दाहाल-शर्मा नोकझोकमै केन्द्रित माओवादी बैठक
१९ साउन २०८२
•
४ मिनेट पाठ
दाहाल-शर्मा नोकझोकमै केन्द्रित माओवादी बैठक
नेकपा माओवादी केन्द्रका पदाधिकारी र स्थायी समितिको बैठक अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माको नोकझोकमै सकिएको छ। साउन १४ को पदाधिकारी बैठक र त्यसपछि १६ गते सुरु भएको स्थायी समिति बैठकमा अधिकांश सदस्यहरूले दाहाल र शर्माले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिमाथि केन्द्रित भएर बहस गरेका हुन्।




१० वर्षे सशस्त्र युद्धका बलमा नेपालको शासनसत्तामा हलचल ल्याएको माओवादीभित्र पुरानो पुस्ता र नयाँ पुस्ताबिच नेतृत्व हस्तान्तरणको विषयले पदाधिकारी बैठक र स्थायी समितिका बैठकहरू गरमागरम हुन थालेका छन्।

पछिल्लो पटक बसेको स्थायी समिति बैठकमा पनि अध्यक्ष दाहाल र उपमहासचिव शर्माबीच आत्मालोचना गर्नुपर्ने आवश्यकता, औचित्य र विधिमाथि छलफल भयो। दुवै जनाले आत्मालोचना भने गरेनन्। बैठकमा शर्मामाथि आत्मालोचना गर्नुपर्ने, माफी माग्नुपर्नेजस्ता विषयले प्राथमिकता पाएको थियो। त्यसको जवाफमा ३१ लाख मतबाट ११ लाख हुनुमा को जिम्मेवार हो भन्ने प्रश्न उठाउँदै शर्माले पार्टी संगठन अधोगतितर्फ जानुमा मूल नेतृत्व प्रमुख जिम्मेवार रहेको संकेत गर्दै दाहालले माफी माग्नुपर्ने बताएका थिए। त्यसको ‘काउन्टर’मा दाहालले जसले गल्ती गरेको हो, उसैले माफी माग्नुपर्ने र आत्मालोचित हुनुपर्ने भनाइ राखेका थिए। मुख्यतः माओवादी केन्द्रको स्थायी समिति बैठक दाहाल–शर्माको नोकझोक र त्यसमाथिकै बहसमा केन्द्रित भएको थियो।

तेस्रो दिनको बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले स्थायी समितिको बैठकमा अध्यक्ष दाहालको विकल्प नखोजिएको बताए। ‘हिजो र आज अधिकांश सदस्यले नेतृत्वको विकल्प छैन भनेर प्रस्ट रूपमा राख्नुभएको छ, जनार्दन शर्माले पनि नेतृत्वको विकल्पबारे कुरा राख्नुभएको छैन,’ प्रवक्ता सापकोटाले भने। उनका अनुसार बैठकमा दाहालले प्रस्तुत गरेको प्रस्तावमा शर्माले सकारात्मक रूपमा नै धारणा राखेका थिए।

‘नेतृत्वको विषयमा खासै कुरा गर्नुभएन जनार्दनजीले आफूले जे कुरा राखे पनि ठिकै राखेको बताउनुभयो। अरू त सबैले नेतृत्वलाई सबल, सुदृढ गर्नुपर्ने कुरामा जोड दिनुभयो,’ प्रवक्ता सापकोटाले भने।

बैठकमा उपमहासचिव शर्माले आफू अर्थमन्त्री हुँदा ल्याएको कार्यक्रम दाहाल प्रधानमन्त्री भए पनि लागु नभएर खारेज गरेको भनी गुनासो गरेका थिए। शर्माका धारणा सुनेका दाहालले बैठकबाट बाहिरिने क्रममा ‘जसले गल्ती ग¥यो, त्यसले आत्मालोचना गर्ने कुरा हो’ भनेर टारेका थिए।

उपमहासचिव शर्माको धारणाले गर्दा माओवादी केन्द्रको बैठकले चर्चा पाइरहेको छ। दाहालका तर्फबाट शक्ति बस्नेतले कसको उक्साहटमा बोल्दै हुनुहुन्छ भन्न भ्याएको स्थायी समितिको बैठकमा सहभागी एक सदस्यले भने। ती सदस्यका अनुसार स्थायी समितिको बैठक नै शर्मालाई ‘तह’ लगाउन बोलाएजस्तो भयो। शनिबार राम कार्की र अन्जना विशंखेले नेतृत्वको विषयमा कुरा उठाए पनि आइतबार बोल्नेहरूले अधिकांश समय दाहालको पक्षमा खर्च गरे।

शर्माले सार्वजनिक रूपमा माओवादी अध्यक्ष दाहालले उठाएका विषयवस्तुबारे धारणा राख्दै पार्टीको नेतृत्वमाथि धावा बोल्न थालेपछि चुनौती खडा भएको थियो। शर्माले दुई वर्षयता अध्यक्ष दाहाल र संस्थापन पक्षमाथि निरन्तर फरक धारणा राख्दै आएका छन्। यो विषयमा पार्टीभित्र गम्भीर विचार विमर्श चलिरहेको छ। ‘नेतृत्व परिवर्तन, विशेष महाधिवेशन, पारदर्शिता, कम्युनिस्ट घटक र अन्य पार्टीहरूबिचको सहकार्यको विषयमा बैठकमा छलफल भएका छन्,’ एक पदाधिकारीले भने।

टुटफुट र विभाजनले थला परेपछि अध्यक्ष दाहालले माओवादी धारको नेतृत्व संसदीय अभ्यासमार्फत गरिरहेका बखत लामो समय एउटै व्यक्ति पार्टीको अध्यक्ष रहेकाले संगठन ‘जमेको तलाउ’जस्तो भएको भनी शर्माले नेतृत्वमाथि निरन्तर प्रश्न उठाएर विशेष महाधिवेशनको प्रस्तावसमेत अघि सारी दाहाललाई समस्यामा पारेका थिए। २०७९ सालमै विशेष महाधिवेशमार्फत सबै समस्या सुल्झाउने निर्णय गरेको माओवादी केन्द्रले अहिलेसम्म विशेष महाधिवेशन गर्न सकेको छैन। २०८३ सालसम्म महाधिवेशन नै गर्नुपर्ने भएकाले विशेष महाधिवेशनको सम्भावना निकै कमजोर छ।  

सोमबार पनि शर्माले देश र जनताका लागि आफू आत्मालोचना मात्रै होइन, जुनसुकै त्याग गर्न पनि तयार रहेको बताएर पार्टी अध्यक्षले पनि कमजोरी स्वीकार गर्न सक्नुपर्ने भन्दै कडा धारणा राखेका थिए। पार्टी स्थायी कमिटीको आइतबारको बैठकमा शर्माले कमजोरी स्वीकार गर्न अध्यक्ष दाहाल पनि तयार हुनुपर्ने बताएका थिए। ‘म देश र जनताका लागि आत्मालोचना मात्रै होइन, जुनसुकै त्याग गर्न तयार छु,’ बैठकमा शर्माले राखेको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अध्यक्ष दाहालबाट उत्पन्न समस्याको जिम्मा उहाँ स्वयंले लिनुपर्छ, हामी सबै तयार नै छौं।’

शर्माले आफ्नो धारणा राख्ने क्रममा विशेष महाधिवेशनको मागलाई पनि जोड दिएका थिए।

‘उहाँले विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव पनि गर्नुभयो,’ ती सदस्यले भने। अध्यक्षले नै पार्टी फुट्दै छ भन्नुले पनि समस्या उत्पन्न गराएको शर्माको धारणा थियो। ‘अध्यक्ष दाहालले दिएका बाहिरी अभिव्यक्तिहरू र पार्टी फुट्दै छ भनी गरिएको प्रचार नेता–कार्यकर्तालाई भ्रमित गर्ने र पार्टी निर्माणका एजेन्डा डाइभर्ट गर्ने कसरत मात्रै हो,’ शर्माले भने, ‘पार्टीभित्र प्रतिस्पर्धा र जनउत्तरदायित्वलाई आत्मसात् गर्न विशेष महाधिवेशन नै आजको विकल्प हो। अब बहस खुला गर्नुपर्छ।’ तर शर्माले विशेष महाधिवेशनको कुरा उठाए पनि एक वर्षको अवधिमा सम्भव नहुने र २०८३ सालमा महाधिवेशन हुने ती स्थायी समिति सदस्यको भनाइ छ।
अर्को समाचार
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
४० मिनेट अघि
•
१ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
विराटनगर । कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका छन्।




कोशी प्रदेश अधिवेशनबारे जानकारी दिन शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा नेता राईले यस्तो बताएका हुन्।

राईले राणा र पञ्चायतले चारतारे झण्डा र रुख चिन्ह बोक्न रोक्न नसकेको बताउँदै थापाले आफूहरूलाई रोक्न नसक्ने दाबी गरेका हुन्। नेता राईले भने, ‘राणा र पञ्चायतले रोक्दा त बरु जेल गयौं तर, चारतारे झण्डा र रुख चिन्ह बोक्न छाडेनौं, गगन थापाले रोकेर रोकिदैनौं।’ राईले नियमित महाधिवेशन पक्षधर नै आधिकारिक कांग्रेस भएकाले रुख चिन्ह र चारतारे झण्डा आफूहरूकै भएको दाबीसमेत गरे।

उनले गगन थापाप्रति कटाक्ष गर्दै रुख चिन्हबाट चुनाव जितेका आफूहरूलाई चुनाव हारेकाहरूले हटाउने विषय आफैँमा हास्यास्पद रहेको बताए। ‘रुख चिन्हबाट चुनाव जितेका हामीहरूलाई चुनाव हारेकाहरूले हटाउने भन्ने विषय गलत हो’, राईले भने, ‘उहाँले यसलाई विशेष महाधिवेशन ठान्नुभएको भए त्यो भ्रमबाट मुक्त हुनुहोस्।’ राईले नेपाली कांग्रेस कोशी प्रदेशको अधिवेशन मंसिर १७ र १८ गते विराटनगरमा हुने जानकारी दिए।

उनले अधिवेशनको तयारी धमाधम भइरहेको बताउँदै कोशी प्रदेशका १४ वटै जिल्लाबाट अधिवेशनमा २ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने जानकारी दिए। अधिवेशनका लागि विभिन्न समितिहरू गठन गरेर तयारीलाई तीव्र पारिएको राईले बताए। अधिवेशनको उद्घाटन कार्यक्रममा सभापति शेरबहादुर देउवा, १५औँ महाधिवेशनका संयोजक डा. शशांक कोइरालालगायत केन्द्रीय नेताहरू सहभागी हुने नेता राईले जानकारी दिए।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस