सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, उमेरगत प्रतिबन्ध लगाउने तयारी
१४ असोज २०८३
•
२ मिनेट पाठ
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, उमेरगत प्रतिबन्ध लगाउने तयारी
सरकारले सामाजिक सञ्जालमा बढ्दो ठगी, चरित्र हत्या र भ्रामक सूचना नियन्त्रण गर्न छुट्टै कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ।




यसका साथै अन्तर्राष्ट्रिय अभ्यास हेरेर बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा उमेरगत प्रतिबन्ध लगाउनेसम्मको नीतिगत व्यवस्था गर्न लागिएको छ।

प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मलाई थप व्यवस्थित तथा नियमन गर्न नीतिगत एवं कानुनी सुधारको तयारी भइरहेको बताएका हुन्।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले आमसञ्चार माध्यम र सामाजिक सञ्जालमा हुने गलत तथा भ्रामक सूचना सम्प्रेषणलाई रोक्न आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयक तर्जुमा भइसकेको र छिट्टै सदनमा पेस गरिने जानकारी दिए।

‘आमसञ्चार माध्यमहरूमा गलत र भ्रामक सूचना सम्प्रेषण हुने प्रवृत्तिलाई रोक्ने प्रावधानहरू विधेयकमा समेटिएका छन्,’ उनले भने, ‘यसबाहेक सामाजिक सञ्जाललाई थप व्यवस्थित र नियमन गर्न छुट्टै कानुनी व्यवस्था गर्न मन्त्रालयले गृहकार्य गरिरहेको छ।’

प्रेस काउन्सिल नेपाललाई थप अधिकारसहित सशक्त बनाउन नयाँ विधेयक ल्याइएको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले कानुन बनेपछि पत्रकारिता आचारसंहिता कार्यान्वयन र मर्यादित पत्रकारिता प्रवर्द्धनमा काउन्सिलको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

साइबर अपराध र वित्तीय ठगी नियन्त्रणका लागि सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरीको साइबर ब्युरो र नेपाल दूरसञ्चार प्राधिकरणबीच संयुक्त समन्वय भइरहेको उनले सदनलाई बताए।

सोही सहकार्यका आधारमा नेपाल दूरसञ्चार प्राधिकरणमार्फत हालसम्म तीन लाख पाँच हजारभन्दा बढी ‘युनिक’ अनलाइन बेटिङ साइट तथा नयाँ बेटिङ एपहरू पहिचान गरी बन्द गराइसकिएको तथ्यांक सार्वजनिक गरे।

सामाजिक सञ्जालमा फेक अकाउन्ट खोलेर चरित्र हत्या गर्ने, झुठा सूचना फैलाउने र भ्रम छर्ने प्रवृत्तिलाई कानुनी दायरामा ल्याउन सरकार रूपमा प्रस्तुत हुने उनको भनाइ छ। यस्ता घटनामा परेका उजुरीमाथि साइबर ब्युरो र साइबर सुरक्षा केन्द्रमार्फत निरन्तर अनुसन्धान र कारबाही भइरहेको उनले जानकारी दिए।

संविधानको धारा २८ ले प्रत्याभूत गरेको नागरिकको गोपनीयताको हकप्रति सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले कसैको व्यक्तिगत जीवनमा आघात पुग्ने गरी अनधिकृत रूपमा भिडियो वा तस्बिर खिचेर सार्वजनिक गर्नेलाई गृह मन्त्रालय र सुरक्षा निकायसँग समन्वय गरि कानुनी कारबाही गरिने चेतावनी दिए।

यसैगरी, सामाजिक सञ्जालका कारण समाजमा बढेको अराजकता, पारिवारिक विखण्डन र बालबालिकामा परेको नकारात्मक असरप्रति मन्त्रालय रहेको उनले बताए।

विश्वका विभिन्न मुलुकले बालबालिकालाई सामाजिक सञ्जालको कुलत र जोखिमबाट जोगाउन लागू गरेका उमेरगत प्रतिबन्ध तथा नियामकीय मापदण्डका असल अभ्यास अध्ययन गरेर नेपालमा पनि सोहीअनुसार आवश्यक कानुनी प्रबन्ध मिलाइने मन्त्री तिमिल्सिनाले उल्लेख गरे।
अर्को समाचार
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
५ मिनेट अघि
•
१ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।




नेपाली कांग्रेस झापाले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार शर्माले जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा खानेपानी ट्याङ्की उद्घाटन, सहिद तथा व्यक्तित्वका सालिकमा माल्यार्पण र पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन्।

शर्माको कार्यक्रम तालिका यस्तो छ :

मंसिर १३ गते, आइतबार

- बिहान ९ बजे धुलाबारी खानेपानी ट्याङ्कीको उद्घाटन।
- दिउँसो १:३० बजे क्षेत्र नम्बर ३ अन्तर्गत कचनकवल–७ मा चन्द्रमणि भट्टराईको सालिकमा माल्यार्पण तथा चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानमा कार्यकर्ता भेटघाट।

मंसिर १४ गते, सोमबार

- बिहान ११ बजे क्षेत्र नम्बर ४ अन्तर्गत कनकाई नगरपालिकामा तुर्सा हेमरमको सालिकमा माल्यार्पण तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानमा कार्यकर्ता भेटघाट।
- दिउँसो १:३० बजे क्षेत्र नम्बर ५ को नेपाली कांग्रेस पार्टी कार्यालय दमकमा कार्यकर्ता भेटघाट।

मंसिर १५ गते, मंगलबार

- बिहान ११ बजे क्षेत्र नम्बर १ को अतिथि सदन धुलाबारीमा कार्यकर्ता भेटघाट।
- दिउँसो १:३० बजे क्षेत्र नम्बर २ स्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा कार्यकर्ता भेटघाट।

नेपाली कांग्रेस झापाले शर्माको झापा भ्रमणका क्रममा हुने कार्यक्रम तथा भेटघाटबारे जानकारी गराएको हो।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस