एमाले सचिवालय बैठक: ‘पिलिज ओली, स्टप, स्टेप डाउन’
१३ असोज २०८२
•
४ मिनेट पाठ
एमाले सचिवालय बैठक: ‘पिलिज ओली, स्टप, स्टेप डाउन’
नेकपा एमाले सचिवालय बैठकमा पहिलो पटक अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको छ। जेन-जी आन्दोलनपछि आइतबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीको राजनीतिक धरातल र औचित्य सकिएको भन्दै राजीनामा मागिएको हो। बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बसेको हो।




बैठकमा सचिवालय सदस्यहरूले ओलीलाई बदलिँदो राजनीतिक परिस्थितिमा अध्यक्षबाट राजीनामा दिएर अभिभावक भएर बस्न आग्रह गरे। उनीहरूले ओली नेतृत्वको सरकारले गरेका राम्रानराम्रा कामको जिम्मेवारी सबै पार्टीले लिनेगरी उनलाई अभिभावकको भूमिकामा बस्न सुझाएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए तर ओली भने महाधिवेशनबाट नेतृत्वको टुंगो लगाउने मनस्थितिमा देखिएका छन्।

बैठकमा एमाले सचिव योगेश भट्टराईले ‘स्टप र स्टेप डाउन’ नै अहिलेको विकल्प भएको बताउँदै त्यसका लागि अध्यक्ष ओलीले पदबाट राजीनामा दिनुपर्ने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा महाधिवेशनमा जानुपर्ने धारणा राखेका थिए।

जेनजी आन्दोलन र सत्तापलटपछि पहिलोपटक बसेको एमाले सचिवालय बैठकलाई सर्वत्र चासोका साथ हेरिएको थियो। बैठकमा सचिवालयका अधिक सदस्यले बदलिँदो परिस्थितिलाई ध्यान दिएर अध्यक्षबाट ओलीले राजीनामा दिँदा नै उनी स्वयं र पार्टीका लागि उपयुक्त हुने धारणा राखेका थिए। ‘अहिले एमालेको राजनीतिक भविष्यमाथि निकै ठुलो संकट र चुनौती आइपरेको छ। यसअघिको भन्दा अहिलेको चुनौती ठुलो हो। यसकारण पनि शीर्ष नेतृत्वले यो विषयमा सोच्नुपर्ने अवस्था छ’, बैठकमा सदस्यहरूले भनेका थिए।

बैठकमा जेनजी आन्दोलन, आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको अबको कार्यदिशाबारे छलफल भएको छ। जेनजी आन्दोलनले जबर्जस्त स्थापित गरेको युवा नेतृत्वको आवाज, दलहरूमा सुरू भएको पुनर्गठन र रुपान्तरणको विषयले एमाले बैठकमा पनि प्रवेश पायो। ‘अब हामीले सम्मानजनक अभिभावकको भूमिका अध्यक्षज्यूबाट खोजेका छौं’, बैठकमा सचिव भट्टराईले भनेका थिए। उनलाई उद्धृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘अब पार्टीमा नयाँ नेतृत्वका लागि बहस प्रारम्भ भयो। योगेश भट्टराईहरुले यो विषयलाई उठाउनुभयो, जुन निकै राम्रो पक्ष हो। उहाँहरुले यो कुरा उठाएपछि एमालेमा आशाको सञ्चार भएको छ।’

सचिव भट्टराईले बैठकमा अध्यक्ष ओलीलाई मात्र दोष दिएर अरु उम्किन नमिल्ने बताएका थिए। ‘पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान गर्नु हुन्न। पार्टीका नेताहरू, जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौं। यस अवधिमा भएका जसअपजसका कामको भागीदार हामी पनि हौं’, उनले भनेका थिए।

बैठकमा जेनजी आन्दोलनका क्रममा मानवीय र भौतिक क्षति हुनुमा कहाँनेर कमजोरी भयो भन्ने विषयमा पार्टीले समीक्षा गरी आत्मालोचना गर्दै माफी माग्नुपर्ने धारणा पनि सदस्यहरूले राखेका थिए।

गत भदौमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिको एकसाथ समीक्षा गर्दै सचिवालय बैठकमा अधिकांश पदाधिकारीले स्पष्टरूपमा ओलीलाई ओलीलाई पद छाड्न आग्रह गरेका थिए। बैठकमा अन्य नेताहरुभन्दा सचिव भट्टराई बढी हाबी भएका थिए। ‘भट्टराईले राजनीतिक धरातल नभएको अवस्थामा पार्टी पुरानै नेतृत्वको आधारमा चुनावमा जाँदा वा संगठन निर्माण गर्दा परिस्थिति प्रतिकूल हुने व्याख्या गर्नुभयो’, सहभागी अर्का एक पदाधिकारीले भने। ती पदाधिकारीका अनुसार अरु साथीहरुले पनि धारणा राखेका थिए तर मार्गचित्र र व्याख्यताका रुपमा भट्टराईले स्पष्ट रुपमा कुरा राखेका थिए।

आफ्नो नेतृत्वमाथि प्रश्न उठ्छ भन्ने आकलन गरेका ओलीले सचिवालय बैठकअघि पदाधिकारीहरुलाई निवासमा बोलाएर ‘वान टु वान’ छलफल गरेका थिए। त्यस क्रममा केही पदाधिकारीले उनलाई संरक्षकको भूमिकामा रही नेतृत्व हस्तान्तरणका लागि सहजीकरण गर्न सुझाएका थिए। अराजनीतिक ढंगले अघि बढ्दा पार्टीलाई क्षति पुग्ने भन्दै नेताहरूले परिस्थितिको विश्लेषण गरेर संयमका साथ पार्टी पंक्तिको रक्षा र लोकतान्त्रिक आन्दोलनका उपलब्धि जोगाउँदै अघि बढ्नुपर्ने धारणा राखेका थिए। करिब ५ घण्टा बसेको बैठकमा सबै पदाधिकारीले धारणा राखेका थिए। उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालबाहेक सबैले पार्टी नेतृत्वमाथि प्रश्न उठेकाले यही अवस्थामा पार्टी अगाडि बढ्न नसक्ने बताएका थिए।

यसअघि नै ओलीको विपक्षमा उभिएका वरिष्ठ उपाध्यक्ष पोखरेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले पनि सचिवालय अहिलेको नेतृत्वलाई जनताले नरुचाएको धारणा राखेका थिए। बैठकमा उपाध्यक्ष विष्णु पौडेल, अष्टलक्ष्मी शाक्यले पनि ओलीको नेतृत्व अस्वीकार भैसकेको बताएका थिए। उनीहरुले आफूहरुले ओलीको नेतृत्वलाई स्वीकार गरे पनि जनताले अस्वीकार गरेपछि यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखेका थिए। बैठकमा महासचिव पोखरेल, उपमहासचिवद्वय ज्ञवाली र रिमालले अहिले नै नेतृत्वको विषयमा प्रश्न उठाउँँदा अन्याय हुने धारणा राखेका थिए। उनीहरुले नेतृत्वको विषयमा प्रश्न उठाउने बेला नभएको र महाधिवेशनमा मात्रै यस विषयमा छलफल हुन सक्ने बताएका थिए। महासचिव पोखरेलले यो विषयमा लामै व्याख्या गरेको बैठक स्रोतले जनाएको छ।

१८ सदस्यीय सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले छलफल जारी रहेका कारण निष्कर्षमा पुग्न यही असोज १९ र २० गते फेरि बैठक बस्ने जानकारी दिए। ‘पार्टीलाई अब नयाँ ढंगले कसरी लैजाने भन्ने विषयमा छलफल भयो। बदलिँदो परिस्थितिबारे एमालेले मिहिन तरिकाले छलफल गर्ने छ। यसका लागि यही असोज २७ र २९ गतेका लागि केन्द्रीय कमिटीको बैठक पनि आह्वान गरिएको छ। सम्भवतः त्यो बैठकले महाधिवेशनको पनि टुंगो लगाउँछ,’ उपमहासचिव ज्ञवालीले भने।
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
११ मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस