यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारतसँग जोडिएको बारा, पर्सा जिल्लाका सीमा नाका बन्द राखिने निर्णय भएको छ।
शनिबार वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमा सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीहरू सहभागी रहेको बैठकले भारतसँगको सीमा उक्त दिन पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको हो।
नेपाली पक्षबाट बैठकमा सहभागी भएका बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतीय सुरक्षा अधिकारीहरूसँग शनिबार भएको बैठकमा तीन दिनसम्म सीमा बन्द राख्ने सहमति भएको बताएका छन्।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शन्तिपुर सम्पन्न गर्नका लागि भारतसँग जोडिएका सीमा फागुन १९ देखि ७२ घण्टासम्म बन्द राखिने सहमति गरिएको उनले बताए। उनका अनुसार निर्वाचनमा मतदान सम्पन्न नभएसम्म सीमा बन्द राखिने छ।
बैठकमा निर्वाचनको समयमा हुन सक्ने क्रस बोर्डर अपराधको सम्भावनालाई लिएर आवश्यक सतर्कता अपनाउने र संयुक्त गस्ती गर्ने समेत सहमति भएको उनले बताए। सीमामा हुन सक्ने अवैध कारोबारको पनि आवश्यक निगरानी बढाउने सहमति भएको छ।
बैठकमा भारतीय पक्षले वीरगन्ज हुँदै भारतको रक्सौलभन्दा दक्षिण बग्ने सिर्सिया नदीको प्रदूषित पानीको बारेमा समेत चिन्ता जनाउँदै प्रदूषित पानीलाई सफा बनाएर मात्रै सिर्सिय खोलामा छोड्ने कार्यमा सहयोग गर्न नेपाली पक्षसँग आग्रह गरेका थिए।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र भारत बिहार पूर्वी चम्पाराण जिल्लाका डिक्सट्रिट मेजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका जिल्लाका मेजिस्ट्रेट धर्मेन्द्र कुमारको नेतृत्वमा दुवै देशका मातहतका सुरक्षा अधिकारीहरू सहभागी थिए।