मिश्रमाथि कारागार प्रशासनको 'विशेष निगरानी'
२३ माघ २०८२
•
३ मिनेट पाठ
मिश्रमाथि कारागार प्रशासनको 'विशेष निगरानी'
नेपालगन्जस्थित भेरी अस्पतालको क्याविनमा 'डेरा जमाएर' बसेका चर्चित कर्णाली विकास बैंकको रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपतिदयाल मिश्रले चुनावी रणनीति बनाएको सम्बन्धी समाचार बाहिरिएपछि कारागार प्रशासनले 'विशेष निगरानी' बढाएको छ ।  




बैंकको रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले उनलाई गत साउन तेस्रो सातातिर पुर्पक्षका लागि नेपालगन्ज कारागार चलान गरेको थियो। तर, कारागार चलान भएयता उनी विभिन्न स्वास्थ्य समस्या देखाएर नियमित जसो यहाँका अस्पतालहरुमा बस्दै आएका थिए । पछिल्लो समय यही माघ १४ गते ‘ढाड दुख्ने’ समस्या बल्झिएको भन्दै मिश्र भेरी अस्पतालको अर्थोपेडिक विभाग अन्तर्गत रहेको १ नम्बर क्याविनमा भर्ना भएका थिए । तर, उक्त क्याविनमा मिश्रको उपचार भन्दापनि आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके-२ मा 'कसलाई जिताउने' र 'कसलाई हराउने' भनेर  रणनीतिक योजना बनाइरहेको समाचार सार्वजनिक भएपछि कारागारमा ल्याएर विशेष निगरानीमा राखिएको कार्यालयका प्रमुख (जेलर) प्रकाश ढुंगानाले जानकारी दिए ।  

ढुंगानाका अनुसार मिश्रलाई बिहीबार अपरान्हतिर भेरी अस्पतालको क्याविनबाट कारागारमा ल्याएर निगरानीमा राखिएको हो । मिश्रलाई कारागार ल्याइएछि बाहिरी व्यक्तिसँग भेटघाटमा रोक लगाइएको जेलर ढुंगानाले बताए । 'उहाँ(मिश्र) को शंकास्पद  गतिविधिका कारण अहिले कारागारभित्र परिवारका सदस्य बाहेक बाहिरी मान्छेहरुलाई भेटघाट गर्न दिएका छैनौं,' उनलेे नागरिकसँग शुक्रबार भने, 'चुनावको बेला उपचार गर्न भनेर अस्पतालमा भर्ना भै जसरी उहाँले राजनीतिक गतिविधि गर्नुभयो, यसले उहाँमाथी हामीले यसअघि गरेको विश्वासलाई तोड्नु भयो, यस्तै गतिविधिले अब उहाँले कारागारबाट पाउने सुविधाहरु खोसिन सक्छन ।'  

मिश्रले अस्पतालमा भर्ना भएर सुविधा दुरुपयोग गरेको सम्बन्धमा प्रकाशित भएका समाचार नै प्रयाप्त प्रमाण भएको र आवश्यकता अनुसार भेरी अस्पतालको सिसी क्यामेरा फुटेज पनि अध्ययन गर्न सकिने जेलर ढुंगानाले प्रष्ट्याए ।  

भेरी अस्पतालको रेकर्डअनुसार उक्त क्याविनमा मिश्रले उपचारको बहानामा ९ दिन बिताएका छन् ।  क्याविनमा रहुन्जेलसम्म नेकपा (एमाले)का पुर्वकेन्द्रीय सदस्य रहेका मिश्रकै निर्देशनबाट बाँके-२ मा चुनावी रणनीति बनेको अस्पताल श्रोतले जनाएको छ ।  

सामान्यतयाः कुनै बिरामीलाई चिकित्सकले भर्ना गरेको केहीदिनभित्र उसको स्वास्थ्य अवस्थाअनुसार औषधि चलाउने वा शल्यक्रिया गर्ने निधो गरिन्छ। सामान्य भएपछि बिरामीलाई डिस्चार्ज गरिन्छ। तर, अस्पतालका अनुसार मिश्रको अवस्था अस्पतालमै राखिराख्नुपर्ने खालको थिएन ।  

अभियुक्त मिश्रले पार्टीका नेता तथा कार्यकर्तासँग क्याबिनमै बैठक राखेर छलफल गर्ने गरेका थिए । चुनावको मुखमा पुर्पक्षमा थुनाको बास बसिरहेका अभियुक्तलाई राजनीतिक शक्तिको आडमा प्रहरी, प्रशासनदेखि अस्पतालले समेत यसरी सुविधा दिएकोमा अहिले प्रश्न उठिरहेको छ।  

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले मिश्रलाई बिहीबार नै डिस्चार्ज गरिसकेको बताए । 'भेरी अस्पतालमा उहाँ(मिश्र) आउने-जाने क्रम यसअघि पनि चलिरहन्थ्यो, आएपछि अलि लामै समयसम्म बस्न खोज्नु हुन्थ्यो, कति पटक त मैले अब तपाईं जानुस, अरु बिरामीलाई पनि क्याविन दिनुपर्ने हुन्छ भनेर पठाएको पनि हुँ,' मेसु डा. सुवेदीले भने, 'यसपटक त अलि बढी नै गर्नु भएको रहेछ, उपचार गर्न आएको मान्छे, त्यो पनि अत्यन्तै संवेदनशिल ब्यक्तीले यस्तो समयमा विचार पुर्याउनु पर्थ्यो ।'  
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१ घण्टा अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ५३ सेकेन्ड अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
यो पनि पढौँ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस