उम्मेदवार छनोटको गृहकार्यमा रास्वपा : कसले कहाँबाट दिँदै छन् उम्मेदवारी ?
२२ पौष २०८२
•
६ मिनेट पाठ
उम्मेदवार छनोटको गृहकार्यमा रास्वपा : कसले कहाँबाट दिँदै छन् उम्मेदवारी ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी समायोजन तथा निर्वाचन केन्द्रित दुई उपसमिति गठन गरेसँगै उम्मेदवारको टुंगो लगाउने गृहकार्य सुरु भएको छ। नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला तहबाट उम्मेदवार छनोटका लागि सिफारिस गरेर पठाइरहँदा रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो।




रास्वपाबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) कुन क्षेत्रबाट उम्मेदवार सिफारिस होलान् भन्ने कौतुहलता आज जनमानसमा उत्पन्न भएको छ। सामाजिक सञ्जालहरूमा झापा–५ बाट उम्मेदवारी दिने चर्चा चले पनि उनी चुनाव लड्न त्यहाँ भने नजाने भएका छन्। उनले काठमाडौंको कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताइएको छ। काठमाडौंबाट उम्मेदवारी दिने अवस्था नबने उनले महोत्तरीलाई रोज्ने उनीनिकट युवाहरूले बताएका छन्।

बालेनका तर्फबाट रास्वपा केन्द्रीय सदस्य बनेका पुरुषोत्तम यादवलाई मधेसको कुनै एक जिल्लाबाट उम्मेदवारी दिन लगाउने बताइएको छ। तर बालेन आफैंले भने यसबारे मुख खोलेका छैनन्। काठमाडौंमा बालेनको घर क्षेत्र नं. २ मा पर्छ। यसअघि सो क्षेत्रमा रास्वपाबाट सोबिता गौतमले चुनाव जितेकी थिइन्। अहिले सो क्षेत्रमा सोबिताको छवि राम्रो छैन। यसपटक उनले चितवन–३ रोज्ने सम्भावना छ। चितवन ३ उनको घर भएको क्षेत्र हो। चितवन २ मा रास्वपा सभापति रवि लामिछाने उम्मेदवारी दिने बताइएको छ। उनले यसअघि पनि सोही क्षेत्रबाट जितेका हुन्। उनले चुनाव जितिहाले पनि शपथ लिन भने पाउनेछैनन्। सहकारी ठगी, सम्पत्ति शुद्धीकरणको मुद्दा कायमै रहने भएकाले उनका लागि यसपटकको निर्वाचन कानुनी हिसाबले प्रतिकूल छ। चितवन–१ मा हरि ढकाल नै निर्वाचन लड्ने तयारीमा छन्।

यसअघि रास्वपाका तर्फबाट निर्वाचन जितेका शिशिर खनालले काठमाडौं–६ नछाड्ने भएका छन् तर त्यहाँ बालेनका तर्फबाट रास्वपामा प्रवेश गरेका युवा नेताले पनि नछाड्ने अवस्था देखिएको छ। डिपी अर्यालले पनि धादिङमा निर्वाचन नलड्न भन्दै काठमाडौं–६ ताकिरहेका छन्। काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ र ७ मा गणेश पराजुलीको दाबी यथावत् राखिरहेको रास्वपानिकट स्रोतले जनाएको छ। पुकार बमले काठमाडौं–१ मा उम्मेदवारी दिने तयारी गरेको स्रोतको दाबी छ।

ललितपुर–३ मा कुमार बेन र ललितपुर–१ मा सुरेन्द्र बजगाईंलाई उम्मेदवार बनाउने गृहकार्य भइरहेको बताइएको छ। बेन र बजागाईं दुवै बालेननिकट हुन्। त्यसैगरी ललितपुर–२ मा रास्वपाकै तर्फबाट हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको चर्चा चलिरहेको छ। खरेल रास्वपा प्रवेशको चरणमा रहेको बताइएको छ। काठमाडौं–३ बाट कुलमान घिसिङ र भक्तपुर–२ बाट जितमान लामाले उम्मेदवारी दिने तयारी गरिरहेको बताइन्छ। सिरहाबाट तेजनारायण यादव र पुरुषोत्तम यादव पनि रास्वपाकै तर्फबाट चुनाव लड्ने तयारीमा छन्। यसैगरी पहिचानको आन्दोलनमा सहभागी भएका डेगेन्द्रसिंह थेगिमले इलामबाट उम्मेदवारी दिने तयारी गरेका छन्।

बालेनका तर्फबाट रुपन्देही–३ बाट सन्तोष गिरी, अछामबाट भूपदेव शाह, कास्कीबाट गणेश पौडेलले चुनावमा उम्मेदवारी दिने बताइएको छ। पौडेलले यसअघि बालेनको चुनाव चिह्न लौरो लिएर पोखरा उपमहानगरपालिकामा मेयरको उम्मेदवारी दिएका थिए। डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लडेको भन्दै चर्चामा आएका सागर ढकालको भने निर्वाचन क्षेत्र टुंगिएको छैन। उनी पनि रुपन्देही, गुल्मी वा स्याङ्जातिरबाट चुनाव लड्ने तयारीमा छन्। खगेन्द्र सुनार र लक्ष्मण थारु पनि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। 

कञ्चनपुरमा बालेनका तर्फबाट धिरज जोशी र रविका तर्फबाट दीपक बोहोराले उम्मेदवारी दिने भएका छन्। दुवैका घर कञ्चनपुर–३ भएकाले उनीहरूको क्षेत्र मिलाउन लागिएको हो। जोशीले कञ्चनपुर–३ नछाड्ने बताएपछि बालेनले रविसँग कुराकानी गर्न आग्रह गरिरहेका छन्। जेनजी अगुवा नेतृ रक्षा बमले पनि कञ्चनपुरको कुनै एक क्षेत्रबाट चुनावी तयारी गर्न सक्ने बताइएको छ। यद्यपि यो विषयमा उनले अहिलेसम्म केही बताएकी छैनन्। रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटी गोर्खा–२ बाट उठ्ने तयारी भइरहेका बेला पूर्वएआइजी विश्वराज पोखरेल ओखलढुंगाबाट उठ्ने तयारीमा रहेको स्रोतले बताएको छ।

रास्वपाको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोट गर्न उपसभापति वाग्लेको संयोजकत्वमा गठित सिफारिस समिति गठन भएको छ। उक्त समितिलाई योग्य उम्मेदवार छनोट र सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले नै मनोनयन गर्ने निर्णय भएको छ। यसैगरी पार्टी एकता र पार्टी समायोजनलाई सहजीकरण गर्न र निष्कर्षमा पुर्‍याउन पार्टी महामन्त्री बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता समायोजन उपसमिति गठन गर्ने निर्णय पनि भएको छ।

युवाहरूको विद्रोह कायमै
जेनजी विद्रोहलाई रास्वपाले अपनत्व लिन खोजेको भन्दै युवाहरू असन्तुष्ट भएका छन्। चर्चित जेनजी अभियन्ता रक्षा बम, युजन राजभण्डारी, उपार्जन चाम्लिङलगायत युवाहरू रास्वपासँग असन्तुष्ट भएका हुन्। उनीहरू रास्वपाको एकता प्रक्रियामा सहभागी भएनन्। रक्षा बमले नेतृत्व गरेको जेनजी फ्रन्ट एकता प्रक्रियामा सामेल नभएपछि उनीहरूले कांग्रेस महामन्त्री गगन थापासँग पनि छलफल गरेका थिए।

यसैगरी रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेले समानुपातिकको बन्दसूचीबाट आफ्नो नाम फिर्ताको घोषणा गरेका छन्। पार्टी केन्द्रीय समिति बैठक चलिरहँदा उनले यो निर्णय सुनाएका थिए। रास्वपा बन्दसूचीबाट बाहिरिने निर्णय गरेका उनी पाँचौं उम्मेदवार हुन्। 

पाँडे खस–आर्यतर्फ सातौं नम्बरमा थिए। सामाजिक सञ्जालमा भनाइ राख्दै पाँडेले बन्दसूचीमा रहिरहने औचित्य नदेखेको बताएका छन्। ‘म सधैं देश र समाजलाई सबैभन्दा ठुलो योगदान दिन सक्ने बाटो खोज्ने र रोज्ने गर्छु। पछिल्लो समयमा विकसित राजनीतिक अवस्थामा विस्तार गरिएको रास्वपाको समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नदेखी मैले हिजो (आइतबार) राति बसेको केन्द्रीय समिति बैठकमा साथीहरूलाई बन्दसूचीबाट मेरो नाम हटाउने निर्णय सुनाएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मलाई बन्दसूचीमा पुर्‍याउने सबै साथीहरूलाई फेरि एकपटक धन्यवाद दिँदै रास्वपालाई आउँदो चुनावमा जिताउनतिर ध्यान दिनेछु।’ यसअघि सचिन ढकाल, डा. त्रिशला गुरुङलगायतले पनि समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिइसकेका छन्।

रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटी भन्छन्ः हामीले एउटा कार्यदल बनाएका छौं। प्रत्यक्षतर्फको उम्मेदवार छनोट प्रक्रियाको कार्यविधि तयार हुँदै छ। उम्मेदवार छनोट त्यही कार्यविधिअनुसार हुन्छ। साथै आकांक्षीका लागि आवेदन खुल्दै पनि छ। देशभरिबाट त्यहाँ आवेदन दिन सकिनेछ। पुस २५ गतेभित्र उम्मेदवार छनोट गरिसक्ने हाम्रो तयारी छ। केही ढिला होला तर यसपटक अलि परिपक्व ढंगले हामी आउँदै छौं। देशभर रास्वपालाई माया गर्ने जनता छन्। जनतामा उत्साह छाएको छ। जनताको उत्साहलाई कमी हुन दिँदैनौं। जनताले स्वीकार गर्न सक्ने उम्मेदवार छनोट गरेर पठाउँछौं। हाम्रो पार्टीले जनतालाई माया गर्ने हो। जनताले पार्टीलाई माया गर्ने हो। त्यसकारण जनताको भरोसा जोगाउने हाम्रो अभियान छ। यो अभियानमा आम नेपालीको साथ पाइने विश्वास छ। पार्टीमा क्षमतावान् व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूलाई नै पार्टीले उम्मेदवार बनाउँदा निराश हुने अवस्था आउँदैन भन्ने हाम्रो निष्कर्ष छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
४८ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस