रास्वपाले सङ्कलन गर्‍यो ५५ लाखभन्दा बढी चन्दा
०८ साउन २०८२
•
१ मिनेट पाठ
रास्वपाले सङ्कलन गर्‍यो ५५ लाखभन्दा बढी चन्दा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५५ लाखभन्दा बढी चन्दा सङ्कलन गरेको छ। पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन अभियानका लागि रास्वपाले चन्दा सङ्कलन गरेको हो।




यसअन्तर्गत अहिलेसम्म ५५ लाखभन्दा बढी चन्दा सङ्कलन भएको लामिछानेका सचिवालय सदस्य प्रमोद न्यौपानेले जानकारी दिए। 'हामीले स्वत:स्फूर्त रूपमा सहयोग गरिदिनुस् भनेका थियौँ। त्यसमा अहिलेसम्म ५५ लाख १३ हजार २०७ रुपैयाँ सङ्कलन भएको छ,' उनले भने।

रास्वपाले पार्टी सभापति लामिछाने थुनामा पुग्नुलाई 'राज्यले उनका विरुद्धमा प्रतिशोध साँधेको' रूपमा अर्थ्याएका छन्। त्यसैका विरुद्धमा हस्ताक्षर सङ्कलन अभियान चलाइएको रास्वपाले दोहोर्‍याउँदै आएको छ। पार्टीको तेस्रो स्थापना दिवसका अवसरमा लामिछानेले गत असार ७ गते हस्ताक्षर सङ्कलनको घोषणा गरेका थिए। त्यसअनुरूप रास्वपाले हस्ताक्षर सङ्कलन अभियान जारी राखेको हो।

यसका लागि खर्च पनि त्यहीँ जुटाउने उद्देश्यका साथ रास्वपाले चन्दा पनि सङ्कलन गरेको हो।

यो पनि पढ्नुहोस्

रवि लामिछानेको पक्षमा २७ लाख ५० हजारभन्दा बढी हस्ताक्षर सङ्कलन
अर्को समाचार
लामिछानेका पक्षमा किन हस्ताक्षर ?
०१ साउन २०८२
•
५ मिनेट पाठ
लामिछानेका पक्षमा किन हस्ताक्षर ?
असार पहिलो सातादेखि नेपालको सामाजिक–राजनीतिक तहमा एउटा फरक तर रमाइलो दृश्य देखिएको छ। रवि लामिछानेको रिहाइ माग गर्दै हस्ताक्षर अभियान चलाइएको छ। अभियानअन्तर्गत हजारौं नागरिकले हस्ताक्षर गरेका छन्। सडक, क्याम्पस, कर्पोरेट अफिसदेखि विमानस्थलसम्म हस्ताक्षर अभियान चलाइएको छ।




सहकारी ठगी मुद्दामा लामिछाने अहिले भैरहवा कारागारमा छन्। लामिछानेको थुनालाई उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोध साँधेको रूपमा व्याख्या गर्दै आएको छ। रास्वपा सभापति लामिछाने पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत हुन्। उनको पक्षमा २० लाखभन्दा बढी हस्ताक्षर संकलन भएको छ। लामिछानेका सहयोगी प्रमोद न्यौपानेले यस्तो जानकारी दिएका हुन्। ‘अहिलेसम्म २० लाखभन्दा धेरै हस्ताक्षर संकलन भएको छ,’ न्यौपानेले भने, ‘अझै बढेको हुन सक्छ। यो मैले दिएको तथ्यांक तीन दिनअगाडिको हो। हस्ताक्षर संकलन गरेर अद्यावधिक गर्न समय लाग्छ। अभियान जारी छ।’

असार ७ गते पार्टीको तेस्रो स्थापना दिवस अवसर पारेर कारागारबाटै लामिछानेले २० पृष्ठ लामो अपिल जारी गरेका थिए। त्यही अपिलमार्फत उनले हस्ताक्षर अभियान घोषणा गरेका थिए। रास्वपाले असार ९ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ।

हस्ताक्षर अभियानलाई कम्तीमा पनि एक सय दिनसम्म जारी राख्ने रास्वपाले जनाएको छ।

यो अभियानले एकातिर अदालतको निर्णयप्रति प्रत्यक्ष असहमति देखाएको जस्तो लाग्छ त अर्कातिर मानवअधिकारको अभिव्यक्तिलाई उजागर गरेको जस्तो लाग्छ। यो अभियान साँच्चिकै अदालतको फैसलाप्रतिको विरोध हो या नागरिकको अभिव्यक्ति अधिकारको प्रयोग हो ? भन्ने प्रश्न खडा भएको छ। यसैकारण अभियानको पक्ष विपक्षमा मतविभाजन भएको छ।

एमालेका नेता राजन भट्टराईले रास्वपाले चलाएको हस्ताक्षर अभियानले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको बताएका छन्। उनका अनुसार लोकतन्त्रमाथि कहिलेकाहीं लोकतन्त्रका पक्षपातीबाटै चुनौती आउने गरेको छ। उनले सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित हस्ताक्षर अभियान चलाउनुले लोकतन्त्रको मर्ममाथि प्रहार भएको बताए।

‘लोकतन्त्रमाथिको चुनौती सधैं विरोधीबाट मात्र आउँदैन, कहिलेकाहीं लोकतन्त्रका पक्षपाती भन्नेहरूको व्यवहारले पनि त्यसमा हानि पु¥याउने गर्छ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालत जस्तो स्वतन्त्र र संवैधानिक निकायको निर्णयमाथि निहित राजनीतिक उद्देश्यसहित प्रहार गर्नुलाई लोकतन्त्रकै मर्ममाथिको प्रहारका रूपमा बुझ्न सकिन्छ।’

रास्वपा भने यो कुरा मान्न तयार छैन। रास्वपाले आफूहरूको हस्ताक्षर अभियानलाई हतियार संकलन गरिएको जसरी प्रचार गरिएको बताएको छ। हस्ताक्षर संकलनको विषयलाई ठुलो रूपमा प्रचार गर्न आवश्यक नरहेका लामिछानेका सहयोगी न्यौपानेले बताए। ‘अदालतलाई प्रभावित पार्न खोजियो, विचाराधीन मुद्दामाथि किन हस्ताक्षर संकलन गरेको भनेर प्रश्न उठाइएको छ। खासगरी विपक्षी मोर्चामा रहेका दलहरूले यस्तो प्रश्न उठाएका छन्। हामीले अदालतको आदेशमाथि कुनै प्रश्न गरेका छैनौं। हामीले अदालतको निर्णय स्वीकार नगरेको भए यतिबेला रवि लामिछाने कारागारमा हुनुहुन्नथ्यो,’ न्यौपानेले भनेका छन्, ‘अदालतको निर्णयलाई कुनै रूपमा प्रभावित नगरेर हामीले नागरिकको हस्ताक्षर संकलन गरेका हौं।’

रास्वपाले कसैलाई देखाउन हस्ताक्षर संकलन नगरेको न्यौपानेले बताए। ‘हस्ताक्षरलाई हतियार संकलन गरेजस्तो कुप्रचार नगरियोस्। आम नागरिकको हस्ताक्षर संकलन गरेका हौं, हतियार होइन। यो भ्रमबाट मुक्त हौं,’ उनले भने।

एमाले नेता भट्टराई यो मान्न तयार छैनन्। उनी लोकतान्त्रिक प्रणालीमा राज्यका तीन अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको समान रूपले महŒव हुने र यी अंगबिचको शक्ति सन्तुलन नै लोकतन्त्रको सार रहेको बताउँछन्। ‘यसको अर्थ एउटाले अर्काको अधिकार क्षेत्रमा प्रत्यक्ष हस्तक्षेप गर्नु हुँदैन भन्ने हो। सर्वोच्च अदालतको निर्णय र व्याख्या नै अन्तिम मानिन्छ र सबैका लागि मान्य हुनुपर्छ,’ उनले लेखेका छन्, ‘तर पछिल्लो समय सर्वोच्च अदालतको निर्णयविरुद्ध सञ्चालन गरिएको हस्ताक्षर अभियानले यिनै आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको देखिन्छ।’

संविधानले प्रत्येक नागरिकलाई विचार, अभिव्यक्ति र शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार दिएको छ। हस्ताक्षर अभियान यही अधिकारको प्रयोग हो भन्दै हस्ताक्षर अभियानका पक्षमा पनि मत जाहेर भएको देखिन्छ। अधिवक्ता सुलभ खरेल लामिछानेमाथि लागेको आरोपको कानुनी प्रक्रियाले आफ्नो बाटो आफैं लिन्छ तर जब राज्यले राजनीतिक विरोधीलाई गलाउने र नियन्त्रण गर्ने नियतले मात्र अभियोजन गर्छ र असन्तुलित शक्ति प्रदर्शन गर्छ भने जनताले त्यसविरुद्ध बोल्नु हुँदैन, मौन बस्नुपर्छ भन्ने तर्क आफैंमा नागरिक चेतनाको अपमान भएको बताउँछन्। ‘यदि अदालत आफैं त्यस्तो जनमतबाट प्रभावित हुन्छ भन्ने डर छ भने त्यो सम्बन्धित न्यायाधीशको आत्मबल, निष्ठा, कार्यक्षमता र न्यायिक संस्थाको परिपक्वतामाथि प्रश्न उठाउने विषय हो,’ उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकको बोल्न पाउने अधिकारमाथि नियन्त्रण गर्ने विषय कदापि होइन।’

न्याय प्रणालीको मर्यादा कायम रहोस् तर जनभावना तथा असहमत स्वरहरूका आवाज सुन्न सक्ने कानुनी संस्कृति पनि विकास होस् भन्दै खरेलले हस्ताक्षर संकलन, आवाज उठाउने वा समर्थन जनाउने कुनै पनि अभियानलाई अदालतको अवहेलना गरेको अर्थ गर्नु भनेको लोकतन्त्रको अपमान हुने बताए। ‘जनताले प्रश्न गर्न पाउने अधिकार कुनै अदालती अनुमति वा संविधानले दिएको विषय मात्रै होइन,’ उनले भने, ‘यो हामीले जन्मँदै ल्याएको जन्मसिद्ध सार्वभौम चेत हो।’

खरेलको भनाइमा सहमति जनाउँछन् काठमाडौंको कागेश्वरी मनोहारा–६ का भीमसेन कार्की। रास्वपा वडा समितिका अध्यक्षसमेत रहेका कार्की हस्ताक्षर अभियान जनभावनाको प्रस्तुति रहेको दाबी गर्छन्। ‘हस्ताक्षर गर्नु कुनै निर्णय उल्ट्याउन होइन,’ कार्की भन्छन्, ‘हस्ताक्षर अभियान जनभावनाको प्रस्तुति हो, जुन लोकतन्त्रमा स्वीकार्य हुनुपर्छ।’

उनले वडामा सुरु गरेको अभियानमा जोडिएका नरेश केसी पनि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर स्वाभाविक भएको ठान्छन्। ‘मैले हस्ताक्षर गरें किनभने मलाई लाग्छ, रवि लामिछानेमाथि न्यायसंगत प्रक्रिया अपनाइएको छैन। यो विरोध होइन, समर्थन हो,’ उनले भने, ‘हस्ताक्षर गर्नु भनेको भावनात्मक समर्थन हो। यो नागरिकको आवाज सुन्ने, सुनाउने माध्यम हो।’

कतिपय सर्वसाधारण भने हस्ताक्षर अभियान न्यायलाई प्रभावित पार्ने आन्दोलन रहेको ठान्छन्। ‘कानुनको काम अदालतले गर्ने हो, हस्ताक्षरले होइन,’ भक्तपुर कटुन्जेका विनायक नेपाल भन्छन्, ‘अदालतलाई प्रभावित गर्न खोजियो भन्ने न्याय कहाँ पुग्छ?’
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस