प्रधानमन्त्रीको भ्रमणमा नेपालको जलवायु न्याय र राष्ट्रिय हितका विषय उठाउन सांसदहरूको सुझाव
०६ असोज २०८३
•
३ मिनेट पाठ
प्रधानमन्त्रीको भ्रमणमा नेपालको जलवायु न्याय र राष्ट्रिय हितका विषय उठाउन सांसदहरूको सुझाव
सांसदहरूले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विपद् व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यका विषय विश्वसामु प्रस्तुत गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिए।




प्रतिनिधि सभाको विशेषमा भाग लिँदै उनीहरूले महासभामा भाग लिने क्रममा प्रधानमन्त्रीले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुपर्ने धारणा राखे।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीको भ्रमणमा अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको शान्ति, सार्वभौमिकता, जलवायु न्याय, हिमाल संरक्षण, विकासको आधारलगायतका विषय प्रस्तुत गर्नुपर्ने बताए।

नेपाली कांग्रेसका सांसद सुशीला ढकाल (आचार्य) ले महासभामा सम्बोधन गर्दा प्रधानमन्त्रीले जलवायु परिवर्तनको असरबाट उत्पन्न पीडा विश्वसामु प्रमाणसहित राख्न सुझाव दिए।

उनले अन्तर्राष्ट्रिय सहयोगको कुरा गरिरहँदा देशभित्र प्रभावितको राहत र पुनःस्थापनाप्रति समेत जिम्मेवारी स्पष्ट हुनुपर्नेमा जोड दिए।

रास्वपाका सांसद सुष्मा स्वर्णकार (डिम्पल) ले प्रधानमन्त्रीको भ्रमण फलदायी र उपलब्धिमूलक हुने अपेक्षा गर्दै जलवायु न्यायका सन्दर्भमा नेपालको हिमालको आवाज तथा सीमान्तकृत समुदायलगायत विषय सम्बोधन गर्न माग गरे।

नेपाली कम्युनिष्ट पार्टीका सांसद निराशा चौधरी (डगौरा) ले कञ्चनपुरमा वन्यजन्तुबाट भइरहेको जनधनको क्षतितर्फ ध्यानाकर्षण गराउँदै दीर्घकालीन योजना बनाउन तथा वन्यजन्तु आरक्षण क्षेत्रका स्थानीयले भोग्दै आएको समस्या समाधान गर्न माग गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद रिमा विश्वकर्माले बलात्कार र हत्याजस्ता अपराधमा मृत्युदण्ड दिनुपर्ने आवाज उठिरहेका बेला त्यसको वैज्ञानिक आधार नभेटिएको बताउँदै अन्तर्राष्ट्रिय अभ्यासबारे चर्चा गरे।

उनले अपराध न्यूनीकरणका लागि विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनसँगै राज्य संयन्त्र र समाज पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।

रास्वपाका सांसद श्रद्धा कुँवर क्षेत्रीले चाडपर्व सुरु हुन लाग्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जनता मारमा परेको बताइन्। 

उनले बजार अनुगमन तीव्र बनाउन तथा सुपथ मूल्य केन्द्र सञ्चालनमा ल्याउन आग्रह गरिन्।

रास्वपाका सांसद समीक्षा बाँस्कोटाले सुरक्षित मातृत्व र प्रजनन सुरक्षाको हक कार्यान्वयन गर्न तथा यससम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन माग गरिन्।

रास्वपाका सांसद कृपा महर्जनले नेवार समुदायको पर्व येँयाः पुन्हि (इन्द्रजात्रा) को संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराइन्।

रास्वपाका सांसद विना गुरुङले सवारी चालक अनुमतिपत्र नवीकरणका क्रममा भोग्दै आएको प्रक्रियागत झन्झट र कार्यालयको लापरबाहीका कारण नागरिकले सास्ती भोगिरहेकातर्फ ध्यानार्कषण गराइन्।

रास्वपाका सांसद डा ओजस्वी शेरचनले शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराउँदै तत्काल देशभरका सबै विश्वविद्यालय र पेशागत परिषद्बीच प्रभावकारी समन्वय गरी एकीकृत रूपमा शैक्षिक पात्रो लागू गर्न सुझाव दिइन्।

रास्वपाका सांसद सुजाता तामाङले विश्व मञ्चबाट जलवायु जोखिम घटाउन विश्व समुदायलाई दबाब दिनुपर्ने बताइन्।

उनले भविष्यमा विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विकास ढाँचा र जमिनको पुनःउत्थान एवं समुदायको सामाजिक–सांस्कृतिक पक्षलाई समेत ध्यानमा राखेर पुनःस्थापना गर्नुपर्नेमा जोड दिइन्।

रास्वपाका सांसद मञ्जु भुसालले सार्वजनिक खरिद प्रक्रियाबारे टिप्पणी गर्दै इलेक्ट्रोनिक सरकारी खरिद प्रणालीमा देखिएको समस्या सुधार गरी सञ्चालनमा ल्याउनुपर्ने बताइन्।

रास्वपाका सांसदहरू ज्ञानेन्द्रसिंह महता र सांसद सुशील खड्काले राष्ट्रिय सुरक्षामा खतरा सिर्जना गर्न सक्ने भन्दै भूराजनीति सङ्कटलाई व्यवस्थित गर्न एकीकृत राष्ट्रिय सुरक्षा नीति आवश्यकता औँल्याए। 
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
४४ सेकेन्ड अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४४ सेकेन्ड अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
यो पनि पढौँ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस