फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना बुधबारदेखि परिचालन हुनेछ। निर्वाचन हुन ठिक एक महिना बाँकी हुँदा सेना मैदानमा खटिन लागेको हो। निर्वाचन सुरक्षाका लागि बुधबारबाट सेना खटिन लागेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख एवं नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए। एकीकृत निर्वाचन सुरक्षा योजना– २०८२ ले स्वीकृत गरेको कार्यविधिअनुसार सेना परिचालन हुन लागेको हो।
सरकारले निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ जना सैनिक परिचालन गर्ने निर्णय गरेको छ। यस अवधिमा सशस्त्र प्रहरी बलले सुरक्षा गरिरहेका सार्वजनिक भवन, कारागार, विमानस्थल तथा अन्य स्थानमा पनि सेनाले सुरक्षा दिनेछ।
गत कात्तिकमा दलहरूले निर्वाचनमा सहभागिताका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्ने सर्त राखेपछि निर्वाचन आयोगले भरपर्दो सुरक्षा सुनिश्चित गर्न सेनासहित चार वटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्न सरकारलाई आग्रह गरेको थियो।
निर्वाचन आयोगको उच्चस्तरीय सुरक्षा समिति बैठकले सिफारिस गरेपछि मंसिर ११ मा राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका थिए। सेनाका अनुसार आवश्यकता हेरी गस्ती र एरिया पेट्रोलिङ गर्ने तथा संवेदनशील क्षेत्र र मतदानस्थलको अवस्थाका आधारमा संयुक्त गस्ती पनि हुनेछ।
असोज ९ गते बसेको केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ तर्जुमा गर्न कार्यदल गठन गरेको थियो। कार्यदलले कात्तिक ३० मा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पारित भएको थियो। त्यसअनुसार नै सेना परिचालनसँगै सुरक्षासम्बन्धी अन्य तयारीको प्रबन्ध गरिएको हो।
निर्वाचनमा चारै सुरक्षा निकाय र निर्वाचन प्रहरी गरी तीन लाख ३७ हजार ९११ सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयले जनाएको छ। निर्वाचन सुरक्षामा सेनाका ७९ हजार ७२७ जना, नेपाल प्रहरीका ७५ हजार ५९७ जना, प्रहरीमातहत रहने गरी एक लाख ३० हजार ९८० निर्वाचन प्रहरी मैदानमा खटिने छन्।
सशस्त्र प्रहरी बलका अनुसार ३४ हजार ५७६ सशस्त्र प्रहरी र सशस्त्रमातहत १५ हजार ११० निर्वाचन प्रहरीलाई परिचालन गरिनेछ। एक हजार ९२१ जना गुप्तचर पनि निर्वाचन सुरक्षामा खटिनेछन्। निर्वाचन प्रहरीमा भर्ना गरिएकालाई तालिम दिन थालिएको छ।
प्रदेशको जनसंख्या र निर्वाचन क्षेत्रको संवेदनशीलतालाई आधार मानेर प्रहरी खटाउने तयारी छ। नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार निर्वाचनका बेला आवश्यकताअनुसार पहिलो, दोस्रो र तेस्रो घेरामा निर्वाचन प्रहरीसहित जनशक्ति परिचालन गरिनेछ। सामान्य, संवेदनशील र अति संवेदनशील अवस्थाका आधारमा प्रहरीको संख्या बढाइने पनि उनको भनाइ छ।
उनका अनुसार एउटै मतदानस्थलमा औसत १३ वटा मतदान केन्द्र रहने र त्यहाँ प्रहरी तथा निर्वाचन प्रहरी गरी औसतमा ८० जनासम्म खटिनेछन्। सेना र प्रहरीले मतपेटिका, उम्मेदवार, मतदाता तथा मतदान अधिकृतको सुरक्षा सुदृढ बनाउने गरी तयारी गरिरहेको जनाएका छन्।
निर्वाचनमा मतपेटिकाको सुरक्षाका लागि पहिलो र दोस्रो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी रहनेछन् भने तेस्रो घेरामा नेपाली सेना र सशस्त्र प्रहरी बल तैनाथ हुनेछ। यसपटक नेपाली सेनाले मतपेटिकाको पनि सुरक्षा गर्नेछ।
प्रजिअहरूलाई गृहको निर्देशन
यसैबिच गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न छिमेकी देशसँग सीमा जोडिएका जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरूलाई समन्वय गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयले सीमा जोडिएका जिल्लाका प्रजिअहरूलाई मंगलबार भारत र चीनसँगका समकक्षीसँग समन्वय गर्न निर्देशन दिएको हो।
गृह सचिव राजकुमार श्रेष्ठले प्रजिअहरूसँग जिल्लाको शान्ति सुरक्षाको अवस्था, प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ को कार्यान्वयन, निर्वाचन आचारसंहिताको कार्यान्वयन, मतदानस्थलको अनुगमन, मतदानस्थलमा खटिने निर्वाचन प्रहरी, कर्मचारी, आवश्यक सवारीसाधन र मतपेटिका ढुवानीलगायत विषयमा छलफल गर्दै यस्तो निर्देशन दिएका थिए।
बैठकमा सीमा सुरक्षामा उच्च निगरानी गर्ने, छिमेकी मुलुकका समकक्षीसँग आवश्यक समन्वयात्मक बैठक गर्ने, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्ने, होली पर्वको समयमा उच्च सतर्कता अपनाउने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्ने, जिल्ला सुरक्षा समितिलाई दिएको निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्नेलगायत विषयमा गहन छलफल गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
२३ हजार ११२ मतदान केन्द्र
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाताले मत दिन पाउने भएका छन्। कुल मतदातामध्ये पुरुषको संख्या ९६ लाख ६३ हजार ३५८ र महिला को संख्या ९२ लाख ४० हजार १३१ छ। अन्य मतदाताको संख्या भने २०० छ। निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिक मतदाता सूचीमा समावेश हुन पाउने भएका छन्।
फागुन २१ को निर्वाचनमा ७७ वटा जिल्लाका १६५ निर्वाचन क्षेत्रमा देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगकले तीन वटै भूभाग र सबै जिल्लाका लागि मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन पूरा गरेको जनाएको छ। जसमा हिमाली जिल्लाहरू मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा कम मतदाता भए पनि आवश्यक रूपमा मतदान केन्द्र तोकिएको छ।
आयोगका अनुसार सबैभन्दा धेरै मतदाता रापेछापमा छन् भने रूपन्देही, मोरङ, झापा, धनुषा, कैलाली, दाङ, काभ्रेपलाञ्चोकलगायत जिल्लामा एक निर्वाचन क्षेत्रमा एक लाखभन्दा बढी मतदाता रहेको आयोगले जनाएको छ।
सेनाले हवाई गस्ती पनि गर्छ
- राजाराम बस्नेत, प्रवक्ता, नेपाली सेना
राजाराम बस्नेत, प्रवक्ता, नेपाली सेना
निर्वाचनको एक महिनाअघि सेना खटिने एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ ले स्वीकृत गरेको कार्यविधिमा उल्लेख छ। सोहीअनुसार बुधबारबाट नेपाली सेना खटिनेछ। सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान विभागसँग पनि समन्वय गरेको छ।
समन्वयका आधारमा सेना परिचालन हुनेछ। यसक्रममा संयुक्त गस्ती गर्ने, निर्वाचन इलाकाहरूमा पोस्ट खडा गर्ने, महत्त्वपूर्ण भौतिक संरचनाको सुुरक्षा गर्ने जिम्मेवारी सेनाको हो। स्थानीय प्रशासन, निर्वाचन अधिकृत र अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय गरी तेस्रो घेरामा रहेर सेनाले सुरक्षा प्रदान गर्छ। त्यसबाहेक नेपाली सेनाले हवाई गस्तीसमेत गर्नेछ।
नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ।
सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ।
निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ। निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीव्र पारेको जनाएका छन्।
निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको गृह मन्त्रालयले जनाएको छ। केही सुरक्षा शक्तिलाई तयारी अवस्थामा राखिएको छ। मर्यादित निर्वाचनको महत्वपूर्ण शर्त नै शान्तिपूर्ण वातावरण सिर्जना गर्नु हो। त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विष्लेषण गरेर सुरक्षा रणनीति निर्माण गर्नु जरुरी हुन्छ।
बिहीबार मात्रै गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको सुरक्षा प्रबन्ध प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
गृहमन्त्री खाँणले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने जिम्मेवारी सबैको भएकाले त्यसमा कुनै पनि कसर बाँकी नराखी कार्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। निर्वाचनमा आउन सक्ने चुनौती चिर्दै शान्तिपूर्ण रुपमा सम्पन्न गराउने विषयमा सुरक्षा अधिकारीले गृहमन्त्री समक्ष निर्वाचन सुरक्षा योजनाबारे ‘व्रिफिङ’ पनि गरिसकेका छन्।
यसपालिको निर्वाचनमा नेपाल प्रहरीले ६५ हजार बढी जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा परिचालन गर्ने गरी आवश्यक रणनीति तयार पारेको छ भने नेपाली सेनाका ७१ ह्जार जनशक्ति निर्वाचनमा खटिने छन्। यस्तै सशस्त्र प्रहरीबाट ३२ हजार जनशक्ति निर्वाचनमा खटिने छन्।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गर्ने वातारण तयार पार्ने गरी प्रहरीले निर्वाचन सुरक्षा रणनीति बनाएको बताउँछन्। नेपाल सरकारले सबै सुरक्षा निकायको सहभागिता रहने गरी एकीकृत सुरक्षा योजना बनाएको छ। निर्वाचनमा सबै सुरक्षा निकायको संयुक्तरुपमा काम हुनेछ। त्यसका अलावा हरेक सुरक्षा निकायले आआफ्नै आन्तरिक रणनीति पनि तयार पारेका छन्।
निर्वाचनको सबै सुरक्षा नेपाल प्रहरीको जिम्मामा हुने र उसको सहयोगी शक्तिका रुपमा सशस्त्र प्रहरी र नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागले काम गर्ने केसीले बताए। विभागलाई भने सूचना सङ्कलनमा मुख्य जिम्मेवारी छ। यसपालि कुनै आपराधिक समूहको गतिविधि नदेखिएको र विद्रोही समूहसमेत नरहेकाले पनि सुरक्षामा ठूलो बाह्य चुनौती नदेखिएको सुरक्षा संयन्त्रको निष्कर्ष छ तर पनि दलहरुबीच आन्तरिक तथा अन्तरदलमा हुनसक्ने विवाददेखि तर्साउने, धम्क्याउने, उम्मेदवार तथा मतदातामाथि आक्रमण र प्रत्याक्रमणका घटना हुनसक्छन्।
दलका नेतामाथि आक्रमण तथा कार्यकर्ताबीच झडप हुनसक्ने सम्भावना कायमै रहेकाले त्यसतर्फ सुरक्षा निकायको बढी ध्यान रहेको सुरक्षा अधिकारीको भनाइ छ।
'यसपालि ठूलो थ्रेट केही छैन, उही भौगोलिक अवस्था, चुनावमा हुनसक्ने राजनीति दलको प्रतिष्पर्धा र झडपलगायत चुनौती हुनसक्छ, हरेक चुनौती आकलन गरेर योजना बनाइएको छ”, प्रवक्ता केसीले भने। निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र अधिकांश स्थानीय तह तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ अयोगले निर्वाचन सामग्री जिल्ला जिल्लामा पठाउन थालिसकेको छ। त्यसैले पनि जिल्लामा सुरक्षा कडा पार्न थालिएको छ।
आयोगले निर्वाचनको पर्यवेक्षणका लागि ४४ संस्थालाई अनुमति दिने निर्णय गरिसकेको छ। ती संस्थाबाट १० हजार पर्यवेक्षक खटिने छन्। मतपत्र छपाइको क्रम तीव्र पारिएको छ। आयोगका अनुसार एक करोड ९४ लाख मतपत्र आवश्यक पर्छन्।
यसपालि निर्वाचनमा एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन्। कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको छ। सरकारले दुई हजार ९४६ अतिसंवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशिल भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ।
नेपाली सेनाको निर्वाचन सुरक्षा
नेपाली सेनाबाट ७१ हजार जनशक्ति निर्वाचन केन्द्रित सुरक्षामा खटाइएको छ। त्यसमध्ये आवश्यकताका आधारमा तोकिएका क्षेत्रमा सेना खटिइसकेका र अन्य तयारीमा रहेका नेपाली सेनाको जङ्गी अड्डाले जनाएको छ। आजबाट निर्वाचन अयोगमा खडा हुने सेलमा समेत सेना खटिइसकेको छ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवाल मतपत्र छपाइस्थलमा सेनाको टोली तैनाथ भइसकेको र मतपत्र ढुवानी तथा मतपेटीका सुरक्षाको जिम्मेवारी पनि सेनाकै रहेको बताउँछन्।
सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिँदै आएको कारागारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षामा समेत सेना खटिइसकेको छ। पहिले नै सेनाले ३४ कारागारको सुरक्षा जिम्मा लिइसकेको थियो। बाँकीको जिम्मा समेत सेनालाई दिइएको छ। विष्फोटक पदार्थ निस्तेज टोलीसमेत तयारी अवस्थामा रहेको र एकीकृत सुरक्षा योजनाअनुसार तथा जिल्ला सुरक्षासमितिको समन्वयमा फौजसँगै खटिने छ।
'जुनसुकै स्थानमा आवश्यक परेको खण्डमा बढीमा ३० मिनेटभित्रमा सेना आइपुग्ने गरी फोर्स तैनाथ रहन्छन', सहायक रथी सिलवालले भने, 'त्यसका अलावा अन्य बाह्य सुरक्षाको जिम्मासमेत सेनाकै छ। उनका अनुसार विभिन्न क्षेत्रमा हेलिकप्टरसहितको टोली तयारी राखिने छ। दुर्गममा मतपत्र, मतपेटीका ल्याउने/लैजाने काम पनि हेलिकप्टरबाटै हुनेछ। गृमन्त्रालयको शुक्रबारको बैठकले निर्वाचनको प्रयोजनार्थ आवश्यक परे निजी हेलिकप्टरको समेत प्रयोग गर्ने निर्णय गरिसकेको छ।
अहिले सेनाले सूचना सङ्कलन, मतदानस्थलको रेखी तथा निरीक्षण अध्ययनसमेत गरिरहेको छ। सेनाले सबै सैनिकलाई मानवअधिकार र मानवीय तालिम प्रदान गरी सबैलाई प्रशिक्षितसमेत गरिसकेको छ। स्थानीय सुरक्षा समितिको समन्वयमा निर्वाचन क्षेत्रमा सैनिक थपघट हुनेछन्।
सशस्त्र प्रहरीको यस्तो छ निर्वाचन केन्द्रित सुरक्षा
सशस्त्र प्रहरी बल नेपालले ३२ हजार जनशक्ति निर्वाचन सुरक्षामा खटाउनेमा आवश्यक क्षेत्रमा यसअघि नै खटाइसकेको छ। त्यसमा मोबाइल गस्ती, स्टाइकिङ टोली समेत पर्छन्। दोस्रो घेरामा रहने सशस्त्र प्रहरीले जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतकको सुरक्षा गर्छन्।
जिल्ला कमाण्ड पोष्ट, निर्वाचन सेलमा समेत सशस्त्रको टोली खटिनेछ। सशस्त्र अनुगमन टोलीमा समेत सहभागी हुनेछ। सशस्त्रको टोली युनिट रिजर्वमा समेत रहेका सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) विदुर खड्काले जानकारी दिए।
'हामीले ३२ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षाका लागि तयार पारेका छौँ, कतिपय खटिइसके, केही जाने तयारीमा छन्', उनले भने, 'आवश्यक क्षेत्रमा, आवश्यक मात्रामा र आवश्यताअनुसार टोली परिचालन भएका छन् र हुन्छन्।' बाहिनीस्तरीय निर्वाचन सुरक्षा अभ्यास सम्पन्न गरी टोली परिचालन भइसकेको उहाँले बताए। सशस्त्रको केन्द्रिय निर्वाचन सेल डिआइजीको नेतृत्वमा गठन भएको छ। त्यसले निर्वाचनमा टोली परिचालनको काम गर्नेछ।
कार्य क्षेत्रमा म्यादी प्रहरी
निर्वाचन प्रयोजनार्थ भर्ना गरिएका एक लाख म्यादी प्रहरी पनि कार्य क्षेत्रमा खटिइसकेका छन्। उनीहरुलाई नेपाल प्रहरीसँगै रहेर काम गर्ने गरी निर्वाचन सुरक्षामा खटाइएको हो। प्रहरी प्रवक्ता केसीका अनुसार चुनावका बेलामा मतदाताको लाइन मिलाउने, अनावश्यक मान्छे छिर्न नदिने, भिडभाड रोक्ने, नेपाल प्रहरीले लगाए/अह्राएको काम गर्ने जिम्मेवारी म्यादी प्रहरीको हो।
त्यसअघि निर्वाचन पूर्व हुने आवश्यक तयारी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय क्षेत्र तथा आवश्यक निर्वाचनका गतिवधि सञ्चालन हुने स्थानका सुरक्षामा म्यादी प्रहरी खटाइएको छ। यसका अलावा राजनीतिक दलका गतिविधि हुने स्थान तथा तोकिएका सार्वजनिक क्षेत्रको सुरक्षामा समेत सुरक्षा संयन्त्रले निगरानी बढाउन थालिसकेका छन्। रासस