दिल्ली पुगेर अर्थमन्त्री वाग्लेको आह्वान- लगानीका बाधक हटायौं, अब ढुक्क भएर नेपाल आउनुहोस्
०३ असोज २०८३
•
२ मिनेट पाठ
दिल्ली पुगेर अर्थमन्त्री वाग्लेको आह्वान- लगानीका बाधक हटायौं, अब ढुक्क भएर नेपाल आउनुहोस्
भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी, व्यवसायी तथा लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गरेका छन्।




उनले नेपाललाई केवल वस्तु बेच्ने बजारका रूपमा मात्र नभई लगानी र उत्पादनको रणनीतिक साझेदारका रूपमा लिन भारतीय निजी क्षेत्रलाई आग्रह गरेका हुन्।

नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सिआइआइ) द्वारा आयोजित व्यापार तथा लगानी अन्तर्क्रियालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका उदीयमान अवसरहरूबारे बताएका थिए।

उनले नेपालमा पहिलेदेखि सञ्चालित भारतीय कम्पनीलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्तालाई सम्भावनाको खोजी गर्न अपिल गरे।

नेपालमा उच्च आर्थिक वृद्धिको प्रशस्त सम्भावना रहेको बताउँदै मन्त्री वाग्लेले लगानीका प्रमुख क्षेत्रहरूसमेत औंल्याए।

‘सूचना प्रविधि, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्त्वपूर्ण वाहकका रूपमा उदाउँदै छन्,’ उनले भने, ‘भारतीय व्यवसायी विश्वव्यापी आपूर्ति शृङ्खलामा जोडिन नेपालसँग रणनीतिक साझेदार बन्न सक्छन्।’

लगानीकर्तालाई आश्वस्त पार्दै अर्थमन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणको एजेन्डामा दृढतापूर्वक अघि बढिरहेको दाबी गरे।

नीतिगत सुधारलाई तीव्र बनाउँदै अनुमानयोग्य, पारदर्शी तथा लगानीमैत्री व्यावसायिक वातावरण सिर्जना गर्न सरकार लागिपरेको उनले सुनाए।

वार्षिक बजेट, कर सुधार र लगानीकर्तामैत्री नीतिगत पहलमार्फत सरकारले लगानीका बाधाहरू हटाउने काम गरिरहेको उनको भनाइ थियो। निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धिलाई सहज बनाउन यी कदम चालिएको उनले बताए।

नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको मन्त्री वाग्लेले उल्लेख गरे।

उक्त उच्चस्तरीय अन्तर्क्रिया कार्यक्रममा भारतीय व्यावसायिक क्षेत्रका अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
अर्को समाचार
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
१० मिनेट अघि
•
१ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र युवा नेता सन्तोष परियारबीच वैज्ञानिक समाजवादलाई देशको वर्तमान राजनीतिक संकटको निकास तथा समृद्धिको आधारका रूपमा अघि बढाउनुपर्ने विषयमा छलफल भएको छ।
डल्लुस्थित खनाल निवासमा शनिबार भएको भेटवार्तामा दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
छलफलका क्रममा अबको बाटो वैज्ञानिक समाजवाद हुनुपर्नेमा जोड दिँदै वैज्ञानिक समाजवादले मात्रै जनताको अधिकार, सुशासन, सामाजिक न्याय, आर्थिक समानता र आधारभूत आवश्यकता परिपूर्तिको सुनिश्चितता गर्न सक्ने धारणा व्यक्त गरिएको थियो। 
भेटमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने आधार र भावी राजनीतिक कार्यदिशाबारे समेत दुवै नेताबीच विचार आदानप्रदान भएको पूर्वप्रधानमन्त्री खनालको सचिवालयले जनाएको छ। 


युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस