मुलुकमा जेनजी आन्दोलनपछि पुराना दलहरुका सम्बन्धमा अनेक कोणबाट बहस चलिरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। नयाँ नेतृत्व चयनसहित सम्पन्न उक्त महाधिवेशनले मुलुकमा उत्पन्न राजनीतिक चुनौती सामना गर्न पुराना दलहरु अग्रसर हुँदै गएको सन्देश प्रवाह भएको महसुस गरिएको छ।
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस लामो समयसम्म चल्यो। अन्ततः एमालेले आफूलाई लोकतान्त्रिक राजनीतिक पार्टीका रुपमा पुनः परिभाषित गर्दै विधान अधिवेशन सम्पन्न भएको छोटो अवधिमै ११औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्यो। महाधिवेशनले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहसलाई लोकतान्त्रिक अभ्यासबाटै किनारा लगाएको छ।
देश राजनीतिक संकटमा परेका बेला नेतृत्वको आलोचना वा नेतृत्वको बिदाइभन्दा पनि नेतृत्वको रक्षा गर्नुपर्ने बलियो तर्क र पंक्ति एमालेभित्र थियो। महाधिवेशनले अध्यक्ष केपी शर्मा ओली र उनको समूहलाई उल्लेखनीय मतभारसहित निर्वाचित गरेको छ। महाधिवेशनमा सहभागी दुई हजार २६३ प्रतिनिधिमध्ये ७० प्रतिशतले संस्थापन नेतृत्व र उक्त समूहलाई ठुलो आड र भरोसा दिएको छ।
अध्यक्ष ओलीले महाधिवेशन समापन सभामा पुराना पार्टी सकिए भन्ने गलत भाष्यलाई महाधिवेशनले गलत सावित गरेको र अब पार्टी विकास, सुशासन, समृद्धि र प्रतिनिधिसभा पुनःस्थापनाको बाटोमा अघि बढ्ने उद्घोष गर्नुले पार्टीभित्र र बाहिर एक प्रकारको उत्साह पैदा भएको छ।
महाधिवेशनले समसामयिक विषयमा पारित गरेको २४बुँदे राजनीतिक प्रस्तावमा राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, विकास र समृद्धिको मार्गबाटै देशलाई संकटमुक्त गर्न सकिने उल्लेख छ। महाधिवेशनले मुलुकलाई लोकतान्त्रिक पद्धति, राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र राष्ट्रिय एकताको बाटोमा फर्काउने संकल्प गरेको छ।
जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु धरापमा परेको अवस्थालाई दृष्टिगत गरी मुलुकलाई लोकतान्त्रिक मार्गमा फर्काउन संविधान पक्षधर सबै शक्ति, विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दल, लोकतान्त्रिक र देशभक्त नागरिक तथा आमजनतालाई संवाद र सहकार्य गरी अगाडि बढ्न एमालेले आह्वान गरेको छ।
महाधिवेशनमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलले नयाँ नेतृत्वलाई बधाई दिँदै सामूहिकता, विधि र पद्धतिसंगत रुपमा पार्टीलाई सञ्चालन गर्न सुझाव दिएका छन्। महाधिवेशनमा पुनः अध्यक्षमा निर्वाचित ओलीले पनि सपथ लिएपछिको पहिलो सम्बोधनमा चुनावी प्रतिस्पर्धा सकिएको र अब पार्टीलाई एकताबद्ध गर्ने बताएका छन्।
एकाध निर्विरोधबाहेक यो महाधिवेशनमा प्रायः सबै पदमा प्रतिस्पर्धा भयो। विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरेका छन्। यसबाट पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको छ। एमालेमा एकाकी निणर्य हुन्छ भन्ने आरोप पनि यो महाधिवेशनबाट खण्डित भएको छ।
एमाले महासचिव शंकर पोखरेलको विचारमा पार्टी र नेतृत्वमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिको चुनौती सामना गर्न ओलीको नेतृत्व नै अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गरेको छ। ‘नयाँ पुस्ताको सहभागिता बढाउन पार्टीमा विशेष आरक्षणको व्यवस्था गरिएकाले उल्लेख्य संख्यामा नवयुवा केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन्। महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ। ४० वर्ष उमेरमुनिका युवासहित करिब एक तिहाइ नयाँ केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित भएका छन्। महाधिवेशनको मुखमा कम्युनिस्ट आन्दोलनका अग्रजहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नुलाई सकारात्मक ठानिएको छ।
एमाले नेतृत्वले शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिक अभ्यास तथा संवैधानिक मार्गबाट सर्वपक्षीय भावनाबमोजिम राजनीतिक निकासका लागि आफूलाई अझै क्रियाशील बनाउने अपेक्षा गरिएको छ।