रास्वपा महाधिवेशनबाट पारित ‘प्रदेशसभा खारेजी र संघीयताको पुनर्संरचना’ प्रस्तावप्रति बाँकेमा क्रियाशील अन्य दलका नेता र नागरिक समाजका अगुवाले आपत्ति प्रकट गरेका छन्।
रास्वपा बाँकेका सभापति विवेककुमार श्रेष्ठ प्रदेशसभा खारेजी र संघीयताको पुनर्संरचना पार्टीको मूल नीति भएको बताउँछन्।
उनी भन्छन्, ‘अहिलेको प्रादेशिक संरचनाले देशको आर्थिक भार पक्कै बढाएको छ, देशलाई भार नपर्ने गरी संरचनामा परिवर्तन गर्नुपर्छ भन्ने हो, जनस्तरबाट उठेको आवाज पनि यही हो।’
महाधिवेशनबाट पारित उक्त प्रस्ताव आफूले विस्तृत रुपमा अध्ययन गर्न भने नपाएको उनले बताए।
संघीय संरचनाबारे रास्वपाको निर्णयप्रति अन्य दलले भने आपति जनाएका छन्। नेपाली कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारी रास्वपाको प्रस्ताव बिलकुलै असान्दर्भिक रहेको बताउँछन्। ‘प्रदेश तहबाट कार्यकर्तालाई महाधिवेशनमा सहभागी गराउने, त्यही महाधिवेशनमा प्रदेशसभा खारेजीको प्रस्ताव पारित गराउने। यो त रास्वपाको दोहोरो चरित्र भयो’, उनले भने, ‘संविधानमा भएको व्यवस्थाविपरीतको त्यो प्रस्ताव कार्यान्वयन सम्भव छैन। दुई तिहाइको सरकारले मात्र प्रदेशसभाको व्यवस्था खारेज गर्न सक्दैन।’
एमाले बाँकेका अध्यक्ष निरक गुरुङ रास्वपाको उक्त प्रस्ताव जनता झुक्याउने ‘फण्डा’ मात्रै भएको तर्क गर्छन्। ‘रास्वपाले हिजो जे कुरा बोलेको थियो त्यो पूरा गर्न सकेको छैन। त्यसैले अनावश्यक रुपमा प्रदेशसभा खारेजीको फण्डा ल्याएको हो। यो जनतालाई झुक्याउने उसको दाउ मात्र हो, जुन कार्यान्वयन सम्भव छैन’, उनले भने।
दुई तिहाईको दम्भमा रास्वपाले संघीयता फाल्न नसक्ने गुरुङ बताउँछन्। जनताको भावनाविपरीत प्रदेश खारेज गरेमा आन्दोलनमा जानुको विकल्प नहुने उनी ठान्छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाँके इन्चार्ज अकलबहादुर बम संघीयता कमजोर पार्ने रास्वपाको चाहना पूरा नहुने बताउँछन्। ‘सानो दुःखले यो प्रदेश संरचना ल्याइएको होइन, सबै भाषा, जाति, धर्म, वर्ग समुदायको भावना समेटेर ल्याएको हो। संघीयता ल्याउनुमा रास्वपाको कुनै योगदान छैन’, उनले भने, ‘संघीयता जोगाउन जनताले सडकबाट प्रतिकार गर्छन्।’
संघीयतालाई मधेसकेन्द्रित दलले पनि आफ्नो प्रमुख अजेण्डाका रुपमा प्रस्तुत गर्दै आएका छन्। जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रदेशसभा खारेजी र संघीयताको पुनर्संरचना गर्ने रास्वपाको प्रस्तावको विरोध गरेको छ। जसपा नेपाल केन्द्रीय समन्वय समिति सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले प्रदेशसभा खारेजीको निहुँमा संघीयतालाई नै समाप्त पार्ने रास्वपाको दाउ आत्मघाती भएको ठान्छिन्। ‘संघीयता कसैको उपहार वा दाइँजो होइन, राज्यको स्रोत, साधन र अधिकारबाट वञ्चित समुदायको लागि ल्याइएको संवैधानिक व्यवस्था हो। संघीयताका कारणले प्रदेशसभा स्थापना भएको हो। संघीयताले हिमाल, पहाड र तराईबासीलाई समान अधिकार दिएको छ’, उनले भनिन्, ‘प्रदेशसभा खारेजी होइन, बरु यसलाई अधिकारसम्पन्न बनाउनु पर्छ।’
बाँके नागरिक समाजका अगुवा एवं राजनीतिक विश्लेषक डा. जनार्दन आचार्य संघीयताबारे रास्वपाले गरेको निर्णयलाई नेपाली उखान ‘मही माग्ने, ढुंग्रो लुकाउने’ सँग तुलना गर्छन्। ‘यो उखान नेपाली राजनीतिक दलमा चरितार्थ हुन्छ, संघीयतालाई नेपालका राजनीतिक दलले आवश्यकता छ भन्ने कुराको अनुभुति नै गर्न सकेका छैनन्’, उनले भने, ‘संघीयता भनेको राजनीतिक दलका कार्यकर्तालाई व्यवस्थापन गर्ने थलो हो भन्ने आम बुझाइ भयो, संघीयताबारे जनस्तरमा बदलिएको धारणाअनुसार रास्वपाले प्रदेशसभा खारेजीको प्रस्ताव ल्याएको हुन सक्छ। ’ संघीय संरचनामा त्रुटि भए सच्याउन सकिने तर यसलाई मास्न नसकिने आचार्य बताउँछन्।
उच्च अदालत बार नेपालगन्जका पूर्वअध्यक्ष बलबहादुर चन्द संघीयताको मर्मअनुसार प्रदेशसभाले काम गर्न नसक्दा जनतामा गलत बुझाइ भएको बताउँछन्। ‘संविधानको भावनाअनुसार प्रदेशसभालाई अधिकारसम्पन्न गराउनुपर्ने हो, प्रदेशसभालाई थप बलियो बनाउनुपर्नेमा उल्टो खारेज गर्न खोज्नु आमजनताको भावनाविपरित हो’, चन्दले भने, ‘प्रदेशसभा खारेज गर्न आवश्यक छैन, संविधानको मर्म र जनताको भावनाअनुसार काम भयो भने संघीयता सफल हुन्छ।’
‘खारेजी होइन, सुधार गर्नुपर्छ’
गोविन्द केसी, वीरेन्द्रनगर,
केही विकृतिबाहेक प्रदेश सरकारका गतिविधिबाट नागरिक खुसी नै छन्। प्रदेशसभा र सरकारको आकार घटाएर खर्च कटौतीसँगै घरदैलोमा पुग्ने गरी प्रदेश सरकारमार्फत विकास गतिविधिलाई थप बढाउनुपर्ने पक्षमा कर्णालीका नागरिक छन्। प्रदेश संरचना खारेजीभन्दा पनि यसमा देखिएका केही कमजोरी र विकृति हटाएर व्यापक सुधारसँगै अघि बढ्नुपर्ने कर्णालीवासीको राय छ।
विकासका अवसर समान रूपमा वितरण हुन नसेकेको पहाडी मुलुक नेपालमा प्रदेशसहितको संघीयता फाइदाजनक हुने धारणा सुर्खेतका व्यवसायी भद्र भण्डारीको छ।
उनले कर्णालीलाई विशेष प्रदेश र क्षेत्रका रुपमा मान्यता दिएर प्रदेश संरचना खारेजी भएमा पनि आफ्ना गुनासो नरहने बताए। ‘सबैभन्दा बढी कर्णाली विकासमा पछाडि परेकाले प्रदेश हाम्रा लागि ठिक छ’, भण्डारी भन्छन्, ‘प्रदेश नै नहुने हो भने पनि कर्णालीलाई विशेष क्षेत्रका रुपमा मान्यता दिनुपर्छ।
दैलेखका समाजसेवी अभिषेक अनुराग सांस्कृतिक, सामाजिक र भौगोलिक अवस्थाका आधारमा नेपालमा प्रदेशसहितको संघीयता आवश्यक भएको ठान्छन्। उनी भन्छन्, ‘विकृतिहरू हटाउने हो, प्रदेश संरचना हटाउने होइन, संघीयता मास्ने होइन। खर्चिलो र बोझिलो प्रदेश सरकारको आकार घटाउने हो, अव्यवस्थित कर्मचारी प्रणालीमा सुधार गर्ने हो, मन्त्री र उनका सचिवालयका सेवासुविधा हटाउने हो। सरकारी निकायमा हुने दलाली, कमिसनखोरी र बिचौलियालाई अन्त्य गर्ने हो। ’
उनले विगतमा सिंहदरबारले कर्णालीलाई उपेक्षा गरेको तर संघीयतामा गएपछि यहाँका समस्या सुनुवाइ हुन थालेको बताए।
वीरेन्द्रनगर नगरपालिकाका पूर्वप्रमुख देवकुमार सुवेदी प्रदेशसभा र संरचना खारेजीको कुरा संविधानको मूल भावनाविपरीत रहेको बताउँछन्। ‘अहिलेको आवश्यकता प्रदेशसभा हटाउने होइन, यसको कार्यशैलीमा सुधार गर्ने हो’, सुवेदीले भने, ‘अधिकारको स्पष्ट बाँडफाँट, सुशासन, मितव्ययी प्रशासन र प्रभावकारी सेवा प्रवाहमार्फत प्रदेश सरकारलाई जनमुखी बनाउन सकिने विषयमा काम गर्न जरुरी छ। ’
प्रदेश संरचनासहितको संघीयताले स्थानीय आवश्यकताअनुसार योजना निर्माण र विकास गर्ने आधार दिएको बुझाइ कर्णालीका अधिकांश अगुवा र सर्वसाधारणमा छ। संघीयता कार्यान्वयन र अभ्यासमा केही कमाजोरी र समस्या देखिएका छन्। समस्या समाधान गर्ने हो, संघीयता समाप्त गर्ने होइन। कमीकमजोरी सुधार गर्दै प्रदेशसहितको संघीय संरचनालाई थप प्रभावकारी बनाउनुपर्ने कालीकोटका सामाजिक अगुवा आनन्द शाही बताउँछन्। उनी भन्छन्, ‘सुधारिएको संघीयताले नै समावेशी र सन्तुलित विकासको लक्ष्य पूरा गर्न सक्छ।’
वर्तमान अवस्थामा प्रदेशसहितको संघीयताको विकल्प खोज्न नसकिने नेपाली कांग्रेस दैलेखका नेता गणेशप्रसाद उपाध्याय बताउँछन्। उनका अनुसार संघीय संरचनालाई कम खर्चिलो बनाउनुपर्ने उपाय खोजिनुपर्छ, परिमार्जन गरिनुपर्छ तर प्रदेशसभा हटाउने कुरा सही छैन।