जेन-जी आन्दोलन: अर्थतन्त्रमा गम्भीर धक्का
२७ भदौ २०८२
•
४ मिनेट पाठ
जेन-जी आन्दोलन: अर्थतन्त्रमा गम्भीर धक्का
मुलुकको अर्थतन्त्रको आकार पछिल्लो एक वर्षमा करिब चार खर्ब रूपैयाँले बढेको  थियो। गत आव २०८१/८२ मा कुल गार्हस्थ उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब रूपैयाँ  पुगेको थियो। आर्थिक वृद्धिदर ४.६१ प्रतिशत भएको अनुमान छ। कोभिडले थला परेको अर्थतन्त्र तंग्रिएको थियो। आर्थिक सूचकमा सकरात्मक संकेत  देखिएका थिए। बाह्य सूचक धेरै राम्रा भएका थिए। आन्तरिक सूचकमा पनि सुधार आएर अर्थतन्त्र लयमा फर्किन थालेको थियो।




यही अवस्थामा जेनजीको आन्दोलनमा  प्रहरीले चलाएको गोलीले १९ जनाको ज्यान गएपछि आन्दोलनकारी तोडफोडमा उत्रिँदा खर्बौं रुपैयाँको धनजनको क्षति भएको छ। २०६२/६३ को आन्दोलन, २०७२ को  नाकाबन्दी र भूकम्प, २०७७ मा कोभिडको महामारीले मुलुकको अर्थतन्त्रलाई तहसनहस  बनाएको थियो।

कोभिडले क्षतविक्षत अर्थतन्त्र लयमा आउन लागेको अवस्थामा फेरि  जेनजीको आन्दोलन भड्किएपछि मुलुकलाई ठुलो आर्थिक क्षति पुगेको छ। यकिन विवरण  संकलन नभए पनि सरकारी तथा निजी गरी खर्बौं रुपैयाँको सम्पत्ति क्षति भएको छ। व्यापारिक प्रतिष्ठानदेखि निजी घरमा तोडफोड हुँदा लगानीकर्ताको मनोबल खस्किएको छ।

यसले अर्थतन्त्रमा धक्का लागेको छ। आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीका घटनाले अर्थतन्त्रमा ठुलो धक्का लागेको राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन्। आन्दोलनकारीले सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, निर्वाचन आयोग, मन्त्री निवास, सरकारी कार्यालयहरु, निजी निवास लगायत व्यापारिक घरानामा समेत तोडफोड र आगो  लगाए। राजधानीमा मात्र नभए मुलुकभरका सरकारी कार्यालय, प्रदेश सरकार तथा स्थानीय  निकायका कार्यालयमा ठुलो क्षति भएको छ।

क्षति भएका सरकारीदेखि निजी भवन, सवारीसाधन, सरकारी कार्यालयभित्रका संरचना बनाउन ठुलो लगानी चाहिन्छ। चालु आव २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ। यो बजेटमा पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ (२०.८ प्रतिशत) विनियोजन गरिएको छ।

कुल बजेटको २० प्रतिशत हाराहारी पूर्वाधार निर्माण लगायतका क्षेत्रमा खर्च हुन्छ। अब सरकारले सडक, सिँचाइ, बिजुलीलगायत पूर्वाधारमा खर्च गर्नुपर्ने बजेट भवन निर्माणको भौतिक संरचना निर्माणमा खर्च गर्नुपर्नेछ। जुन भवन निर्माणले उत्पादनमा कुनै प्रतिफल दिँदैन। भवनलाई अनुत्पादक क्षेत्रको रूपमा लिइन्छ। ‘केही वर्षको बजेट  नसोचेको ठाउँमा खर्च गर्नुपर्ने भयो,’ अर्थशास्त्री श्रेष्ठले भने, ‘सरकारलाई  स्रोतको अभाव हुन सक्छ।’

भूकम्प लगायत प्राकृतिक विपत्तिमा विदेशी मित्र राष्ट्र तथा दातृनिकायले सहयोग गरेका थिए  तर आन्दोलनमा  तोडफोड तथा आगजनीबाट भएको  क्षतिमा दातृनिकायले सहयोग गर्दैनन्। सरकारको बजेटबाट नै खर्च गर्नुपर्छ। सरकारको राजस्व कम भएका  कारण चालु खर्च धान्न मुस्किल भएर पुँजीगत खर्चका लागि ऋण लिएर लगानी गर्नुपर्ने अवस्था छ। अब आन्दोलनमा क्षति भएका भौतिक पूर्वाधार निर्माण सरकारले ऋण लिएर गर्नुपर्छ। यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्छ। सरकारीदेखि निजी संरचनामा तोडफोड र आगलागी भएकाले पुनर्निर्माणमा ठुलो खर्च गर्नुपर्ने अवस्था आएको पूर्वसचिव रामेश्वर खनाल बताउँछन्।

‘आन्दोलनमा  जलेका सरकारी भवन निर्माण गर्दा ठुलो रकम खर्च हुन्छ,’ खनालले भने,  ‘निजी सम्पत्तिमा भएको तोडफोडको पनि क्षतिपूर्ति दिनुपर्छ।’

योभन्दा पनि मुलुकको राजनीतिक अस्थिरताको असर सिधै अर्थतन्त्रमा पर्ने खनाल  बताउँछन्। ‘क्षति भएका संरचना निर्माण गर्न लाग्ने खर्च एउटा पाटो हो,’ खनालले  भने, ‘राजनीतिक अस्थिरता भयो भने  त्यसको असर योभन्दा ठुलो हुन्छ।’

व्यापारिक घराना मात्र नभएर  विदेशी लगानी रहेको निजी क्षेत्रको  दूरसञ्चार कम्पनी एनसेलमा समेत आक्रमण भएपछि लगानीकर्ता तर्सिएका  छन्। निजी सम्पत्तिको तोडफोडमा बिमा  कम्पनीहरूलाई ५० अर्ब रुपैयाँभन्दा बढी दाबी आउने अनुमान गरिएको  छ। यसको अर्थ निजी क्षेत्रमा आधा खर्ब  हाराहारीको क्षति भएको अनुमान छ।

मुलुक आर्थिक रुपमा पनि पछि  धकेलिएको अर्थशास्त्री डा.पोषनाथ  पाण्डे बताउँछन्। ‘यकिन विवरण नआएकाले अहिले नै भन्न सक्ने अवस्था छैन तर विकास पछि धकेलियो,’ पाण्डेलले भने, ‘आर्थिक रुपमा ठुलो  क्षति भयो।’

विदेशी तथा स्वदेशी  लगानीमा आक्रमण भएकाले अब किन  लगानी गर्ने भन्ने प्रश्न उठेको पाण्डे  बताउँछन्। ‘हिलटनदेखि भाटभटेनीमा आक्रमण भएको छ,’ पाण्डेले भने, ‘उद्योग, व्यवसायमाथि आक्रमण डरलाग्दो अवस्था हो।’ लगानीकर्ताको मनोबल खस्किएको  छ। यसको असर राजस्वमा पर्न सक्छ। आव २०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। निजी क्षेत्रको मनोबल खस्किएर अर्थतन्त्र राम्रोसँग चलायमान भएन भने  राजस्व संकलन पनि प्रभावित हुन सक्छ।

लगानीकर्ताको सम्पत्तिमा सुरक्षा नहुँदा तोडफोड र आगजनी भयो। निजी क्षेत्रले हजारौं जनालाई रोजगारी दिएको  छ। अर्बौं रुपैयाँ राज्यलाई कर तिरेको छ। त्यही करबाट मुलुक सञ्चालन भएको छ।

आन्दोलनकारीले नेपालका व्यापारिक घराना चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा  ग्रुप, शंकर ग्रुप, भाटभटेनी लगायतका  संरचनामा तोडफोड गरे। आफ्नो  लगानीको सुरक्षा नभएपछि किन लगानी  गर्ने भन्ने प्रश्न उठेको छ। निजी  क्षेत्र त्रसित छ। निजी क्षेत्रको पनि ठुलो आर्थिक क्षति भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष  चन्द्र ढकालले बताए। ‘आर्थिक क्षति मात्र नभएर लगानीका हिसाबले पनि  नकारात्मक सन्देश गएको छ,’ ढकालले  भने, ‘कर तिर्ने, रोजगारी सिर्जना गर्ने क्षेत्रमा आक्रमण हुनु दुखद हो।’ जुन  सरकार आए पनि लगानीकर्ताले लगानी  गरेर राज्यलाई कर तिर्दै आएका  उनले बताए।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस