दलविहीन स्थानीय निकायको निर्वाचन के सम्भब छ ?
१८ असार २०८३
•
५ मिनेट पाठ
दलविहीन स्थानीय निकायको निर्वाचन के सम्भब छ ?
अधिवक्ता यज्ञबहादुर कार्की आगामी स्थानीय निकायको निर्वाचन दलविहीन बनाउने योजना हेर्दासुन्दा जति सुन्दर छ उति नै वढी जटिल भएका बताउँछन् । बहुदलीय व्यवस्थामा दलहरुलाई पन्छाएर निर्वाचन गराउन संविधान शंशोधन आवश्यक भएको उनको बुझाई छ ।




अर्को दृष्टिकोणबाट हेर्दा सवै मानिस कुनै न कुनै दलसँग जोडिएको अवस्थामा दलविहीन निर्वाचन देखाउने दाँत मात्रै हुने उनी बताउँछन् । दलविहीन निर्वाचन भए पनि अप्रत्यक्ष रुपमा दलबाट उम्मेदबार हुने र उनीहरु नै जित्ने भएकाले यसको खास अर्थ नभएको उनको बुझाई छ ।  

स्थानीय तहको निर्वाचन राजनीतिक दलका तर्फबाट नभई स्वतन्त्र उम्मेदवारमार्फत मात्रै गराउने विषयले राजनीतिक वृत्तदेखि यहाँका नागरिक समाजसम्म बहस सुरु भएको छ । बरु यस विषयमा मत भने विभाजित देखिन्छन् । हाल सार्वजनिक रूपमा उठाइएको यस्तो अवधारणाप्रति भक्तपुरका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज र बुद्धिजीवीहरूले पक्ष र विपक्षमा फरक–फरक धारणा व्यक्त गरेका छन् ।

भक्तपुर नागरिक समाजका प्रवक्ता केशव लुइँटेल दलीय राजनीतिका कारण दलले जो उठाउने पनि जित्ने परिपाटी हुनु उपयुक्त नभएको बताउँछन् । यसकारण दलविहीन स्थानीय निकयाको निर्वाचनको पक्षमा मत प्रकट गर्छन् उनी । उनी भन्छन्, पछिल्लो संसदीय निर्वाचनमा पनि कति उम्मेदबारीहरुलाई जनताले चिनेकै थिएनन् तर जनताले दल र तिनका चुनाव चिन्हकै कारण जिताइदिए । दलीय निर्वाचनकै कारण दलमै लागेकाहरुले मात्रै हालीमुहाली पाएको र स्वतन्त्र रुपमा सक्षम व्यक्तिले अवसर नपाएको उनको भनाई छ ।

कतिपयले राजनीतिक दलको हस्तक्षेप कम हुँदा स्थानीय सरकार जनउत्तरदायी बन्ने विश्वास एकथरीले व्यक्त गरेका छन् । अर्का पक्ष भने नेपालको संविधानले बहुदलीय लोकतान्त्रिक व्यवस्थालाई आत्मसात् गरेको अवस्थामा दलविहीन निर्वाचनको अवधारणा संविधान र लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल नखाने तर्क गरेका छन् ।

राजनीतिशाश्त्रमा पीएचडी गरेका डा राजेन्द्र कोजू दलविहीन निर्वाचन निर्दलीयताको नयाँ स्वरुप भएको भन्छन् । स्थानीय निकायमा दलका नभई दलविहीन जनप्रतिनिधि पुगेपछि विकास हुने भए पञ्चायत किन ढल्थ्यो होला र ? उनको प्रतिप्रश्न छ, के दलविहीन स्थानीय निकायको निर्वाचन भएर जित हासिल गरे भ्रष्टाचार शुन्यमा झर्न सक्छ ?

राजनीतिक दलका नेताहरूका अनुसार स्थानीय सरकार लोकतान्त्रिक शासन प्रणालीको आधार भएकाले दलको सहभागिताविनाको निर्वाचनले उत्तरदायित्व र नीतिगत स्पष्टता कमजोर बनाउन सक्छ । उनीहरूका अनुसार निर्वाचनपछि निर्वाचित प्रतिनिधिहरूलाई जनताले कुन नीति र घोषणापत्रका आधारमा मूल्याङ्कन गर्ने भन्ने प्रश्न पनि उठ्नेछ । उनीहरूले स्थानीय तहमा विकास, नीति निर्माण र बजेट कार्यान्वयनका लागि स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक पर्ने भन्दै स्वतन्त्र उम्मेदवार मात्रै सहभागी हुने व्यवस्था व्यावहारिक नहुने बताएका छन् । उनीहरूका अनुसार लोकतन्त्रमा राजनीतिक दल नागरिक र राज्यबीचको सेतुका रूपमा रहने भएकाले दलको भूमिकालाई कमजोर बनाउने कुनै पनि अभ्यास दीर्घकालीन रूपमा उपयुक्त नहुने तर्क गरेका छन् ।

भक्तपुरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टी स्थानीय निकायमा गैरदलीय उम्मेदबार उठाउने योजनाको विरोधमा छ । पार्टी अध्यक्ष नारायणमान विजुक्छेंले यस्तो विषय नेपालको संविधानको भाबना विपरित भएको बताउँदै आएका छन् । यस्तो व्यवस्थाले देशमा अस्थिर, अन्यौल, द्धन्द्ध निम्तिन सक्ने प्रबल सम्भाबना हुन्छ, उनले भन्दै आएका छन् ।  

यता नागरिक समाजका केही अगुवाले भने स्थानीय तहमा अत्यधिक दलगत हस्तक्षेपका कारण विकासभन्दा राजनीतिक स्वार्थ हाबी भएको अनुभव सुनाउँदै स्वतन्त्र उम्मेदवारलाई अवसर दिनुपर्ने बताउँछन् । उनीहरूका अनुसार स्वतन्त्र उम्मेदवार निर्वाचित हुँदा जनताको प्रत्यक्ष हितमा निर्णय गर्न सहज हुने र दलगत दबाब कम हुने अपेक्षा गर्न सकिन्छ ।

नागरिक समाजका प्रतिनिधिहरूले स्थानीय सरकार सेवा प्रवाह र विकाससँग प्रत्यक्ष जोडिएको निकाय भएकाले उम्मेदवारको क्षमता, इमान्दारिता र कार्ययोजनालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । उनीहरूका अनुसार निर्वाचन चिन्हभन्दा पनि उम्मेदवारको योग्यता र जनउत्तरदायित्वलाई मतदाताले मूल्याङ्कन गर्न सक्ने वातावरण बनाउन आवश्यक छ ।

बुद्धिजीवीहरू भने यो विषयमा विभाजित देखिएका छन् । एकथरीले स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धाले सक्षम, योग्य र स्वच्छ छवि भएका व्यक्तिहरूलाई राजनीतिमा आउने अवसर बढ्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार यसले स्थानीय तहमा नयाँ राजनीतिक संस्कृतिको विकास गर्न सहयोग पुग्न सक्छ । अर्कोतर्फ केही बुद्धिजीवीले स्वतन्त्र उम्मेदवारलाई मात्रै निर्वाचनमा सहभागी गराउने व्यवस्था लागू गर्न संविधान संशोधन आवश्यक पर्ने र त्यसले बहुदलीय लोकतान्त्रिक प्रणालीमै प्रश्न उठाउने बताएका छन् । उनीहरूका अनुसार समस्या राजनीतिक दलको अस्तित्वमा नभई दलभित्रको आन्तरिक लोकतन्त्र, सुशासन र उम्मेदवार छनोट प्रक्रियामा रहेको भन्दै त्यसैमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् ।

स्थानीयवासीहरू पनि यस विषयमा दुई धारमा विभाजित देखिएका छन् । केहीले स्वतन्त्र उम्मेदवारबाट स्थानीय सरकार अझ प्रभावकारी बन्ने अपेक्षा गरेका छन् भने केहीले दलविहीन प्रतिस्पर्धाले निर्वाचनपछि स्थायित्व र समन्वयमा समस्या आउन सक्ने चिन्ता व्यक्त गरेका छन् ।

राजनीतिक विश्लेषकहरूका अनुसार स्वतन्त्र उम्मेदवारको संख्या बढ्नु लोकतन्त्रको स्वाभाविक प्रक्रिया भए पनि राजनीतिक दललाई पूर्ण रूपमा निर्वाचनबाट बाहिर राख्ने विषय भने कानुनी, संवैधानिक र राजनीतिक बहसको विषय हो । उनीहरूका अनुसार यस्तो विषयमा व्यापक राष्ट्रिय छलफल, संवैधानिक समीक्षा र सबै राजनीतिक पक्षबीच सहमति आवश्यक पर्ने देखिन्छ । स्थानीय तहको निर्वाचन प्रणालीबारे उठेको यो बहसले आगामी दिनमा राजनीतिक वृत्तमा थप चर्चा पाउने अपेक्षा गरिएको छ ।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
५७ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस