नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई दुई महिनाभित्र आत्मालोचना गर्न दबाब बढाइएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट स्थायी समिति सदस्यहरूले पार्टी नेतृत्वको विषयमा बाहिर टिप्पणी गरेको भन्दै केन्द्रीय समितिको बैठक बस्नुअघि शर्मालाई आत्मालोचना गर्न दबाब दिएका हुन्। माओवादी केन्द्रले दसैंपछाडि केन्द्रीय समितिको बैठक बोलाउने भएको छ। त्यसअघि उपमहासचिव शर्मालाई आत्मालोचना गर्न दबाब दिइएको हो। तर यो विषय माइन्युटमा नलेखिएको स्थायी कमिटीका एक सदस्यले जानकारी दिए।
बैठकको समापन गर्ने क्रममा शर्माले अध्यक्ष दाहालले आत्मालोचना गर्ने भए मात्र आफूले पनि गर्ने बताएका थिए। त्यसपछि दाहालले शर्मालाई आत्मालोचना गर्न थप दबाब दिएका थिए। बैठक स्रोतका अनुसार माइन्युटमा सही नगरेको विषयमा शर्माले गल्ती स्वीकार गर्दै त्यसमा सही गर्ने बताएका थिए। तर नेतृत्वको कमजोरीबारे प्रश्न उठाउँदा पार्टी कमजोर नभई झनै बलियो हुँदै गएकाले आफूले त्यसमा आत्मालोचित हुनुपर्ने विषय नै नभएको बताएका थिए। बैठकले केन्द्रीय महाधिवेशनका बारेमा समेत कुरा उठाएको छ। २०७९ सालमै निर्णय गरिसकेको विषय उठान गर्दै आगामी केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने बताइएको छ। उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग गर्दै आएका थिए।
पार्टी उपमहासचिवबाट महासचिव नबनाएपछि असन्तुष्ट बनेका शर्माले २०७८ पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनयता नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अभियान चलाइरहेका छन्। महाधिवेशन पर्याप्त लोकतान्त्रिक नभएको जिकिर गर्दै त्यतिबेला पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय उठान गरेपछि शर्मा अध्यक्ष दाहालको नजरबाट निरन्तर टाढा रहँदै आएका थिए। त्यसपछि शर्माले २०८० फागुनमा आयोजित स्थायी समिति बैठकमा असहमतिका विषयहरू राखेका थिए। २०८१ साउनको स्थायी समिति बैठकमा त उनले १४ पृष्ठ लामो फरक मत नै दर्ज गराएका थिए। अहिलेसम्म आइपुग्दा पार्टी नेतृत्वलाई आलोचना मात्र गरेको भन्दै आत्मालोचना गर्नुपर्ने भन्दै दबाब खेप्न उनी बाध्य भएका छन्।
विप्लवलाई महासचिव दिने तयारी
स्थायी समिति बैठकले यसअघि पार्टीबाट बाहिरिएका नेत्रविक्रम चन्दलाई ल्याउने निर्णय गरेको छ। बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले विप्लवलाई पार्टीमा ल्याउन वार्ता गर्ने निर्णय भएको बताए। यसअघि माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीसँग पनि एकता गर्ने जनाएको थियो। विप्लवलाई ल्याएर पार्टी महासचिव बनाउने अध्यक्ष दाहालको योजना रहेको स्रोतको दाबी छ।
२६ बुँदे प्रस्ताव पारित
स्थायी समिति बैठकले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सुशासन, जनजीविका र नीतिगत विषयमा २६ बुँदे प्रस्ताव पारित गरेको हो। बैठकले भ्रष्टाचार देशको प्रमुख समस्या बनेको निष्कर्ष निकाल्दै सरकारका मन्त्रीहरू र उच्च पदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नसमेत माग गरेको छ। माओवादी केन्द्रले सरकारका मन्त्रीमाथि भ्रष्टाचारको आरोप लाग्दा पनि छानबिन नहुनुले सुशासनप्रति राज्यको जबाफदेहिता शून्य रहेको पुष्टि भएको ठहर गरेको छ। साथै सहकारी ठगीमा संलग्न सत्तानिकटलाई संरक्षण गरिएको भन्दै सरकारी रवैयाको भर्त्सना पनि बैठकले गरेको छ।
बैठकले तराई–मधेसमा देखिएको खडेरी, मल अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रणमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाएको छ। चुरे दोहनले निम्त्याएको संकटप्रति सरकार उदासीन रहेको भन्दै पीडित किसानलाई तत्काल राहत दिन र कृषिमा लगानी दशक योजना कार्यान्वयन गर्न माग गरिएको छ। उखु किसानको अनुदान कटौती र दुग्ध किसानले भुक्तानी नपाएको विषयमा पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ। रोपाइँको अन्तिम समयसम्म पनि किसानले मल नपाउनुमा बिचौलिया र भ्रष्ट चलखेल जिम्मेवार रहेको ठहर गर्दै तत्काल मल, बिउ र कृषि उपजको समर्थन मूल्य तोक्न माग गरिएको छ।
माओवादी केन्द्रले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कार्यपालिकाले विधायिकामाथि हस्तक्षेप गरेको भन्दै संघीय निजामती सेवा विधेयकमा प्रधानमन्त्रीले नेतृत्व गर्ने पार्टीबाट भएको निर्देशनलाई ‘अवैध’ भनेको छ। विद्यालय शिक्षा विधेयक र भूमिसम्बन्धी विधेयकलाई समेत स्वार्थ समूहको प्रभावमा पारी ढिलाइ गरिएको र भूमाफियाको पक्षमा षड्यन्त्र भइरहेको आरोप लगाइएको छ।
चाडपर्वहरू नजिकिँदै गर्दा जनताको उपभोग्य वस्तुहरूमा भएको मूल्यवृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै गएकाले तत्काल मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न र सीमाबाट भित्रिने आम नागरिकलाई दु:ख दिने कार्य बन्द गर्न सरकारसँग माग गरेको छ। त्यसैगरी लाखौं विद्यार्थी र समग्र राष्ट्रको भविष्यसँग जोडिएको विद्यालय शिक्षा विधेयकमाथि केही स्वार्थ समूहको प्रभावमा परेर गरिएको ढिलाइप्रति यो बैठक गम्भीर आपत्ति प्रकट गर्छ।
यसअघि शिक्षक महासंघसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्दै विधेयक तुरुन्त पारित गर्न बैठकले सरकारलाई आग्रह गरेको छ। साथै नेपाल प्रहरीसम्बन्धी विधेयकलाई समेत शीघ्रता दिन माग गरेको छ। सहकारी ठगहरूलाई कारबाही गर्नुको साटो सत्तानिकट व्यक्तिहरूलाई संरक्षण गर्ने र पीडितहरूका पक्षमा प्रभावकारी कार्य नगर्ने सरकारी रवैयाको घोर भर्त्सना गर्दै पीडितहरूको बचत रकम फिर्ता गरी दोषीमाथि कडा कानुनी कारबाहीको माग पनि गरिएको छ।
बैठकको समापन गर्ने क्रममा शर्माले अध्यक्ष दाहालले आत्मालोचना गर्ने भए मात्र आफूले पनि गर्ने बताएका थिए। त्यसपछि दाहालले शर्मालाई आत्मालोचना गर्न थप दबाब दिएका थिए। बैठक स्रोतका अनुसार माइन्युटमा सही नगरेको विषयमा शर्माले गल्ती स्वीकार गर्दै त्यसमा सही गर्ने बताएका थिए। तर नेतृत्वको कमजोरीबारे प्रश्न उठाउँदा पार्टी कमजोर नभई झनै बलियो हुँदै गएकाले आफूले त्यसमा आत्मालोचित हुनुपर्ने विषय नै नभएको बताएका थिए। बैठकले केन्द्रीय महाधिवेशनका बारेमा समेत कुरा उठाएको छ। २०७९ सालमै निर्णय गरिसकेको विषय उठान गर्दै आगामी केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने बताइएको छ। उपमहासचिव शर्माले विशेष महाधिवेशनको माग गर्दै आएका थिए।
पार्टी उपमहासचिवबाट महासचिव नबनाएपछि असन्तुष्ट बनेका शर्माले २०७८ पुसमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनयता नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको अभियान चलाइरहेका छन्। महाधिवेशन पर्याप्त लोकतान्त्रिक नभएको जिकिर गर्दै त्यतिबेला पनि नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषय उठान गरेपछि शर्मा अध्यक्ष दाहालको नजरबाट निरन्तर टाढा रहँदै आएका थिए। त्यसपछि शर्माले २०८० फागुनमा आयोजित स्थायी समिति बैठकमा असहमतिका विषयहरू राखेका थिए। २०८१ साउनको स्थायी समिति बैठकमा त उनले १४ पृष्ठ लामो फरक मत नै दर्ज गराएका थिए। अहिलेसम्म आइपुग्दा पार्टी नेतृत्वलाई आलोचना मात्र गरेको भन्दै आत्मालोचना गर्नुपर्ने भन्दै दबाब खेप्न उनी बाध्य भएका छन्।
विप्लवलाई महासचिव दिने तयारी
स्थायी समिति बैठकले यसअघि पार्टीबाट बाहिरिएका नेत्रविक्रम चन्दलाई ल्याउने निर्णय गरेको छ। बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले विप्लवलाई पार्टीमा ल्याउन वार्ता गर्ने निर्णय भएको बताए। यसअघि माओवादी केन्द्रले माधव नेपाल नेतृत्वको समाजवादी पार्टीसँग पनि एकता गर्ने जनाएको थियो। विप्लवलाई ल्याएर पार्टी महासचिव बनाउने अध्यक्ष दाहालको योजना रहेको स्रोतको दाबी छ।
२६ बुँदे प्रस्ताव पारित
स्थायी समिति बैठकले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सुशासन, जनजीविका र नीतिगत विषयमा २६ बुँदे प्रस्ताव पारित गरेको हो। बैठकले भ्रष्टाचार देशको प्रमुख समस्या बनेको निष्कर्ष निकाल्दै सरकारका मन्त्रीहरू र उच्च पदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न अधिकारसम्पन्न उच्चस्तरीय आयोग गठन गर्नसमेत माग गरेको छ। माओवादी केन्द्रले सरकारका मन्त्रीमाथि भ्रष्टाचारको आरोप लाग्दा पनि छानबिन नहुनुले सुशासनप्रति राज्यको जबाफदेहिता शून्य रहेको पुष्टि भएको ठहर गरेको छ। साथै सहकारी ठगीमा संलग्न सत्तानिकटलाई संरक्षण गरिएको भन्दै सरकारी रवैयाको भर्त्सना पनि बैठकले गरेको छ।
यो पनि पढ्नुहोस्
माओवादीमा गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिवद्धताबैठकले तराई–मधेसमा देखिएको खडेरी, मल अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रणमा सरकार पूर्ण रूपमा चुकेको आरोप लगाएको छ। चुरे दोहनले निम्त्याएको संकटप्रति सरकार उदासीन रहेको भन्दै पीडित किसानलाई तत्काल राहत दिन र कृषिमा लगानी दशक योजना कार्यान्वयन गर्न माग गरिएको छ। उखु किसानको अनुदान कटौती र दुग्ध किसानले भुक्तानी नपाएको विषयमा पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ। रोपाइँको अन्तिम समयसम्म पनि किसानले मल नपाउनुमा बिचौलिया र भ्रष्ट चलखेल जिम्मेवार रहेको ठहर गर्दै तत्काल मल, बिउ र कृषि उपजको समर्थन मूल्य तोक्न माग गरिएको छ।