पक्राउ पुर्जी जारी भएका मेयर सिंह अदालतबाटै कसरी उम्किए ?
१५ जेष्ठ २०८३
•
२ मिनेट पाठ
पक्राउ पुर्जी जारी भएका मेयर सिंह अदालतबाटै कसरी उम्किए ?
फाइल तस्बिर : वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंह
सामान्यतया अदालतबाट पक्राउ पुर्जी जारी भएको व्यक्ति अदालतमा उपस्थित हुन जाँदा मुद्दाको पेसीबाट थुनछेक बहस नभएसम्म श्रेस्तेदारले त्यस व्यक्तिलाई निवेदन लिएर प्रहरीको जिम्मा लगाउनु पर्ने कानुनी व्यवस्था रहेको छ।




तर पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएका वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहमाथि त्यो नियम लागू नभएको घटना बाहिरिएको छ। पर्सा जिल्ला अदालतका श्रेस्तेदारले लिखत सम्बन्धी कसूर तथा किर्ते जालसाजी मुद्दामा पक्राउ पुर्जी जारी भएका राजेशमान सिंहलाई अदालतबाटै छोडेको घटना सार्वजनिक भएपछि अदालतको कामकारबाही प्रक्रियामाथि नै प्रश्न खडा भएको छ।

पर्सा जिल्ला अदालतले जेठ ८ गते सिंहसहितलाई पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि वीरगन्ज महानगरपालिका प्रमुख सिंह जेठ १३ मा पर्सा जिल्ला अदालतमा पुगेका थिए। 

बुधवार बिहान मेयर सिंह आफ्ना कानुनी सल्लाहकार कमलमोहन पोखरेलसहित समर्थकहरूको समूह लिएर पर्सा जिल्ला अदालत परिसर पुगेर अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकसँग भेटघाट गरेका थिए। श्रेस्तेदारसँग भेटघाट गरेपछि सिंहले अदालत परिसरभित्र हिँडडुल गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

पक्राउ पुर्जी जारी भएको व्यक्ति अदालतमा हाजिर हुन आएमा अदालतका श्रेस्तेदारले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएर मुद्दालाई पेसी चढाउनको लागि गोला प्रथा लगाउनु पर्ने कानुनी व्यवस्था रहेको छ। प्रहरीको जिम्मा लगाइएको व्यक्तिको मुद्दा गोलाप्रथाबाट परेको इजलासका न्यायाधीशले थुनछेकको बहस गर्नु पर्ने हुन्छ।

थुनछेक बहस भएपछि न्यायाधीशले त्यस व्यक्तिलाई थुनामा पठाउने वा तारिखमा राख्न आदेश दिने व्यवस्था हुँदाहुँदै पनि वीरगन्ज महानगरपालिका प्रमुख सिंहलाई त्यो प्रक्रिया पूरा नगराएर त्यसै अदालतबाट बाहिर जान दिएको आरोप श्रेस्तेदारमाथि लागेको छ। पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले बुधवार प्रमुख सिंहसँग अदालतमा भेट भएको स्वीकारेका छन्।

भेट गर्न आएका राजेशमान सिंह विरुद्ध नै पक्राउ पुर्जी जारी भएको आफूलाई थाहा नभएको कारणले उनी अदालतबाट बाहिर जान सफल भएको तर्क श्रेस्तेदारको छ। अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई नियन्त्रण लिने काम अदालतभन्दा पनि प्रहरीको भएकोले प्रहरीले किन राजेशमान सिंहलाई समातेर अदालतमा नबुझाएको भन्दै मल्लिकले प्रश्न गरे।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले अदालतमा उपस्थित भएर निस्केदेखि नै प्रहरीले पक्राउ गर्नको लागि राजेशमान सिंहसहितलाई खोजी गरिरहेको बताए। पक्राउ पुर्जी जारी गरिएका सिंह अदालतमा पुगेकै दिन कानुनी प्रक्रिया पूरा नगरेर बाहिरिएको घटनाले कानुनी राज्यको लागि राम्रो नभएको पाठकको भनाइ रहेको छ। 
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२१ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस