ह्याट्रिकको तयारीमा ओली, टक्कर दिँदै पोखरेल
१० मंसिर २०८२
•
५ मिनेट पाठ
ह्याट्रिकको तयारीमा ओली, टक्कर दिँदै पोखरेल
नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिदेखि नेतृत्व छनोटसम्म प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा सर्वसम्मत तरिकाले प्रतिनिधि छनोट हुँदै आएको थियो। यस पटक भने महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत तरिकाले नभए प्रतिस्पर्धाबाट छान्ने छुट पार्टीले दिएको छ। यही मंसिर १३ गते प्रतिनिधि छनोट हुँदै छ। प्रतिनिधिमा छनोट हुन जिल्ला–जिल्लामा प्रतिस्पर्धा गर्नेहरुको सूची सार्वजनिक भएको छ। यसबाट मूल नेतृत्वका लागि पनि प्रतिस्पर्धा हुने प्रस्ट भएको छ। केपी शर्मा ओली अध्यक्षमा ह्याट्रिक गर्न चाहन्छन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।




ओलीलाई तेस्रो कार्यकालका लागि पनि अध्यक्ष बन्न पाउने बाटो गत भदौमा २२ गते सम्पन्न विधान महाधिवेशनले खुला गरिदिएको छ। त्यसपछि ओली पक्षका नेताहरुले प्यानलको तयारी गरिरहेका छन्। सकेसम्म सर्वसम्मत तरिकाले प्रतिनिधि र नेतृत्व चयनमा जोड दिँदै आएका ओलीले प्रतिस्पर्धा गर्नबाट पनि कसैलाई नरोक्ने बताएका छन्। केही दिनअघि बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्षमा आफ्नो दाबी रहने र ओलीलाई अभिभावक भएर बस्न आग्रह गरेका थिए। जवाफमा ओलीले प्रतिस्पर्धा गर्न सबैलाई छुट हुने बताएका थिए। नागरिकसँगको अन्तर्वार्तामा पनि ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गर्न सबैलाई छुट भएको बताएका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मंगलबार अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि ओली समूह सशंकित भएको छ। यो समूहले पार्टीका तल्ला निकायलाई ओलीलाई समर्थन गर्ने प्रतिधिधि छनोट गर्ने निर्देश गरेको छ। पोखरेलले पनि आफू निकट नेताहरुसँग बारम्बार भेटघाट गर्दै आएका छन्।

पूर्वराष्ट्रपति विद्या भण्डारीले अध्यक्षमा पोखरेललाई अघि सारेकी हुन्। एमालेका धेरै नेताले पोखरेल अध्यक्षको उम्मेदवार हुन नसक्ने भन्दै आएका बेला उनले भण्डारीलाई पार्टी सदस्यता दिनुपर्ने भन्दै ११औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। पोखरेलेको यो घोषणाको प्रभाव प्रतिनिधि छनोटमा पनि पर्नेछ। ११ औं केन्द्रीय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ।

यसैबिच ओलीले नागरिकसँँँँगको अन्तर्वार्तामा आफू तेस्रो पटकका लागि पनि अध्यक्ष बन्ने बताएका छन्। उनले कार्यकर्ताको मागका आधारमा तेस्रो पटक अध्यक्ष बन्न लागेको बताएका हुन्। पोखरेलले पार्टी पुनर्गठनको दिशामा जान लागेको बताएका छन्। ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ,’ पोखरेलले भनेका छन्।

उनले उम्मेदवारी घोषणाका क्रममा ‘पार्टीका कमरेडहरूलाई योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न’ आफू प्रतिबद्ध रहेको बताए। ‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु,’ पोखरेलले वक्तव्यमा भनेका छन्, ‘अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्छु।’

पोखरेलले प्रतिनिधि छनोटमा उच्च विवेक प्रयोग गर्न पनि पार्टीपंक्तिलाई आग्रह गरेका छन्। ‘यतिबेला नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन तयारीका कामहरू सुरु भएका छन्। पार्टी सदस्यहरूको प्रत्यक्ष सहभागितामा यही मंसिर १३ गते देश तथा प्रवासमा महाधिवेशन प्रतिनिधि चयन हुँदैछन्। प्रतिनिधि छनोटमा उच्च विवेक प्रयोग, स्वस्थ्य, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्यलाई हार्दिक आह्वान गछैु’, पोखरेलले भनेका छन्।

यसकारण मेराे उम्मेदवारी

पार्टीका तहगत अधिवेशन र जनसंगठनका अधिवेशनमा उच्चतम सहमतिको प्रयत्नका साथै प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनुपर्छ। राज्यमा शक्ति पृथकीकरण तथा शक्ति सन्तुलनको सिद्धान्त जस्तै पार्टीमा जबजको मान्यता अनुरुप नियन्त्रण र सन्तुलनको सिद्धान्त कार्यान्वयन गरिनुपर्छ। त्यसका लागि विधानमा स्पस्ट व्यवस्था गर्नुपर्छ।

पार्टीका केन्द्रीय निकायहरु अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगलाई महाधिवेशनप्रति जवाफदेही हुनेगरी स्वायत्तता प्रदान गर्नुपर्छ। ती निकायहरुले गरेका सिफारिसहरु पार्टीका सम्बन्धित निकायहरुले अनिवार्य कार्यान्वयन गर्नुपर्छ। तिनै निकायहरुको संरचना प्रादेशिक तहमा समेत प्रदेश अधिवेशनमार्फत निर्वाचित गर्नुपछै। आन्तरिक प्रतिस्पर्धालाई निषेध र प्रतिशोधबाट मुक्त गरिनुपर्छ। प्रतिस्पर्धाको परिणामलाई सर्वस्वीकार्य गर्ने उच्चतम लोकतान्त्रिक संस्कार विकास गरिनुपर्छ। निर्वाचनपछि पनि प्रतिस्पर्धीबिच सँगसँगै काम गर्ने संस्कृतिको विकास गरिनुपर्छ।

जीवनका उतारचढाबमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन। यो नै मैले आर्जन गरेको नैतिक बल हो। शक्तिमा होइन, विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु। पार्टी निर्माणसम्बन्धी माथि उल्लिखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु। पार्टी पुनगर्ठन र रुपान्तरणका लागि देशभरका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।

पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचिअनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु। पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्छु।
अर्को समाचार
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
३ मिनेट अघि
•
१ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
फाइल।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम दिन बाँकी रहेको बताएका छन्।




शनिबार सुर्खेतमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति र संसदीय प्रतिनिधित्व कमजोर रहेको सुनााए। यद्यपि, प्रदेशका मुद्दालाई राष्ट्रिय राजनीतिमा प्राथमिकताका साथ उठाउने उनले प्रतिबद्धता जनाए।

लामिछानेका अनुसार कर्णालीको विकासलाई निर्वाचनको मत परिणामसँग जोडेर हेरिने छैन। कर्णालीका जनताले एक भोट नदिए पनि रास्वपा सरकारमा रहुन्जेल प्रदेशको विकास प्राथमिकतामा रहने उनको दाबी छ।

विगतमा अन्य दलहरूले आफ्ना उमेदवार जिताए मात्र विकास गर्ने आश्वासन दिने गरेको आरोप लगाउँदै उनले रास्वपाले त्यस्तो राजनीतिक सौदाबाजीमा विश्वास नगर्ने बताए।

‘हामी कर्णालीसँग सौदा गर्न आएका होइनौं। हाम्रा मान्छे जिताइदेऊ अनि मात्र विकास दिन्छौं भन्ने होइन,’ लामिछानेले भने, ‘चाहे जीवनभर हारौं, कर्णालीले एकजना पनि नपठाओस् र एक भोट पनि नदियोस्, रास्वपा सरकारमा रहुन्जेल कर्णाली प्राथमिकतामा रहनेछ।’

पुल र बाटो बनाइदिने सर्तमा नभई कर्णालीका मुद्दा केन्द्रमा लैजाने प्रतिबद्धतासहित आफूहरू आएको उनले उल्लेख गरे। राजनीति चुनावका निम्ति मात्र नभएको बताउँदै उनले चुनाव राजनीतिको एउटा पाटो मात्र भएको धारणा राखे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस