सुमिरे ट्राभल्सबाट कोरिया गएका उतै लुके
२६ साउन २०८२
•
५ मिनेट पाठ
सुमिरे ट्राभल्सबाट कोरिया गएका उतै लुके
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको सुमिरे टुर एन्ड ट्राभल्सबाट भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्ति उतै लुकेको पाइएको छ। नेपाल स्काउटको लोगो देखाई टिकट काटेर गएका उनीहरू उतै लुकेका हुन्।




नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले दर्जनौं ट्राभल एजेन्सीले भिजिट भिसामा पठाएका नागरिकको विवरण अनुसन्धान गर्ने क्रममा यो तथ्य फेला पारेको हो। ब्युरोले भने यो विषयलाई गोप्य राख्न खोजेको छ। ब्युरोका एक अधिकारीका अनुसार स्काउट प्रतिनिधिहरूलाई यो विषयमा सोधपुछ गरिएको छ।

स्रोतले दिएको विवरण अनुसार स्याङ्जाका कानुन लामिछाने डेनमार्क पुगेर फर्केका छैनन्। उनीसहित २० जना स्काउटको कार्यक्रममा भाग लिन डेनमार्ग पुगेका थिए। उनीसँग धेरैजसो विद्यार्थी गएका थिए। विद्यार्थी भने फिर्ता आएको तर लामिछाने उतै बसेको बताइएको छ।

त्यसैगरी सन् २०२३ मा दक्षिण कोरियामा भएको विश्व स्काउट ज्याम्बोरीमा सहभागी हुन एक सय ६३ जना गएका थिए। त्यसमध्येका तीन जना उतै लुकेका थिए। उतै लुक्नेमा मेगाकुमारी रेउले, पाल्देन तामाङ र सचिन थोकर हुन्। त्यहाँ सुरुमा रसिला राई लुके पनि केही समयपछि नै फर्केकी थिइन्। आफ्नै खर्च हुने भएकाले उनीहरूमध्ये ९५ प्रतिशतले सुमिरे ट्राभल्सबाट टिकट लिएका थिए।

उक्त ट्राभल एजेन्सी सञ्चालन गर्दै आएका अर्यालले भने यो विषय स्काउटको भएकाले आफूलाई सबै कुरा जानकारी नभएको र लामो समयदेखि ट्राभल एजेन्सी आफूले नहेरेको बताए। ‘यसमा हाम्रो ट्राभल्सको कुनै नाता छैन, हुँदैन पनि। मैले ट्राभल्स नहेरेको धेरै वर्ष भयो। कति जना गएका थिए, कसले पठायो भन्ने सम्बन्धमा मलाई जानकारी छैन। पठाएको स्काउटले हो, स्काउट नै जिम्मेवार हुन्छ। यो विषयमा स्काउटलाई नै सोध्नुभयो भने सबै विवरण उपलब्ध हुन्छ,’ अर्यालले नागरिकसँग भने।

स्काउटले उनीहरू कोरिया र डेनमार्क गएको र टिकट लिएको सबै विवरण प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोलाई उपलब्ध गराएको छ। उपलब्ध विवरणमा स्काउटका नाममा उनीहरू गएको र आफैंले पैसा तिरेर सुमिरे ट्राभल्सबाट टिकट काटेको खुल्न आएको छ। कोरिया र डेनमार्ग पुगेकाहरू नफर्केपछि स्काउटले त्यहाँको प्रहरीलाई पनि यसबारे जानकारी गराएको थियो। तर त्यहाँको प्रहरीले वास्ता नगरेको बताइएको छ।

नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले कोरिया र डेनमार्ग पुगेका केही व्यक्ति लुकेको स्वीकार गरे। ‘उहाँहरू लुकेको कुरा सत्य हो। हामीले त्यहाँको प्रहरीलाई पत्राचार गरेर लुकेर बसेकालाई फिर्ता पठाइदिन आग्रह गर्‍यौं तर फिर्ता भएको अवस्था छैन। जानुअघि लुक्दैनौं भन्ने कागजात पनि गराएका थियौं। यससम्बन्धी सबै विवरण हामीले प्रहरीलाई उपलब्ध गराएका छौं,’ भट्टराईले भने। भट्टराईले पनि सुमिरे ट्राभल्सबाट उनीहरूले टिकट काटेको बताए।

जापानमा भिजिट भिसाका नाममा मानिस पठाउँदा अर्बौं रुपैयाँ लिएर बदमासी गरेको आरोप लागेपछि नेपाल प्रहरीले यो विषयमा चासो राख्दा एक जना डेनमार्क र तीन जना कोरियामा लुकेको भेटिएको थियो। विगत १० वर्षदेखि भिजिट भिसामा जापान पठाउँदै आएको सो ट्राभल्सबारे संसद्मा समेत कुरा उठेपछि नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। ‘हामीले यो विषयमा चासो राखेका थियौं तर अहिलेसम्म केही फेला परेको छैन,’ ब्युरोका एक प्रहरी अधिकृतले भने।

प्रतिनिधिसभामा ओखलढुंगाका सांसद रामहरि खतिवडाले असार १४ मा सुमिरे टुर एन्ड ट्राभल्सले विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा पठाएका हजारौं मानिसबाट अर्बौं रुपैयाँ लिएर बदमासी गरेको आरोप लगाएका थिए। सो आरोपपछि प्रहरीको मानव बेचबिखन ब्युरो सक्रिय भएको थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले सो ट्राभल्सबारे कहींकतैबाट उजुरी नआएको बताए। ‘यस्ता विषयमा प्रहरीको चासो हुन्छ तर सो ट्राभल्सको हकमा उजुरी परेको छैन। संसद्मा केके विषयहरू उठ्छन्। त्यसमा हाम्रो ध्यान छैन,’ घिमिरेले भने।

उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले चासो राख्दा अध्यागमन विभागबाट भन्दा पनि ट्राभल्सबाट नै सबै विवरण लिनुपर्ने देखिएपछि प्रहरीले त्यतातर्फ ध्यान केन्द्रित गरेको जनाएको छ। तर प्रहरीले अहिलेसम्म कुनै सामग्री फेला पार्न सकेको छैन। सुमिरे ट्राभल्सबारे प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले अनुसन्धानको माग गरेका थिए। उनले रास्वपाप्रति लक्षित गर्दै विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भइरहेको बताएका छन्। केही मानिस यदाकदा संसद्मा आएर उफ्रिने काम भएको पनि उनले बताएका थिए। उनले यसमा निष्पक्ष छानबिन गरी कारबाहीको दायरा अघि बढाउन माग गरेका थिए।

‘आफ्ना कुरा राख्ने, अरू माननीय सदस्यहरूले कुरा राख्न थाल्दा नारा लगाउने प्रक्रिया संसद्मा जारी छ, यसलाई अन्त्य गर्न अनुरोध गर्न चाहन्छु। सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो? विगत १० वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं पैसा लिएर संसद्मा प्रतिनिधित्व गर्ने र संसद् किनेर पार्टीबाट प्रतिनिधित्व गरेर भिजिट भिसामा बदमासी गर्ने काम भएको छ। तिनै मान्छेहरू यदाकदा संसद्मा आएर उफ्रिने काम भएको छ। यसमा निष्पक्ष छानबिन भएर कारबाहीको दायरा अघि बढोस्,’ संसद्मा खतिवडाले भनेका थिए।

त्यसको काउन्टरमा रास्वपा उपसभापति अर्यालले सभामुखसमक्ष खतिवडाको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। उनले भिजिट भिसा प्रकरणमा आफ्नो कम्पनी सुमिरे टुर्स एन्ड ट्राभल्सको नाम अनावश्यक रूपमा जोडिएको भन्दै आपत्ति जनाएका थिए। ‘२०४८ सालतिर मन्त्रीको पिए बसेर सरकारी कागजात किर्ते गरी मान्छे विदेश पठाएबापत हनुमान ढोकाको चिसो छिँडीमा धेरै रात बिताएकाहरू यही संसद्मा छन्। अरूलाई आक्षेप लगाउनेहरू भिसा पाए भने आफैं टाप कस्लान्। हो म गर्वका साथ भन्छु– सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो। म यही देशमा केही गरेर खाने मान्छे हो, चोरेर खाने मान्छे होइन,’ संसद्मा अर्यालले भनेका थिए, ‘मेरो समय ठिकै चलेको छ। अरूको घडीको समय बिग्रेको छ भने म के भनूँ। हामीले पैसा लिएका छौं र फर्केका छैनन् भने प्रमाण पेस गर्न चुनौती दिन्छु। होइन भने निराधार आरोप संसद्को रेकर्डबाट हट्नुपर्छ भन्ने सभामुखज्यूसमक्ष रुलिङ माग गर्छु।’
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
२४ मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस