संघीय निजामती सेवा ऐनमा राखिएको सबैभन्दा विवादित र चर्चित विषय कुलिङ पिरियडलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पास गरेको छ ।
विधायन व्यवस्थापन समितिका सदस्य आनन्द ढुंगानाले शनिबार बसेको व्यवस्थापन समितिको बैठकले विधेयकमा कुलिङ पिरियडको व्यवस्था पास गरिएको बताए । उनका अनुसार निजामती कर्मचारीका लागि दुई वर्ष कुलिङ पिरियड राख्ने व्यवस्थालाई विधायन समितिले सहमति जनाएको छ ।
निजामती विधेयक प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाउँदा कुलिङ पिरियडको विषयमा छलछाम गरिएको थियो । यस विषयमा छानविन समिति बन्यो र समितिका सभापति रामहरि खतिवडाले राजीनामा गरे ।
राष्ट्रिय सभाको विधायन समितिले यो छलछामलाई सच्याउँदै कुलिङ पिरियडको व्यवस्था कायम राखेको हो । ढुंगानाका अनुसार निजामती विधेयक विधायन समितिबाट भदौ १६ गते राष्ट्रिय सभामा जाने छ । राष्ट्रिय सभाले पास गरे पछि यो विधेयक पुन: प्रतिनिधि सभामा जाने छ । राष्ट्रिय सभाले पास गरेको विषयमासमेत प्रतिनिधि सभाले परिमार्जन गर्न सक्ने अधिकार दिइएको छ ।
निजामती विधेयक २०८० फागुन २१ मा प्रतिनिधिसभामा पेस गरिएको थियो भने प्रतिनिधिसभाले २०८२ असार १५ मा पास गरी राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभामा पुगे पछि दफावार छलफल गर्न राष्ट्रिय सभाको विधायन समितिमा लगिएको थियो ।
प्रतिनिधि सभाले पास गरेको विधेयकमा राष्ट्रिय सभाले त्रुटी सच्याउन सक्ने व्यवस्था छ । यो व्यवस्था अनुसार विधायन समितिले कुलिङ पिरियडको व्यवस्था कायम राखेको हो ।
प्रतिनिधि सभाले पास गरेको विधेयकमा त्रुटी सच्याउनु नपरेको भए राष्ट्रिय सभाले पुनः प्रतिनिधि सभामा पठाउनुपर्ने थिएन । यो सोझै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुग्थ्यो । त्यसैले अब यो विधेयक पुनः प्रतिनिधि सभामा जानेछ । प्रतिनिधि सभाले त्रुटी सच्याएर पास गरेपछि सभामुखमार्फत प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा जाने कानूनी व्यवस्था छ ।
प्रतिनिधि सभाले पास गरेका विधेयकमा कुलिङ पिरियडको व्यवस्था स्पष्ट रूपमा राखेर सच्याउन राज्य व्यवस्था समितिले राष्ट्रियसभालाई आग्रह गरेको थियो । राज्य व्यवस्था समितिको सुझावअनुसार राष्ट्रिय सभाको विधायन समितिले त्रुटी सच्याएको हो ।
विधेयकको दफा ८२ मा कुलिङ पिरियडको व्यवस्था छ। उपदफा ५ मा राखिएको वाक्यले कुलिङ पिरियडलाई उल्टाएको थियो। उपदफा ४ मा सचिव र सहसचिवका लागि दुई वर्ष अन्यत्र काम गर्न रोक लगाउने व्यवस्था गरिएको छ । राष्ट्रिय सभामा पठाउँदा त्यसैको उपदफा ५ (क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य नियुक्ति बाहेकको पदमा नियुक्ति लिन नपाउने’ उल्लेख गरिएको थियो । त्यतिबेला सांसदहरूलाई गुमराहमा राखी यो व्यवस्था थपिएको थियो।
अतिक्ति सचिवको व्यवस्था उल्टियो
निजामती विधेयकमा प्रतिनिधि सभाले अतिरिक्त सचिवको व्यवस्था राखेको थियो । तर विधायन समितिले त्यसलाई उल्ट्याउदै अतिरिक्त सचिवको व्यवस्था हटाएको छ । ‘अतिरिक्त सचिवको व्यवस्था पहिले पनि राखिएको थियो तर त्यतिबेला यो व्यवस्था असफल भइसकेको रहेछ । असफल भइसकेको व्यवस्था फेरि किन राख्नु पर्यो ?’ ढुंगानाले भने,‘त्यसैले अतिरिक्त सचिवको व्यवस्था हटाएका हौ ।’
अतिरिक्त सचिव पद राख्दा त्यसले राज्यको व्ययभार बढ्ने भएकाले अतिरिक्त सचिवको व्यवस्था हटाइएको ढुंगानाले बताए । यसैगरी विधायन समितिले सहसचिव पदमा १० प्रतिशत खुला प्रतिष्पर्धाबाट पदपुर्ति गर्ने व्यवस्था राखेको छ । यसअघि, प्रतिनिधि सभाले पास गरेको विधेयकमा सहसचिव पदमा १० प्रतिशत खुला भर्ना गर्ने व्यवस्था हटाइएको थियो ।