ऊर्जामन्त्री कुलमान घिसिङले नेपालमा राजनीतिक परिवर्तनहरू धेरै पटक भए पनि आर्थिक समृद्धि हासिल हुन नसकेको भन्दै अबको बाटो आर्थिक क्रान्तिको हुनुपर्ने बताएका छन्।
बुधबार राजधानीमा आयोजित ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन्।
उनले विगतमा आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा सुरु गरिएको ‘उज्यालो नेपाल अभियान’ नै आज पार्टीको रूपमा रूपान्तरण भएकोमा खुसी व्यक्त गरे।
मन्त्री घिसिङले यो पार्टीका संस्थापकहरूसँग आफ्नो २० वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरे। सम्बोधनका क्रममा घिसिङले नेपालको राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरे।
विगत ७५ वर्षमा १५० भन्दा बढी सरकार बनेको तर जनताको जीवनस्तरमा तात्विक फरक नआएको उनको भनाइ थियो।
‘नेपालमा हरेक १० वर्षमा राजनीतिक परिवर्तन र आन्दोलनहरू (२००७, २०१७, २०३६, २०४६, २०६३) भए। राजनीतिक परिवर्तन गर्न सजिलो देखियो, तर आर्थिक क्रान्ति र व्यवस्थापन गर्न सबैभन्दा गाह्रो भयो,’ उनले भने, ‘अबको चुनौती भनेको राजनीतिक व्यवस्था परिवर्तन गर्ने होइन, जनताको अवस्था परिवर्तन गर्ने आर्थिक क्रान्ति हो।’
उनले ‘उज्यालो नेपाल’ को अर्थ केवल बिजुली बाल्नु मात्र नभएको बताए। शिक्षा, स्वास्थ्य र रोजगार क्षेत्रमा रहेको ‘अध्याँरो’ हटाउनु नै अबको उज्यालो अभियान हुनुपर्नेमा उनले जोड दिए।
‘‘मैले १८ घण्टाको लोडशेडिङ अन्त्य गरेर एउटा क्षेत्रमा उज्यालो ल्याउने प्रयास गरेँ, जसबापत देश–विदेशका लाखौँ नेपालीको माया पाएँ,’’ घिसिङले भने, ‘‘अब तपाईँहरूले देशमा व्याप्त गरिबी र अविकासको अध्याँरो हटाएर देश बनाउने जिम्मा लिनुपर्छ।’’