जेनजी विद्रोह: आक्रोशबाट आशातर्फको यात्रा
११ वैशाख २०८३
•
५ मिनेट पाठ
जेनजी विद्रोह: आक्रोशबाट आशातर्फको यात्रा
नेपाल जहाँ हरेक पुस्ताले आफ्नो समयको अन्यायसँग जुध्दै नयाँ आशा जन्माउने प्रयास गरे । तर ती आशाहरू प्रायः अधुरा नै रहँदै आए । २००७ सालमा राणा शासनको अन्त्यसँगै सुरु भएको लोकतान्त्रिक यात्रा, २०४६ को जनआन्दोलन हुँदै २०६२–६३ को ऐतिहासिक आन्दोलनसम्म आइपुग्दा व्यवस्था फेरियो तर नागरिकले खोजेको सुशासन र समान अवसरको अनुभूति भने अझै अधुरै रह्यो ।




त्यही अपूरो सपनाको विरासत बोकेर एउटा नयाँ पुस्ता  फेरि उदायो । प्रविधिसँग हुर्किएको, विश्वसँग जोडिएको र प्रश्न गर्न नडराउने पुस्ता । यही पुस्ता हो जेनजी, जसले बन्दुक होइन, मोबाइल फोनलाई आफ्नो आवाज बनायो,  सडक मात्र होइन, डिजिटल प्लेटफर्मलाई पनि आफ्नो आन्दोलनको माध्यम बनायो ।

यो पुस्ताले युद्धको त्रास त भोगेन तर अस्थिरताको पीडा गहिरो रूपमा महसुस गर्‍यो । उनीहरूले आफ्ना दाजुभाइ, दिदीबहिनीलाई पढाइ सकेर बिदेसिन बाध्य भएको देखे । देशभित्र उद्योगहरू बन्द हुँदै गएको, अवसरहरू सीमित हुँदै गएको र पहुँच तथा शक्ति भएकाहरूले मात्र प्रणालीमा स्थान पाएको अनुभूति गरे । बेरोजगारी, असमानता र राजनीतिक अस्थिरताले उनीहरूमा निराशाको बिउ रोप्यो ।  जुन बिस्तारै आक्रोशमा परिणत हुँदै गयो ।

नेपालको कमजोर बन्दै गएको अर्थतन्त्र, नीतिगत अनिश्चितता, बारम्बारको सरकार परिवर्तन र दीर्घकालीन योजनाको अभावले गर्दा उद्योग–व्यवसाय थला पर्दै गए । जसले रोजगारीको  सम्भावनालाई झनै संकुचित बनायो । शिक्षा पूरा गरेपछि पनि काम नपाउने अवस्थाले गर्दा युवाहरूको ठुलो हिस्सा अस्ट्रेलिया, कोरिया, खाडी मुलुकतर्फ लाग्न बाध्य भयो । कोही पढ्न, कोही काम गर्न, कोही केवल आफ्नो अस्तित्व जोगाउन ।

विदेश पुगेका ती युवाले आफ्नो देशप्रतिको सम्बन्ध तोडेनन् । सामाजिक सञ्जालमार्फत उनीहरूले निरन्तर आवाज उठाए– भ्रष्टाचारविरुद्ध, कुशासनविरुद्ध र अवसरको असमानताविरुद्ध । उनीहरूको आलोचना केवल भावनात्मक थिएन, त्यो अनुभवमा आधारित थियो, तुलना गरिएको थियो र परिवर्तनको मागमा केन्द्रित थियो ।

यसैबिच सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालमा दर्ता हुनुपर्ने नीति अघि सारेपछि विवाद सुरु भयो । विदेशी कम्पनीले नेपालको अनुरोध स्वीकार गरेन । अन्ततः भदौ १९ गते सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरियो । यो निर्णयले पहिले नै असन्तुष्ट रहेका युवाहरूलाई झनै आक्रोशित बनायो । किनकि उनीहरूले यसलाई आफ्नो अभिव्यक्ति स्वतन्त्रतामाथिको सिधा आक्रमणका रूपमा लिए ।

यदि वर्तमान नेतृत्व सफल भयो भने नेपालले केवल सरकार परिवर्तनको अनुभूति मात्र गर्ने छैन, नागरिकप्रति उत्तरदायी शासन प्रणालीको वास्तविक अभ्यास अनुभव गर्नेछ ।  त्यो दिन केवल जेनजीको जित हुनेछैन, समग्र नेपालले आफ्नो भविष्यप्रतिको विश्वास पुनः प्राप्त गर्नेछ ।
भदौ २३ गते, यही आक्रोश सडकमा देखियो । हजारौं युवा शान्तिपूर्ण रूपमा माइतीघर मण्डलामा भेला भए ।  ‘भ्रष्टाचार अन्त्य गर’, ‘पारदर्शी शासन देऊ’, ‘हामीलाई समान अवसर चाहिन्छ’ भन्दै नारा लगाए । आन्दोलन सिर्जनात्मक, अनुशासित र स्पष्ट मागसहित अघि बढिरहेको थियो ।

राज्यको प्रतिक्रिया ढिलो र असमझदारीपूर्ण रह्यो । कफ्र्यू जारी गरियो, सुरक्षा बल परिचालन गरियो र तनाव बढ्दै गयो । त्यसपछि गोली चल्यो । पहिलो दिनमै १९ युवाले ज्यान गुमाए । देश स्तब्ध भयो, परिवारहरू शोकमा डुबे र आन्दोलनले नयाँ मोड लियो ।

भदौ २४ गते आन्दोलनको स्वरूप परिवर्तन भयो । शान्तिपूर्ण भिडभित्र अराजक तत्त्वहरूको प्रवेश भयो । जसले आन्दोलनको चरित्रलाई विकृत बनायो । सिंहदरबार, सर्वोच्च अदालत, विभिन्न सरकारी कार्यालयहरूमा आगजनी र तोडफोडका घटना भए । जसले देशलाई भय, अन्योल र अराजकतामा धकेल्यो ।

दुई दिनमै ७० भन्दा बढीको ज्यान गयो र खर्बौं रुपैयाँ बराबरको भौतिक क्षति भयो । आन्दोलन, जसले आशा बोकेको थियो, अचानक संकटको केन्द्रमा परिणत भयो ।

यही दबाबबिच राजनीतिक परिवर्तन भयो । प्रधानमन्त्रीले राजीनामा दिए र भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरियो । छानबिन समिति गठन र नयाँ निर्वाचन घोषणा गरियो, जसले आन्दोलनलाई संस्थागत मार्गमा ल्याउने प्रयास गर्‍यो ।

फागुन २१ गते सम्पन्न निर्वाचनले जनताको स्पष्ट सन्देश दियो– परिवर्तन आवश्यक छ । नयाँ पुस्ताको आशा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व सफलता हासिल गर्दै १८२ सिट जित्यो । जसले पुराना राजनीतिक शक्तिहरूलाई कमजोर बनायो ।

भावना र नाराले मात्र अब पुग्दैन । परिणाम देखिनुपर्छ, प्रणाली बदलिनुपर्छ, र नागरिकले प्रत्यक्ष अनुभूति गर्नुपर्छ । विगतका कमजोरी दोहोराउने होइन, त्यसबाट शिक्षा लिएर  उत्कृष्ट बाटो पहिल्याउनुपर्छ ।
चैत १३ गते, राम नवमीको दिन रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भए । अब उनको काँधमा केवल सरकार चलाउने जिम्मेवारी मात्र छैन । त्योभन्दा ठुलो जिम्मेवारी– जनताको विश्वास जोगाउने, जेनजीको आशालाई परिणाममा रूपान्तरण गर्ने र देशलाई स्थिर तथा समृद्ध मार्गमा अघि बढाउने रहेको छ ।

नीतिगत स्थिरता कायम गर्ने, रोजगारी सिर्जना गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासनलाई व्यवहारमा उतार्ने काममा यो सरकारको चुनौती छ । भावना र नाराले मात्र अब पुग्दैन । परिणाम देखिनुपर्छ, प्रणाली बदलिनुपर्छ, र नागरिकले प्रत्यक्ष अनुभूति गर्नुपर्छ । विगतका कमजोरी दोहोराउने होइन, त्यसबाट शिक्षा लिएर  उत्कृष्ट बाटो पहिल्याउनुपर्छ ।  

यो आन्दोलन अब केवल जेनजीको सीमित आन्दोलन रहेन, यो सम्पूर्ण नेपालको साझा आकांक्षामा रूपान्तरण भइसकेको छ । आम नेपालीले यो परिवर्तनबाट आशा पालेका छन् ।

यो नेतृत्वले आफ्नो प्रतिबद्धताअनुसार पारदर्शिता, जवाफदेहिता र समावेशी विकासलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना र व्यावहारिक सुधारमार्फत देशलाई अगाडि बढाउन सफल हुनुपर्छ । त्यसो भयो भने नेपालले केवल सरकार परिवर्तनको अनुभव मात्र गर्ने छैन, नयाँ राजनीतिक संस्कारको जन्म हुनेछ । त्यो दिन इतिहासले यसलाई केवल एक आन्दोलनको सफलताका रूपमा होइन, एक राष्ट्रको पुनर्जन्मका रूपमा सम्झिनेछ ।
अर्को समाचार
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
२६ मिनेट अघि
•
१ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको चिसोपना बढेका बेला सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबिच बिहीबार पाँच घण्टा लामो छलफल भएको छ।




पाँच घन्टा के के विषयमा छलफल भयो भन्ने दुवैले खुलाएका छैनन्। तर सरकारको कामप्रति रास्वपा सभापति लामिछाने सन्तुष्ट छैनन्। प्रधानमन्त्री शाह पनि सरकारको कामलाई सहयोग गर्नुको साटो पार्टीबाटै अवरोध भएको बुझाइमा रहेको निकटहरूको दाबी छ।

सरकारका कामलाई प्रभावकारी बनाउन भन्दै मन्त्रिपरिषद्ले विभिन्न अध्यादेश सिफारिस गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्यादेश तत्काल जारी नगरी रोकेका छन्। रास्वपा सभापति लामिछाने पनि अध्यादेशको विपक्षमा रहेको निकटहरूको दाबी छ।

यसअघि मन्त्रिपरिषद्ले अध्यादेश सिफारिस गरेको भोलिपल्टै रास्वपा सभापति लामिछानेले केही निकटलाई प्रेस काउन्सिल अध्यादेश जारी नहुने आश्वासन दिएको स्रोतको दाबी छ।

लामिछानेले राष्ट्रपतिमार्फत अध्यादेश रोकिने धारणा निकटसँग राखेको सूचना पाएपछि प्रधानमन्त्री शाह असन्तुष्ट बनेको स्रोतको दाबी छ।

राष्ट्रपतिले अध्यादेश रोकेकै बेला लामिछाने र शाहबिच बिहीबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म छलफल भएको थियो। भेट लामिछाने निवासमा भएको हो। भेटका क्रममा मन्त्रिपरिषद्ले सिफारिस गरेका अध्यादेश, संघीय संसद्को बैठक, प्रधानमन्त्रीको भारत भ्रमण, पार्टीको आन्तरिक राजनीतिलगायत विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।

छलफल भएकै भोलिपल्ट शुक्रबार रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतलनिवास एक्लाएक्लै पुगेका छन्।

भारतको दुईदिने राजकीय भ्रमणमा निस्कनुपूर्व राष्ट्रपतिसँग शिष्टाचार भेटसमेत नगरेका प्रधानमन्त्री शाहले शुक्रबार शीतलनिवासमा करिब २० मिनेट बिताएका छन्। राष्ट्रपतिसँग प्रधानमन्त्रीले भारत भ्रमणबारे जानकारी गराउनुका साथै अध्यादेशका विषयमा चासो राखेको स्रोतले दाबी छ।

प्रधानमन्त्री शाहले सिफारिस अध्यादेशमा कुनै आपत्तिजनक विषय नभएको र संसदीय प्रक्रियाबाट जाँदा ढिलाइ हुने भएकाले अध्यादेशको बाटो रोजिएको स्पष्ट पारेका थिए। उनले संसद्प्रति आफ्नो पूर्ण सम्मान रहेको बताउँदै उनले चाँडै अध्यादेश जारी भएमा सहज हुने धारणा राखेका थिए।

प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, जेनजी आन्दोलनका घटनासम्बन्धी मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।

राष्ट्रपति पौडेलले प्रेस काउन्सिल (पहिलो संशोधन) अध्यादेश, २०८३ फिर्ता पठाउने संकेत गरेका छन्। मन्त्रिपरिषद्ले सिफारिस गरेकामध्ये तीनवटा अध्ययनका क्रममा रहेको जनाउँदै राष्ट्रपति पौडेलले मौलिक हकसँग जोडिने विषयका कानुन संसदबाट नआई अध्यादेशबाट आउँदा त्यसले पार्ने असरप्रति चासो देखाएको स्रोतले बतायो। प्रधानमन्त्री शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति लामिछानेले राष्ट्रपतिलाई भेटेका थिए।

शीतलनिवासमा पनि पार्टी सभापति र प्रधानमन्त्री एकैदिन अलग–अलग पुग्नुले दुवै पक्षले राष्ट्रपतिसँग आआफ्नो कुरा राख्न खोजेको देखिन्छ। राष्ट्रपतिसँगको सम्बन्धमा शिष्टाचारको प्रश्न छ। विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी गराउने विगतको चलन प्रधानमन्त्रीले यस पटक तोडेका छन्।
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस