सभामुख अर्याल
११ जेष्ठ २०८३
•
४ मिनेट पाठ
सभामुख अर्याल
सभामुख डोलप्रसाद अर्यालले सरकारको नीति तथा कार्यक्रम स्पष्ट नहुँदा लगानी अनुसारको उपलब्धी हासिल हुन नसकेको स्पष्ट पारेका छन्।  




सोमबार नेपापत्रकार महासंघको भेटमा उनले यस्तो समस्या हरेक मन्त्रालयमा कायम रहेकोले देशले उपलब्धी हासिल गर्न नसकेको जिकीर गरे ।

‘ट्रेनिङ सेन्टर अर्थात तालिमकोलागि हरेक मन्त्रालयले मार्फत वार्षिक १३ अर्ब सरकारी खर्च हुदो रहेछ ,’ सभामुख अर्यालले भने,‘ तर साच्चै भन्ने हो भने सिपयुक्त जनशक्ति १३ करोड खर्च गरेर उत्पान हुन सक्ने पनि भएको छैन ।’ उनले यस्ता समस्या सबै क्षेत्रमा कायम रहेकोले सरकारी लगानी खेर गइरहेको समेत औल्याए । ‘एउटै क्षेत्रमा बुहसँख्य कानून बनेका रहेछन् । ती  हरेक क्षेत्रको कानूनहरु एक अर्कामा बाझिएको छ ,’ सभामुख अर्यालले समस्या बताए ,‘ हरेक मन्त्रालयले तालिममा वार्षिक बजेट खर्च गर्छ । प्रत्येक मन्त्रालयको तालिमको बजेट जोड्ने हो भने १३ अर्ब खर्च हुन्छ । तर उपलब्धी निकै कमजोर छ ।’

हालका कानून एक अर्कामा जुधिएर काम गर्न बाधा भएको बनेकोले अबको सरकारले सबै क्षेत्रका कानूनहरू बारे अध्ययन गरी एकीकृत कानून बनाएर एक द्धार प्रणालीबाट रकम खर्च गर्ने तयारी गरिरहेको उनले जनाए ।  

सरकारले निजी मिडियालाई सरकारी सूचना तथा विज्ञापनमा लगाएको बन्देजबारे सभामुख डोलप्रसाद अर्याल नै आश्चर्य प्रकट गरे ।  

सोमबार नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माको नेतृत्वको टोलीले सभामुख अर्याललाई भेटेर  सरकारले निजी मिडियालाई दिँदै आएको विज्ञापनमा बन्देज गरी प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजेकोले यस्तो व्यवस्था तत्काल खारेजीको माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको थियो । सोही ध्यानाकर्षणपत्र बुझँदै सभामुख अर्यालले सरकारले कुनै पनि निर्णय गर्दा त्यसको पुर्वतयारी गर्नु पर्ने र सरोकारवालाहरूसँग छलफल गरेर मात्र निर्णय गर्दा प्रभावकारी हुने जिकिर समेत गरेका थिए ।  

सञ्चारसम्बन्धी १४ जति अर्थात एकै क्षेत्रमा बहुसँख्यक कानून भएकोले एक अर्कामा बाझिएर उपलब्धीमुलक हुन नसकेको समेत उनले औल्याए । निजी मिडियालाई सरकारी विज्ञापन रोक्नेबारे सरकारले बुझेरै गरेको हुन सक्ने जिज्ञासा राख्दै उनले यसबारे सम्बन्धीत सञ्चार मन्त्रालय र महासंघबीच समवन्य गरी समस्या समाधान तर्फ लाग्नु पर्ने सुझाए ।  

पत्रकारको समस्या सम्बोधन गर्ने सम्बन्धित मन्त्रालय सञ्चार मन्त्रालय भएको अवगत गराउँदै उनले यो समस्या सञ्चार मन्त्रालय मार्फत समाधान गर्नु पर्नेमा जोड दिए ।

हाल देशभरि ६ हजार  निजी सञ्चार माध्यम छन् भने महासंघमा आवद्धता रहेका ९ हजार ३ सय ४० सदस्य छन् । सरकारले चैत्र १८ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णय अनुसार संघीय सरकारका सबै निकाय, प्रदेश सरकार तथा स्थानीय तहलाई जारी गरिएको परिपत्र प्रति नेपाल पत्रकार महासंघको गम्भिर असहमति रहेको अध्यक्ष शर्माले अवगत गराएथि थिइन् ।  सरकारको यस्तो निर्णयले देशमा ठूलो हिस्सा ओगटेको निजी तथा सामुदायिक सञ्चारमध्यममाथि सरकारले ठूलो विभेद गरेको महासंघको ठहर छ ।

उता सभामुखले सरकारी विज्ञापन निजी सञ्चारमध्यममा रोकले धेरै पत्रकार संकटमा परेको महसुस गर्दै उनले एकारित सरकारले नयाँ रोजगारी सृजनाको नीति अवलम्बन गरिरहेको अवस्थामा अर्को तिर पत्रकारको जागिर खोस्नु अनमेल देखिएको विश्लेषण गरे ।

‘सरकारले नयाँ रोजगार सृजना गर्नकोलागि  दिनरात मिहिनेत गरिरहेको अवस्थामा निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन रोकले धेरै पत्रकार जोखिम पर्ने देखिन्छ,’ सभामुख अर्यालले सुझाए ,‘महासंघले आन्दोलनको साटो सम्बन्धीत मन्त्रालयसँग सहकार्य गरेर सम्बन्धीत मन्त्रालय र पत्रकार महासंघ मिलेर समाधान गर्नु पर्छ ।’ अबको सरकार भविष्यमा कुनै पनि क्षेत्रले आन्दोलन गर्न नपर्ने गरि काम गरिरहेको समेत उनले आश्वस्त पारे । उनले ठूलो सँख्यामा रहेको निजी क्षेत्रको  पत्रकारको व्यवस्थापन र निजी मिडियाहरुलाई समावेशीताको आधारमा सरकारी विज्ञापनको बाँडफाँड गर्नबारे चासोे राख्दै महासंघसँग समाधानको  सुझाव समेत मागेका छन् । ‘सरकारले पाँच वर्षको योजना बनाएर प्रविधिमैत्री र समयसापेक्ष जनशक्ति व्यवस्थापनमा अगाडि बढीरहेको छ,’ सभामुख अर्यालले सझुाव मागे,‘तपाईहरुसँग समस्याको समाधानको उपायहरू छन् भने तीन महले सुझाव दिनुस् । हामी छलफल गरि अगाडि बढ्छौं ।’

राष्ट्रिय सभाध्यक्ष नारायण प्रसाद दहालले महासंघको ध्यानाकर्षणपत्र बुझ्दै सरकारको निजी मिडियालाई सरकारी विज्ञपान रोक्ने विषय पत्रकारीतालाई नै अँकुश लगाउन खोजेकोले यसलाई तत्काल सरकारले फिर्ता लिनु पर्ने धारणा राखे । ‘सरकारले निजी मिडियलाई सरकारी विज्ञापनमा रोक लगाएर समग्र सञ्चारक्षेत्रलाई नै संकुचित गर्न खोजेको देखियो,’ अध्यक्ष दहालले भने,‘निजी क्षेत्रलाई वाइपास गरेर देश लगाडि बढ्दैन ।’

संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसभापति डा.ओजस्वी शेरचनले समितिले सरोकारवाला निकायहरूसँग छलफल र सुझाव नलिकन कुनै पनि नीति नबनाइने धारणा राखिन् । महासंघकी अध्यक्ष शर्माको नेतृत्वको टिमले तिनै निकायका प्रमुखहरूसँगको भेटमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणकोलागि सरकारको विज्ञापन नीति फिर्ता लिन आग्रह गरेकि थिइन् ।
अर्को समाचार
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
२० असोज २०८३
•
१ मिनेट पाठ
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता
सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ।




अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन तान्जानियाको अरुसामा रहेका सभामुख अर्याल र अष्ट्रेलियाली सभामुख डिकबीच आज भएको भेटमा नेपाल-अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध, संसदीय सहकार्यलगायत विविध विषयमा विचारविमर्श भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

त्यस अवसरमा सभामुख अर्यालले नेपाल र अष्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मैत्रीपूर्ण, पारस्परिक सम्मान तथा साझा लोकतान्त्रिक मूल्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको बताए।

उनले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि अष्ट्रेलिया सरकारले उपलब्ध गराएको मानवीय सहायता तथा खोज तथा उद्धार कार्यमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। बाढीमा परी बेपत्ता भएका अष्ट्रेलियाली नागरिकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै उनले विपद्का समयमा अष्ट्रेलियाले देखाएको ऐक्यबद्धताको प्रशंसा गरे।

जलवायु परिवर्तनका कारण नेपाललगायत हिमाली मुलुक गम्भीर रूपमा प्रभावित भइरहेको उल्लेख गर्दै सभामुख अर्यालले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय बहस तथा पहलमा अष्ट्रेलियाको सहयोग र ऐक्यबद्धताको अपेक्षा गरे।

सभामुख अर्यालले नेपाल-अष्ट्रेलिया संसदीय मैत्री समूह गठन हुनु दुई देशबीचको संसदीय सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण आधार भएको बताए। उनले सांसदहरूबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान तथा संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे।

भेटका क्रममा अष्ट्रेलियाली सभामुख डिकले नेपालसँगको संसदीय तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न अष्ट्रेलिया इच्छुक रहेको धारणा व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस