विद्यालाई रोक्न एमालेमा उमेरहद हटाउने
२९ असार २०८२
•
३ मिनेट पाठ
विद्यालाई रोक्न एमालेमा उमेरहद हटाउने
विधान महाधिवेशनको मिति तोकिएपछि नेकपा (एमाले)भित्र उमेरहद नराख्ने गरी बहस सुरु भएको छ । नेतृत्वको जामलाई हटाउने र समयानुकूल बनाउने गरी एमालेले यसअघि ल्याएको ७० वर्षे उमेरहदलाई हटाउने गरी छलफल सुरु भएको हो । एमालेले राजनीतिमा उमेरहद निर्धारणलाई महत्त्व दिँदै आएको थियो । तर, पूर्वराष्ट्रपति विद्या भण्डारी एमाले राजनीतिमा सक्रिय हुने घोषणासँगै उमेरहद नलाग्ने प्रस्ताव अघि सारिएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीको आगामी विधान महाधिवेशनमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव लैजाने बताएपछि पार्टीभित्र नेताहरू अनन्तकालसम्म सक्रिय हुने अवस्था सिर्जना हुनेछ ।




पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी सदस्यता नवीकरण गरेको र सक्रिय राजनीति अगाडि बढाउने भण्डारीको १४ असारको घोषणापछि एमालेभित्र हलचल पैदा भएको छ । जसका कारण संस्थापन पक्षले ७० वर्षे उमेरहद हटाउन नेता कार्यकर्तासँग लबिङ सुरु गरेको छ । एमालेमा विद्याको भावी रणनीतिलाई लिएर चौतर्फी चासो छ । आगामी महाधिवेशनमा उनले आफूलाई एमालेको अध्यक्षको दाबेदारका रूपमा पेस गरिरहेका बेला उनलाई छेक्न र प्रधानमन्त्री केपी ओलीलाई नै अघि सार्न उमेरहद हटाउने तयारी भएको हो ।

पार्टी केन्द्रीय विभागहरूको भेलालाई आइतबार पार्टी मुख्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको केन्द्रीय कमिटी बैठकबाट स्थगित गरिएको ७० वर्षे उमेरहद विधान महाधिवेशनबाट अनुमोदन गराउनु केन्द्रीय कमिटीको दायित्व र कर्तव्य भएको दाबी गरे । विधानका कतिपय प्रावधानका सन्दर्भमा अहिले केही विवाद र भ्रम सिर्जना गर्ने काम भइरहेको उनको दाबी थियो ।

२०७८ मङ्सिर १० गते सौराहामा भएको केन्द्रीय कमिटी बैठकमा तत्कालीन उपमहासचिव विष्णुप्रसाद पौडेलको प्रस्तावमा विधानका केही प्रावधान संशोधनका लागि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको थियो ।

‘२०७८ मा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनले २२५ सदस्यीय केन्द्रीय समिति बनाउने र १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको थियो,’ पोखरेलले भने, ‘पार्टीमा देखिएको तत्कालीन संकटलाई व्यवस्थापन गर्न ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारी बनाइएको हो । विधानको दोस्रो संशोधनका रुपमा केन्द्रीय निकायमा १५ सदस्यीय समितिलाई बढाएर २५ सदस्यीय बनाइएको बताउँदै उनले विधान महाधिवेशनमा अध्यक्षमा दुईपटक मात्र उम्मेदवार हुने प्रावधान राखिएकोमा त्यसलाई सच्याइएको दाबी गरे । महासचिव पोखरेलले भने, ‘हामी जसको नेतृत्वमा पार्टीलाई हाँक्न चाहन्थ्यौं। उहाँ आठौं महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । नवौंमा विजयी हुनुभयो । विधानको प्रावधानले उहाँलाई रोक्ने देखेर दुई पटक उम्मेदवार वा दुई कार्यकाल भन्ने प्रावधान संशोधन गरिएको हो ।’

महासचिव पोखरेलको भनाइलाई आधार मान्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओली अझै एमाले अध्यक्षको उम्मेदवार बन्नेछन् । विधानको यसै प्रावधानलाई टेकेर पुष्प कँडेल तेस्रोपटक लेखा आयोगको अध्यक्ष चयन भएको बताउँदै महासचिव पोखरेलले २०८० बैशाख ९ गते मुकुन्द न्यौपाने पार्टी प्रवेश गराउदा ७० वर्षे कार्यकाल हटाइएको जानकारी दिएका थिए ।

तर, एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीको महाधिवेशन केन्द्रित बैठकका प्रति असन्तुष्ट व्यक्त गरेका छन् । पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विभागहरूको बैठकमा आफ्नो कुरा राख्न नदिएको भन्दै उनले असन्तुष्ट व्यक्त गरेका हुन् । उनले बैठक एकोहोरो बनाइएको आरोप लगाएका थिए । ’विधान महाधिवेशनबारे सचिवालयद्वारा आयोजना गरिएको भेला एकोहोरो भाषण गरेर कार्यालयले छापेका तीन विधानमा गरिएको फेरबदललाई बाँड्ने मात्रैमा सीमित गरेको देखियो,’ उनले भनेका छन् ।

विधान महाधिवेशन केन्द्रित भएर पार्टीका सबै केन्द्रीय विभागहरूको बैठक राखेको थियो । उक्त बैठकमा यथार्थ कुरा राख्न नदिइएको भन्दै थापाले असन्तुष्ट जनाएका छन ्। ’यथार्थ कुरा राख्न समय उपब्ध गराएन। महासचिवले भाषण गरेर कार्यक्रम सकिएको घोषणाा गरियो । पार्टी पङ्क्तिमा कुनै भ्रम नहोस्,’ थापाले भनेका छन् ।
अर्को समाचार
पूर्वराष्ट्रपतिको हैसियतमा रहन विद्याले गरिन् 'अस्वीकार', एमाले पूर्वउपाध्यक्ष मात्रै लेखिन्
०९ साउन २०८२
•
१ मिनेट पाठ
पूर्वराष्ट्रपतिको हैसियतमा रहन विद्याले गरिन् 'अस्वीकार', एमाले पूर्वउपाध्यक्ष मात्रै लेखिन्
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) पूर्वराष्ट्रपतिकै हैसियतमा रहन आग्रह गरेको थियो। तर, गत असार १४ गते मात्रै उनले सक्रिय पार्टी-राजनीतिमा फर्किएको घोषणा गरिन्।




त्यसयता एमाले; खासगरी अध्यक्ष केपी शर्मा ओलीले उनलाई रोक्नका लागि विधानकै प्रयोग गरेका छन्। विधानमार्फत नै भण्डारीको सक्रिय राजनीतिमा अवरोध खडा गर्नेसम्मको छलफल ओली र उनका निकटस्थहरूका बीचमा हुने गरेको चर्चा छ।

तर, भण्डारीले भने आफू राष्ट्रपतिभन्दा पहिले एमाले उपाध्यक्ष रहेको बताएकी छन्। शुक्रबार (आज) बानेश्वरको कार्की बैङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति बन्नुपूर्व नै एमालेमा ३५ वर्ष बिताइसकेको बताइन्।

अझ रोचक त के भने उनले पत्रकार सम्मेलनमा प्रस्तुत गर्न बनाएको विज्ञप्तिमा 'एमाले उपाध्यक्ष' मात्रै लेखेकी छन्। पूर्वराष्ट्रपति लेख्न भने उनले 'अस्वीकार' गरेकी छन्। एमाले उपाध्यक्ष त्यागेर दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले पूर्वराष्ट्रपतिले सक्रिय राजनीति गर्नुहुँदैन भनेर कहीँ नलेखिएको बताएकी छन्।

कतिपयले पूर्वराष्ट्रपति भण्डारीले आफूलाई पूर्वराष्ट्रपति नमान्नुलाई 'सम्मानित पदको प्रतिष्ठान माटोमा मिलाएको' रूपमा अर्थ्याएका छन्। राजनीतिक विश्लेषक केशव दाहालले भनेका छन्, 'एमालेका बागी साथीहरू सक्छौ भने `झोले अध्यक्ष´ सँग भिड्न अर्को विकल्प खोज। एजेन्डासहित युवा पुस्तालाई अगाडि ल्याउ। तर, पूर्वराष्ट्रपतिलाई पत्रकार सम्मेलन गर्न लगाएर, मदनको नाम भजाएर, रुवाबासी गराएर, गल्ली चोकमा कुदाएर सम्मानित पदको मान, प्रतिष्ठा र इज्जतलाई माटोमा नमिलाऊ। यो हुँदैन, हुँदै हुँदैन,' उनले भनेकी छन्।

अन्य थुप्रैले मुख्यत: सामाजिक सञ्जालहरूमार्फत यसको विरोध गरेका छन्।

कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
यो पनि पढौँ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस