नेपालगन्ज–दिल्ली सिधा हवाई उडानले दुवै देशका नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै पुनः पहल थालिएको छ।
दुवै देशको फाइदाका लागि हवाई उडानमार्फत भारतसँग पश्चिम नेपालको ‘कनेक्टीभिटी’ गर्न जरुरी भएको यहाँका सरोकारवालाको जोड छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यो विषयमा ठोस् निर्णय गर्नुपर्ने उनीहरूको सुझाव छ।
नेपालगन्ज विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्डका टर्मिनल भवनसहित नयाँ भौतिक पूर्वाधार निर्माण भइसकेका छन्। विमानस्थलको नयाँ टर्मिनल भवनको ब्लक ए, बी र सी सहित एप्रोन, सवारी साधन पार्किङ, गेष्ट हाउस, नाला, फुटपाथ, शौचालय लगायतका संरचना निर्माण गरिएको छ।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुमत चौधरीले हालै बनेका भौतिक पूर्वाधार अन्तर्राष्ट्रिय मापदण्डका भएकाले नेपालगन्ज–दिल्ली उडानलाई सहज बनाएको बताए।
नेपालगन्ज–दिल्ली सिधा हवाई उडानबारे बिहीबार आयोजित छलफल । तस्बिर: अर्जुन ओली/नागरिक‘नेपालगन्जबाट अहिलेसम्म जुन अवस्थाका जहाजहरू उडिरहेका छन्, यी जहाजबाट जुनसुकै ठाउँमा पनि उडान गराउन सकिन्छ, अन्तर्राष्ट्रिय उडानलाई टार्गेट गरेर नै विमानस्थल बनेको छ,’ उनले भने ‘नेपालगन्ज–दिल्ली उडानको अनुमति हुने बित्तिकै हामी कहाँ उडिरहेका एटिआर सिरिजका जहाजबाट तत्कालै उडान भर्न सकिन्छ, हामीसँग ठुलो क्षमताको टर्मिनल भवन बनिसकेको छ।’
अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने भन्सार र क्वारेन्टाईन कार्यालय पनि स्थापना गर्न सकिने प्रमुख चौधरी बताउँछन्। विमान कम्पनी बुद्ध एअर र श्रीएअरले नेपालगन्ज–दिल्ली उडान गर्न तयार रहेको भन्दै यसअघि नै संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन बुझाइसकेको बताइन्छ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्धिन राई दिल्ली उडानका लागि अब कानुनी रुपमा अनुमति मात्रै आवश्यक रहेको बताए। ‘अहिले उडिरहेको एटिआर सिरिजका जहाजका लागि अहिलेकै रनवे पर्याप्त रहेको कुरा विमानस्थलको हाकिमले भन्नुभयो, अन्य सबै पूर्वाधार निर्माण भइसकेको अवस्था छ,’ राईले भने ‘अनुमति पाउने बित्तिकै यहाँ जहाज र यात्रुको समस्या नै हुँदैन।’
सिधा हवाई उडानले पश्चिम नेपालका नागरिकहरू सहज रुपमा दिल्ली जान सक्ने र दिल्लीबाट पनि भारतीय नागरिकहरू सहजै नेपालगन्जसहित पश्चिम नेपालमा आउन सक्ने विश्वास गरे।
कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले हवाई उडानले नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भारतीय नागरिकलाई आवत–जावतमा सहज हुने बताइन्।
नेपालगन्जका पुर्वमेयर एवम् वरिष्ठ अधिवक्ता विजय गुप्ताले नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको मुद्दा धेरै पहिलादेखी उठेपनि त्यसले सार्थकता नपाएको बताए।
२०५२ सालमा आफू तत्कालीन नेपालगन्ज नगरपालिकाको नेतृत्वमा रहँदा पनि नेपालगन्जलाई दिल्लीसँग सिधा हवाई मार्गमा जोड्न पहल थालिएको स्मरण गरे। तर, अहिले नेपालगन्ज विमानस्थलसँग अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधार पर्याप्त मात्रामा बनिसकेकाले उडान अनुमति दिनुपर्ने बताए।
‘नेपालगन्ज सहर नेपालकै गेटवे हो, देशकै नामबाट नामाकरण भएको ऐतिहासिक शहरलाई मित्र राष्ट्र भारतको राजधानीसँग सिधा हवाई मार्गमा जोड्ने हो भने दुवै देशलाई फाइदा पुग्नेछ,’ गुप्ताले भने।
नेपालगन्ज–दिल्ली सिधा हवाई उडानको मुद्दालाई आसन्न आफ्नो भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारत सरकार समक्ष कुरा राखेर ठोस् निर्णय गराउनेमा यहाँका राजनीतिक दल, सांसद, नागरिक समाज, उद्योगी, व्यवसायी लगायत विश्वस्त देखिएका छन्।
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।
त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।
बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।
त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।
त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।
यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...