रास्वपाको नयाँ पदाधिकारी टिममा एक मात्रै महिला, नयाँ दलमा पुरानै प्रवृत्ति
२३ पौष २०८२
•
४ मिनेट पाठ
रास्वपाको नयाँ पदाधिकारी टिममा एक मात्रै महिला,  नयाँ दलमा पुरानै प्रवृत्ति
राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी टिम छनोटपछि वैकल्पिक राजनीति र नयाँ शक्तिको रुपमा आएको राजनीतिक दलले पनि पुरानै परिपाटीलाई निरन्तरता दिएको भन्दै चौतर्फी आलोचना सुरु भएको छ ।    




नयाँ राजनीतिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको ११ सदस्यीय नयाँ पदाधिकारी टिममा एक जना मात्रै महिला चयन हुनुले राजनीतिक दलहरूले महिलाका संवैधानिक अधिकार प्रयोग गर्न नचाहेको स्पष्ट पारेको छ ।    

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १५ (४) अनुसार राजनीतिक दलका सबै तहका समितिमा कम्तीमा एक तिहाइ अर्थात् ३३ प्रतिशत महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर पछिल्लो समय नयाँ तथा पुराना दुवै राजनीतिक दलहरूले महिलालाई नेतृत्व तहमा उपेक्षा गरेको र उनीहरूको क्षमतालाई स्वीकार गर्न नसकेको टिप्पणी हुँदै आएको छ ।  

विशेषगरी पदाधिकारी चयन प्रक्रियामा दलहरूले योजनाबद्ध र नियतवस रूपमा महिला नेतृत्वलाई स्थान दिन नखोजेको विश्लेषण गरिएको छ। व्यवहारमा लोकतान्त्रिक हुन नसक्दा महिलाहरू राजनीतिक संरचनामा पछाडि पारिँदै आएको देखिन्छ, जसको पछिल्लो उदाहरण रास्वपा बनेको विश्लेषकहरूको भनाइ छ ।  

जेन–जी अभियन्ता भावना राउतले नयाँ राजनीतिक पार्टीहरूमा महिला सहभागिता न्यून भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनले नयाँ राजनीतिक दलहरूले व्यवहारमा भने महिला नेतृत्वलाई अगाडि ल्याउन नसकेको बताउँदै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

नयाँ राजनीतिक दलले राजनीतिक चेतको अवलम्बन नगरेको राउतको भनाइ छ। उनी भन्छिन्, ‘समान सहभागिता भनेको संविधानले जबरजस्ती दिएको ३३ प्रतिशतको न्यूनतम कोटा मात्रै होइन। यदि वैकल्पिक भनिने पार्टीहरूमा महिला सहभागिता यही सीमामा सीमित हुन्छ भने त्यो नयाँ राजनीति होइन। नयाँ बोतलमा पुरानै जाँड हो।’      

त्यसैगरि नागरिक अधिकारकर्मी डा. मिना पौडलले राजनीतिक दलहरूले महिलाको क्षमतालाई अझै पनि पूर्ण रूपमा स्वीकार गर्न नसकेको बताएकी छन् ।  

उनले विभिन्न दलका अधिवेशन र पदाधिकारी चयन प्रक्रियामा केन्द्रिय समिति वा पदाधिकारी तहमा महिलाको उपस्थिति अत्यन्त न्यून हुनु दुखद रहेको बताइन् । कतिपय दलमा एक जना महिलालाई मात्रै त्यो पनि निर्णय नहुने पदमा सीमित राखिनुको कारण संविधानले महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको  बताइन् ।      

डा. पौडल भन्छिन्,‘ मूल समस्या संरचनागत रुपमा छ । संविधानले महिलालाई पूर्ण सार्वभौम नागरिकको रूपमा स्वीकार नगरेसम्म ३३ प्रतिशत सहभागिता व्यवहारमा सम्भव हुँदैन । महिलालाई अझै पनि पुरुषको सहायकको रूपमा हेर्ने सोचले राजनीतिक दल, राज्यका निकाय र संस्थाहरूमा सम्मानजनक स्थान पाउन सकेका छैनन । ’  

उनले वर्तमान राजनीतिक दलहरूको चरित्र नै लोकतान्त्रिक नभएको  र नाममा लोकतन्त्र भए पनि व्यवहारमा दलहरू लोकतान्त्रिक नभएको बताइन् । सीमित जाति, धर्म, संस्कृति र भाषाको प्रभुत्व कायम राख्ने सोच अझै हावी  भएको समस्याको समधान हुन नसकेको बताइन् ।    

‘सबैभन्दा पहिला संविधान संशोधन गरी महिलालाई सार्वभौम नागरिकको हैसियत दिनुपर्छ । अनि अध्यक्ष र पार्टीको केन्द्रमा र पार्टी संरचनामा ध्यान दिनुपर्छ । पार्टीको पुनरसंरचना गर्दै लैंगिक, जातीय, धार्मिक, भौगोलिक र सांस्कृतिक समावेशितालाई व्यवहारमा लागु हुनपर्छ अनि मात्रै महिलाले स्थान पाउन सक्छन्।’ डा. पौडलले   बताइन् ।  

यस्तैगरी अर्का राजनीतिक विश्लेषक डा. कृष्णप्रसाद खनालले पनि राजनीतिक दलहरूले संविधानको मर्मअनुसार महिलालाई नेतृत्व तहमा स्थान दिन विगतदेखी नै नसकेको बताए । पदाधिकारी र केन्द्रिय कार्यसमितिमा ३३ प्रतिशत महिला नपु¥याउनु संविधानको उपेक्षा  रहेको उनको भनाई छ ।  

डा. खनाल भन्छन्,‘ महिलाहरू सक्षम हुँदाहुँदै पनि क्यापेबल छैनन् भन्ने मानसिकता अझै समाज र दलभित्र कायम छ। जसको निकासका लागि निर्वाचन आयोगले नै कडा र बाध्यकारी नियम बनाउनु आवश्यक छ । पदाधिकारी र उम्मेदवार चयनमा स्पष्ट रूपमा ३३ प्रतिशत महिला अनिवार्य गर्ने व्यवस्था गरिदिए मात्रै दलहरू बाध्य हुन्छन् र महिलाले स्थान पाउँछन् ।’      

हाल कांग्रेस, एमाले, रास्वपा लगायतका प्रमुख दलहरूमा पदाधिकारी तहमा महिलाको उपस्थिति अत्यन्त न्यून हुनुले राजनीतिक नेतृत्वमा लैंगिक समानता अझै टाढाको लक्ष्य रहेको डा खनालको भनाई छ ।  

संविधानमा व्यवस्था भएअनुसार कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित नगरेसम्म दलहरू लोकतान्त्रिक र समावेशी बन्न सक्दैनन । उही दलहरु नयाँ र प्रवृती पुरानै हुदाँ विश्वासको राजनीति सकियो भन्ने अवस्था आउन धेरै समय छैन ।’  डा खनालले भने । 
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
१४ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
यो पनि पढौँ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस