ध्वस्त संघीय संसद् भवन अब के हुन्छ ?
१५ चैत्र २०८२
•
४ मिनेट पाठ
ध्वस्त संघीय संसद् भवन अब के हुन्छ ?
गत भदौ २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनका क्रममा ध्वस्त पारिएको बानेश्वरस्थित संघीय संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)को भविष्य के हुने भन्ने विषय यतिखेर आमचासोको केन्द्र बनेको छ। आन्दोलन भएको झण्डै सात महिना बितिसक्दा पनि यसको पुनःनिर्माण वा प्रयोगसम्बन्धी अन्योल कायमै छ।




केही महिनाअघिसम्म यस भवनमा जनप्रतिनिधिका स्वर गुन्जायमान हुन्थे, विधेयक पारित हुन्थे र लोकतान्त्रिक अभ्यास निरन्तर क्रियाशील रहन्थ्यो। तर, हाल उक्त संरचना भग्नावशेषमा परिणत भइसकेको छ। आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडले भवनलाई प्रयोगविहीन बनाउनुका साथै यसको अस्तित्व र भविष्यबारे गम्भीर प्रश्न उब्जाएको छ।

आन्दोलनअघि यही भवनमा संघीय संसद्का बैठक नियमित रूपमा सञ्चालन हुँदै आएका थिए। वि.सं. २०६४ मा संविधानसभा निर्वाचन सम्पन्न भएपछि २०६५ जेठ १४ गतेदेखि संघीय संसद् सचिवालयले उक्त भवन भाडामा लिएर प्रयोग गर्दै आएको थियो।

शहरी विकास मन्त्रालयअन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिका वरिष्ठ कार्यक्रम संयोजक दीपेन्द्र विक्रम सिंहका अनुसार, 'यस भवनको मूल उद्देश्य ठूला सभा सम्मेलन आयोजना गर्नु हो। तर २०६५ मा ६०१ सदस्यीय संसद् गठन भएपछि सम्झौतामार्फत संसद् सचिवालयलाई उपलब्ध गराइएको हो।' उनका अनुसार, जेन्जी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछि सचिवालयले एकतर्र्फी रूपमा सम्झौता रद्द गरेको छ।

उक्त भवन चीन सरकारको सहयोगमा वि.सं. २०४५ मा निर्माण प्रारम्भ भएर २०५० मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो। करिब एक अर्ब १५ करोड रुपैयाँ लागतमा निर्मित यो संरचना मूलतः अन्तर्राष्ट्रियस्तरका सभा–सम्मेलन आयोजना गर्ने उद्देश्यले निर्माण गरिएको हो।

सिंह भन्छन्, 'नेपालमा ठूला सभा–सम्मेलन आयोजना गर्न उपयुक्त पूर्वाधारको अभाव थियो। तत्कालीन राजा वीरेन्द्रले सार्क सम्मेलन आयोजना गर्ने अभिलाषा राख्नुभएको थियो। सोही सन्दर्भमा २०४४ सालमा चीन भ्रमणका क्रममा अनुरोध गरेपछि चीन सरकारले यो भवन निर्माण गरिदिएको हो।'

भवनको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी शहरी विकास मन्त्रालयअन्तर्गतको समितिलाई दिइएको छ। संसद् सचिवालयले तिर्ने भाडा रकम समितिको कोषमा जम्मा हुँदै आएको थियो। प्रारम्भमा वार्षिक पाँच करोड ६० लाख रुपैयाँमा सम्झौता भएको उक्त भाडा प्रत्येक तीन वर्षमा समायोजन हुँदै हाल करिब १६ करोड रुपैयाँ पुगेको सिंहले जानकारी दिए।

यद्यपि, सम्झौताअनुसार भवनभित्रका संरचना मूल अवस्थामै फर्काएर हस्तान्तरण गर्नुपर्ने प्रावधान रहे पनि त्यसको पालना हुन नसकेको समितिको गुनासो छ। 'सम्झौता तोड्दा पूर्ववत संरचना कायम गर्नुपर्ने उल्लेख थियो, तर भवन ध्वस्त भएपछि सचिवालयले एकतर्र्फी रूपमा सम्झौता रद्द गर्यो,' सिंहले भने, “सरकारी निकायबीचको विषय भएकाले हाम्रो तर्फबाट ठोस पहल गर्ने आधार पनि सीमित छ।'

यता संघीय संसद् सचिवालयले भने भवन आफ्नो प्रयोजनअनुसार प्रयोगयोग्य नरहेपछि बाध्य भएर सम्झौता रद्द गरिएको जनाएको छ। सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरी भन्छन्, 'भवन संसद् सञ्चालनका लागि उपयुक्त थियो, विशेष समस्या थिएनन्। तर उद्देश्यअनुरूप प्रयोग असम्भव भएपछि भदौ २४ गतेदेखि लागू हुने गरी सम्झौता अन्त्य गरिएको हो।' उनले करार कानुनको सिद्धान्तअनुरूप नै उक्त निर्णय गरिएको दाबी गरे।

उनका अनुसार, हाल उक्त भवनको वार्षिक भाडा करसहित करिब १८ करोड रुपैयाँ पुगेको थियो। 'हामीले सो रकम नियमित रूपमा तिर्दै आएका थियौं,' गिरीले भने।

भवन प्रयोगयोग्य नरहेपछि अब संसद् बैठक सिंहदरबारस्थित नयाँ भवनमा सञ्चालन हुनेछन्। नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रमसमेत सोही स्थानमा सम्पन्न भइसकेको छ।  

उनले भने, 'यस भवनमा अत्याधुनिक प्रविधिसहितका सम्पूर्ण सुविधा उपलब्ध थिए। विभिन्न आकारका कक्ष रहेकाले आवश्यकताअनुसार बैठक सञ्चालन गर्न सहज थियो। कतिपय ऐतिहासिक निर्णय समेत यहीँ भएका थिए। तर अहिले ती स्मृतिमै सीमित भएका छन्।'

अहिले के भइरहेको छ ?

शहरी विकास मन्त्रालयले भवनको वर्तमान अवस्था मूल्याङ्कन गर्न आर्किटेक्टको संयोजकत्वमा एक अध्ययन टोली गठन गरेको छ। उक्त टोलीले भवनमा भएको क्षति, संरचनात्मक अवस्था तथा पुनर्निर्माण लागतसम्बन्धी अध्ययन गरिरहेको सिंहले बताए। 

'टोलीले आन्दोलनका क्रममा भएको क्षतिको परिमाण र पुनःनिर्माणका लागि आवश्यक खर्चको आकलन गरिरहेको छ,' उनले भने, “प्रतिवेदन प्राप्त भएपछि आगामी निर्णय लिइनेछ।'

दुवै पक्ष सरकारी निकाय भए पनि एकतर्फी रूपमा सम्झौता रद्द गरिएकाले समस्या समाधानमा जटिलता उत्पन्न भएको उनले जनाए। 'समितिले आफ्नै स्रोतबाट संरचना मर्मत तथा व्यवस्थापन गर्दै आएको छ। नेपाल सरकारबाट प्रत्यक्ष अनुदान प्राप्त भएको छैन,' उनले भने, 'सम्झौता रद्द भएको जानकारी मन्त्रालयमार्फत प्राप्त भएको छ, तर आगामी कदमबारे अझै स्पष्टता छैन।'

बानेश्वरस्थित संघीय संसद् भवनको पुनःस्थापना, पुनःप्रयोग वा वैकल्पिक उपयोगबारे निर्णय अझै अनिश्चित रहँदा सरोकारवाला निकायबीच समन्वयको आवश्यकता झन टड्कारो देखिएको छ।
अर्को समाचार
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
२३ मिनेट अघि
•
० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।




समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १२ सेकेन्ड अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
यो पनि पढौँ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस