपरेखा
अर्को समाचार
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
०५ साउन २०८२
•
१ मिनेट पाठ
समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत सुधारको आवश्यकता छ : अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताएका छन्।




आज सिएनआइ (नेपाल उद्योग परिसंघ) का नवनिर्वाचित पदाधिकारीहरूसँग निजी निवास खुमलटारमा भेट गर्दै उनले यस्तो बताएका हुन्। भेटका क्रममा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे। उनले राज्यको माइन्डसेट परिवर्तन गरी निजी क्षेत्रलाई सहज वातावरणमा काम गर्न दिने नीतिगत सुधारको आवश्यकता औँल्याए।

'निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन,' उनले भने, 'राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ।'

सिएनआइका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा भएको सहकार्य वातावरण सशक्त रहेको स्मरण गरेका थिए।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस