भदौ २६ को रात शीतल निवासमा के भएको थियो ? माधव नेपालले सुनाए ७ घण्टाको भित्री कथा
०७ असोज २०८३
•
३ मिनेट पाठ
भदौ २६ को रात शीतल निवासमा के भएको थियो ? माधव नेपालले सुनाए ७ घण्टाको भित्री कथा
देश हिंसात्मक अराजकताको भुमरीमा फसेका बेला गत वर्ष भदौ २६ गतेको रात शीतल निवासमा के भएको थियो ?




नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यो रात राष्ट्रपति भवनभित्र भएको सात घण्टा लामो तनावपूर्ण छलफलको भित्री कथा सुनाएका छन्।

बुधबार नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग ‘नागरिक फ्रन्टलाइन’ संवादमा कुराकानी गर्दै नेता नेपालले भदौ २६ गते बेलुका ९ बजेदेखि बिहान ४ बजेसम्म चलेको उक्त मन्थनले मुलुकलाई सम्भावित गृहयुद्ध र विदेशी हस्तक्षेपको जोखिमबाट जोगाएको बताए।

भदौ २३ र २४ गतेको तोडफोड, आगजनी र शीर्ष नेताहरूमाथि भौतिक आक्रमणपछि देशको राजनीति अनिश्चयमा पुगेको थियो। त्यही सङ्कटबीच भदौ २६ गते राष्ट्रपतिले छलफलका लागि शीतल निवास बोलाएपछि आफू र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं हालका नेकपा संयोजक पुष्पकमल दाहाल त्यहाँ पुगेको नेपालले स्मरण गरे।

४ जनाबीच ७ घण्टा लामो गोप्य संवाद

त्यो रात शीतल निवासको मुख्य बैठक कोठामा चार जना मात्र थिए- राष्ट्रपति, तत्कालीन प्रधानसेनापति, प्रचण्ड र माधवकुमार नेपाल।

‘हामी बेलुका ९ बजे शीतल निवास छिरेका थियौं, बिहान ४ बजेसम्म निरन्तर छलफल चल्यो,’ नेता नेपालले भने, ‘त्यहाँ मुख्य विषय नै मुलुकको राजनीतिक कोर्स कता लैजाने र संसद् विघटन गर्ने कि नगर्ने भन्ने थियो।’

त्यसबेला शीतल निवासमा अहिलेको अहिल्यै संसद् विघटन गरौं भन्ने ठूलो दबाब रहेको नेपालले बताए। तर, आफू र प्रचण्डले त्यस कदमको दृढतापूर्वक प्रतिवाद गरेको उनले सुनाए।

‘हामीले अडान लियौं, संसद् कुनै पनि हालतमा विघटन हुनुहुँदैन। पुरानो प्रधानमन्त्रीले राजीनामा दिइसकेको र नयाँ नबनिसकेको शून्यतामा कसले विघटन गर्ने ? विघटन नै गर्ने हो भने पनि नयाँ सरकार बनाएर संसद्कै प्रक्रियामार्फत चुनाव घोषणा गर्नुपर्छ,’ नेपालले त्यो रातको अडान सुनाए।

प्रधानसेनापतिको चेतावनी- दलहरूलाई नजिस्क्याउनू, विदेशी सेना आउला

नेता नेपालका अनुसार उक्त लामो छलफलमा तत्कालीन प्रधानसेनापतिको भूमिका र अभिव्यक्ति निकै अर्थपूर्ण थियो।

‘प्रधानसेनापतिको कुरा सुन्दा मलाई लाग्यो, उहाँले स्थिति निकै वस्तुपरक ढङ्गले बुझ्नुभएको रहेछ,’ नेपालले भने, ‘सेनापतिले शीतल निवासमा प्रस्ट शब्दमा भन्नुभयो, राजनीतिक दलहरूलाई बेवास्ता नगर्नुस्। उनीहरूको शक्तिलाई कम नआँक्नुस्। दलहरूको सञ्जाल गाउँ-गाउँसम्म छ, लाखौं कार्यकर्ता छन्। यदि दलहरूले पनि आफ्ना मान्छे सडकमा उतारे भने यो देशमा गृहयुद्ध सुरु हुन्छ। त्यो गृहयुद्ध हामीले सम्हाल्न सक्दैनौं र नेपालमा विदेशी सेना पस्ने स्थिति बन्छ।’

सेनापतिको यो चेतावनीपछि परिस्थिति अर्को दिशातर्फ मोडिनबाट रोकिएको नेपालको विश्लेषण छ।

रातभरिको लामो बहसपछि राष्ट्रपतिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र ओमप्रकाश अर्यालसँग पनि परामर्श अघि बढाएका थिए। बाहिर भने राजा ज्ञानेन्द्र फर्किने हल्लासमेत चलाइएकाले आफूहरू निकै चनाखो र सशङ्कित बनेको नेपालले बताए।

बिहान ४ बजे शीतल निवासबाट निस्कँदा बाहिरको वातावरण अझै शान्त भइनसकेकाले आफूहरू सुरक्षित स्थानतर्फ लाग्नुपरेको उनले सुनाए।

सुरक्षा संवेदनशीलताका कारण केही समय आर्मी क्याम्प (ब्यारेक) भित्र र पछि साथीहरूको घरमा शरणार्थी जस्तै भएर बस्नुपरेको अनुभवसमेत उनले सुनाए।

‘त्यो रात यदि हामीले संसद् जोगाउने अडान नलिएको भए र सेनापतिले वस्तुस्थितिको यथार्थ ब्रिफिङ नगरेको भए देश कुन दुर्घटनामा पुग्थ्यो, कल्पना पनि गर्न सकिन्न,’ पूर्वप्रधानमन्त्री नेपालले भने।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
३८ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस