मधेस प्रदेशका मतदानस्थल: ५० प्रतिशत संवेदनशील
३० पौष २०८२
•
४ मिनेट पाठ
मधेस प्रदेशका मतदानस्थल: ५० प्रतिशत संवेदनशील
गृह मन्त्रालयले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै प्रदेशमा गोष्ठी गरेर सुरक्षा अवस्थाबारे जानकारी लिएको छ। मन्त्रालयले प्रदेश तहअन्तर्गत मंगलबार मधेसमा गोष्ठी गरी सुरक्षा अवस्थाबारे जानकारी लिएको छ। योसँगै प्रदेश तहअन्तर्गतको सुरक्षा गोष्ठी सकिएको छ। गृहमन्त्री, तीन वटै सुरक्षा अंगका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरू, मधेस प्रदेशका सुरक्षा प्रमुखहरूसहितको उपस्थितिमा मधेस प्रदेश सुरक्षा गोष्ठी गरिएको हो। गृह मन्त्रालयको नियमित कार्यक्रमअन्तर्गत भए पनि प्रदेश तहका सुरक्षा गोष्ठी चुनावकेन्द्रित भए।




प्रदेशअन्तर्गत मंसिर ९ गते लुम्बिनीबाट सुरु भएको सुरक्षा गोष्ठी मधेस प्रदेशबाट समापन भएको हो। निर्वाचनलक्षित सुरक्षा गोष्ठीबाट प्राप्त  सुझावअनुसार सुरक्षा संयन्त्र परिचालन हुनेछ। मन्त्रालय स्रोतका अनुसार फागुनमा हुने संघीय संसद्को निर्वाचनमा मधेस प्रदेशका दुई हजार एक सय ५७ मतदानस्थलमध्ये एक हजार एक सय ६८ मा सुरक्षा चुनौती रहेको विश्लेषण गरिएको छ।

मधेस प्रदेशको सुरक्षा अवस्था हेरेर ती क्षेत्रमा सुरक्षाकर्मी बढाउने तयारी छ। ‘मधेस प्रदेशका करिब १२ सय मतदानस्थल अति संवेदनशील सूचीमा छन्। यो संख्या अझै बढ्न सक्ने अवस्था छ। खुला सिमाना र मधेसकेन्द्रित दल र अन्य दलहरूबिचको टकरावले मधेसमा सुरक्षा चुनौती देखिन्छ,’ मन्त्रालयका एक अधिकारीले भने।

मन्त्रालयको सुरक्षा विश्लेषणअनुसार देशभरका १० हजार नौ सय २६ मतदानस्थलमध्ये ३५ सय १८ मा सुरक्षा चुनौती औंल्याइएको छ। ‘सुरक्षा विश्लेषणअनुसार अहिलेसम्म सहरमा खासै चुनौती देखिएको छैन। तराईभन्दा पहाड र हिमाली जिल्लामा सुरक्षा चुनौती कम देखिएको छ’, स्रोतले भन्यो।

दलका कार्यकर्ताहरु भिडन्त हुने अवस्था आए निर्वाचनमा सुरक्षा असहजता उत्पन्न हुने मन्त्रालयको विश्लेषण छ। मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यले देशभरका सबै मतदानस्थलको सुरक्षा चुनौती विश्लेषण गरिएको बताए।

‘निर्वाचन घोषणापछि नै सुरक्षा अवस्थाबारे मन्त्रालयले सबै प्रकारका सूचना लिने काम गरिरहेको छ। सबै मतदानस्थलको सुरक्षा अवस्थाबारे जानकारी आइसकेको छ। त्यही अनुसार सुरक्षाकर्मी परिचालन हुनेछन्’, आचार्यले भने।

गृह मन्त्रालयले निर्वाचन आयोगबाट प्राप्त मतदानस्थल विवरणका आधारमा सुरक्षा विश्लेषण गरेको हो। सुरक्षा निकाय र दलहरूले निर्वाचनमा मुख्य सुरक्षा चुनौतीका रूपमा जेनजी आन्दोलनका क्रममा जेलबाट फरार कैदीबन्दी र प्रहरीबाट लुटिएका हतियारलाई हरेका छन्। त्यसबाहेक विभिन्न आपराधिक समूह, टोले गुन्डा, दलका भ्रातृ संस्था, सीमापारका आपराधिक समूह, भौगोलिक पक्षलगायतबाट सुरक्षा चुनौती हुन सक्ने मानिएको छ। तर यी सबै विषयलाई गृहले बाहिर ल्याउन चाहिरहेको छैन।

तीन लाख सुरक्षाकर्मी खटिँदै

निर्वाचन सुरक्षा रणनीति अनुसार सेना, प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी तीन लाख हाराहारीमा सुरक्षाकर्मी परिचालित हुनेछन्। नेपाल प्रहरीसँग निर्वाचन प्रहरी रहनेछन्। त्यसपछि सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। नेपाल प्रहरीको सुरक्षा दस्तासँगै राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर पनि खटिनेछन् । दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालित हुनेछन् । तर यसपटक मतपेटिकाको सुरक्षामा नेपाल सेना पनि सहभागी हुनेछ। अति संवेदनशील मतदानस्थलमा कम्तीमा १२, संवेदनशील मतदानस्थलमा १० र सामान्यमा आठ सुरक्षाकर्मी खटाउने तयारी छ । यो पहिलो घेरामा खटाइने संख्या मात्र हो । तराई र पहाडी जिल्लाका केही मतदानस्थलहरूमा सेना पहिलो घेरामा खटिने स्रोतले जनाएको छ।

सेनालाई एक अर्ब ९४ करोड बजेट

सरकारले निर्वाचनमा नेपाली सेनाका लागि एक अर्ब ९४ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयले सेनाका लागि बजेटको सुनिश्चितता दिएको छ। त्यसमध्ये एक अर्ब ९४ करोड चालु र बाँकी चार करोड रुपैयाँ पुँजीगत खर्चअन्तर्गत छुट्याइएको हो।

सेनाले निर्वाचनका लागि तीन अर्ब ५२ करोड रुपैयाँ बजेट माग गरेको थियो। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सेना निर्वाचनमा प्रहरीको तेस्रो घेराका रूपमा खटिनेछ। हरेक निर्वाचन क्षेत्रमा बेस बनाएर सेनालाई परिचालन गर्न लागिएको छ। निर्वाचनको समयमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षाको जिम्मेवारी पनि सेनाले लिनेछ। निर्वाचनको ठिक एक महिनाअघि अर्थात् २१ माघदेखि सेनालाई नियमित गस्तीमा खटाउने सुरक्षा योजनामा उल्लेख छ।

निर्वाचनका लागि अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई आठ अर्ब ६६ करोड, सशस्त्र प्रहरी बललाई एक अर्ब ४६ करोड तथा राष्ट्रिय अनुसन्धान विभागलाई पाँच करोड ८५ लाख बजेटको सुनिश्चितता दिएको छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
४१ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस