बैठक साेमबार बिहान ११ बजेदेखि सुरु हुने संघीय संसद् सचिवालयले जनाएकाे छ। आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची रहेको छ।
आर्थिक वर्ष २०८३/०८४ को लागि कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल सुरु हुने सम्भावित कार्यसूची रहेको छ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको हाे।
सो प्रस्ताव समिति सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।
समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...