कुलिङ पिरियड हटाउन ‘माथि’ बाटै फोन आएको थियो, मैले मानिनँ: खतिवडा
२८ साउन २०८२
•
२ मिनेट पाठ
कुलिङ पिरियड हटाउन ‘माथि’ बाटै फोन आएको थियो, मैले मानिनँ: खतिवडा
नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका निवर्तमान सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकबाट ‘कुलिङ पिरियड’ को प्रावधान हटाउन आफूलाई ‘माथि’ बाटै दबाब आएको बताएका छन्।




समितिबाट सर्वसम्मतिले पारित भइसकेको दुई वर्षे कुलिङ पिरियडको प्रावधान हटाउन अस्वीकार गरेपछि विधेयकलाई नै रोक्ने र आफूलाई असहयोग गर्ने काम भएको उनले सुनाए।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै खतिवडाले उक्त विधेयक विवादको अन्तर्य र आफूले सामना गर्नुपरेको दबाबबारे विस्तृत जानकारी दिएका हुन्।

‘समितिबाट सर्वसम्मत पारित भइसकेपछि एकैदिन त्यो निर्णय गरेको दिन माथिबाट फोन आयो। ‘त्यो कुलिङ पिरियड त हटाउनुपर्‍यो अब’ भन्ने कुरा आयो,’ खतिवडाले भने, ‘मैले भनें, म हटाउन सक्दिनँ। यो सर्वसम्मत पारित भइसकेको विषय हो, कसरी हटाउने ?’ 

उनका अनुसार, उक्त प्रावधान हटाउन अस्वीकार गरेपछि विधेयकलाई अगाडि बढाउने प्रक्रियामा असहयोग सुरु भएको थियो। ‘दुई-चार दिन विधेयक रोकियो। मैले विधेयक लानुपर्छ भनेर तयार पार्न लगाएँ। तर, समितिमा मान्छेहरू आएर घेर्ने, नाराबाजी गर्ने र मेरो लोगो नै हराउने जस्ता घटना भए,’ उनले स्मरण गरे।

‘एनसेल प्रकरणमा पनि मन्त्रीहरूले नै दबाब दिएका थिए’

सांसद खतिवडाले आफूले संसदीय समितिमा रहँदा शक्तिशाली स्वार्थ समूहको दबाब सामना गरेको यो पहिलो पटक नभएको बताए।

२०७० सालमा लेखा समितिमा रहँदा एनसेलले कर नतिरेसम्म फोरजी सेवा दिन नहुने निर्णय गर्दा तत्कालीन अर्थमन्त्री र सञ्चारमन्त्रीबाटै चर्को दबाब आएको उनले खुलासा गरे।

‘उहाँहरूले भन्नुभयो, ‘यो धेरै रडाको नगर्नुस्। एनसेलले अदालतमा एक-डेढ अर्ब खर्च गर्छ, तपाईंको चुनाव क्षेत्रमा पनि अलिअलि खर्च गर्छ, तपाईं हार्नुहुन्छ,’ खतिवडाले भने, ‘तर हामीले मानेनौं। हाम्रो निर्णयको भोलिपल्टै एनसेलले ९ अर्ब ९६ करोड रुपैयाँ कर तिर्‍यो र पछि राज्यले ६०-७० अर्ब रुपैयाँ पायो।’

विधेयकबाट दफा कसरी हरायो ?

खतिवडाले समितिले पारित गरेको विधेयकमा नयाँ दफा थपिएपछि त्यसलाई कानुनी र प्राविधिक रूपमा मिलाउने जिम्मेवारी राजनीतिक नेतृत्वको नभई कर्मचारीतन्त्रको हुने स्पष्ट पारे। ‘कुनै पनि विधेयकमा नयाँ दफा थपिएपछि त्यससँग बाझिएका अन्य दफा, कमा, फुलिस्टप मिलाउने काम कानुन मन्त्रालय, प्रधानमन्त्री कार्यालय र सम्बन्धित मन्त्रालयका सचिवहरूको हो,’ उनले भने, ‘हामीले त बोल्ड अक्षरमा ‘ठिक छ’ भनेर पास गर्ने हो।’

किन आवश्यक थियो कुलिङ पिरियड ?

उनले अवकाशप्राप्त उच्चपदस्थ कर्मचारीले पदको दुरुपयोग गरी तत्काल निजी क्षेत्रमा गएर अनुचित लाभ लिने प्रवृत्ति रोक्न कुलिङ पिरियड अनिवार्य रहेको बताए। ‘हामीले उहाँहरूलाई बाख्रा हेर्न जानुस् भनेको होइन,’ खतिवडाले भने, ‘दुई वर्ष फ्रेस हुनुस्, रिचार्ज भएर आउनुस् भनेको हो।’

उनले समितिको सभापतिका रूपमा छोटो समयमा नागरिकता विधेयक, भ्रष्टाचारसम्बन्धी विधेयक र संवैधानिक परिषद्सम्बन्धी विधेयकजस्ता महत्त्वपूर्ण काम गरेको तर कुलिङ पिरियड प्रकरणमा आफूलाई नियोजित रूपमा फसाइएको गुनासो गरे।
अर्को समाचार
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
७ मिनेट अघि
•
० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।




समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस