फागुन २१ः शीर्ष नेताहरु को कहाँबाट ?
०५ माघ २०८२
•
४ मिनेट पाठ
फागुन २१ः शीर्ष नेताहरु को कहाँबाट ?
फागुन २१ मा हुन लागेको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरुले आफ्नो निर्वाचन क्षेत्र तय गरिसकेका छन्।




उनीहरु उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा पुगिसकेका छन्। धेरैजसो शीर्ष नेताहरु सोमबार नै आफ्नो क्षेत्रमा उम्मेदवारी दिन पुगेका हुन्।

एमाले, नेकपा, रास्वपा, मधेश केन्द्रीत दलहरुले उम्मेदवार टुंग्याएको अवस्था छ भने ततकालिन प्रतिनीधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसका शीर्ष नेताहरुको टिकट टुंगो लागिसकेको छैन।

सभापति गगन थापा काठमाडौं-४ बाट उम्मेदवारी दिने तयारी छन्। निवर्तमान सभापति शेरबहादुर देउवाको टिकट अझै निश्चित भएको छैन।

कांग्रेस सभापति थापाले चुनाव नलड्न सल्लाह दिएका छन्। उपसभापति विश्वप्रकाश शर्माले चुनाव लड्ने घोषणा गरेका छन्। निवर्तमान अर्का उपसभापति पूर्णबहादुर खड्काले पनि चुनाव नलड्ने घोषणा गरेका छन्।

महामन्त्री प्रदीप पौडेल काठमाडौं क्षेत्र नं-५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। कांग्रेसका नेता शेखर कोइराला र डा. शशाङक कोइरालाको पनि टिकटको टुंगो लागेको छैन।

कांग्रेस विशेष महाधिवेशनपछि धेरै नेताहरु चुनावमा जाने कि नजाने भन्नेमा द्विविधामा रहेका छन्। महामन्त्री गुरुराज घिमिरेले मोरङ उपसभापति पुस्पा भूसाल अर्घाखाचीबाट चुनाव लड्ने तयारी गरिरहेका छन्। नेता चन्द्र भण्डारी टिकट बोकेर गुल्मी पुगिसकेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट निर्वाचन लड्ने तयारीमा छन्। उनी सोमबार झापा पुगेर कार्यकर्ता र मतदाताहरुसँग भेटघाटमा व्यस्त रहे।

एमाले उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही २, गोकर्ण विष्ट गुल्मी २ र पृथ्वीसुब्बा गुरुङ लमजुङबाट उम्मेदवार बन्ने भएपछि उनीहरु पनि सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्रमा पुगिसकेका छन्।

महासचिव शंकर पोखरेल दाङ-२ बाट, उपमहासचिवहरू लेखराज भट्ट कैलाली ४, रघुवीर महासेठ धनुषा १ बाट चुनाव लड्दै छन्।

पूर्वउपमहासचिव प्रदीप ज्ञवाली गुल्मी-१ र पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं-५ बाट उम्मेदवार बन्ने भएका छन्।

सचिव महेश बस्नेत भक्तपुर-२ बाट उम्मेदवार बन्दैछन्। अर्का सचिव भानुभक्त ढकाल तेह्रथुम पुगेका छन् भने सचिव शेरधन राई भोजपुर पुगेका छन्।

नेकपाका संयोजक पुष्पकमल दाहाल रुकुम पूर्वबाट निर्वाचन लड्ने भएका छन्। स्थायी निर्वाचन क्षेत्र नभएका दाहाल सुरक्षित खोज्दै रुकुम पूर्व पुगेका हुन्।

सहसंयोजक माधवकुमार नेपाल रौतहट-१ बाट उम्मेदवार बन्ने तयारीमा छन्। वरिष्ठ नेता झलनाथ खनालले चुनावमा भाग नलिने जनाएका छन्।

वामदेव गौतम पनि उम्मेदवार नबन्ने भएका छन्। नारायणकाजी श्रेष्ठ सर्लाही-३, भीम रावल अछाम-१, महिन्द्रराय यादव सर्लाही-२ र वर्षमान पुन रोल्पाबाट निर्वाचन लड्दै छन्।

चितवन-३ मा रेनु दाहाल उम्मेदवार बन्ने निश्चित भएको छ। कञ्चनपुर-१ मा विना मगर र धादिङमा राजेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउने भएका छन्।

रास्वपाबाट सभापति रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दर्ता गराउदैछन्। उनी सांसद निर्वाचित भएपनि सहकारी ठगीको मुद्धा किनारा नलागेसम्म संसदमा जान पाउँदैनन।

चितवन-१ मा हरि ढकाल, ३ मा सोविता गौतमले चुनाव लड्दैछिन्। उनले काठमाडौ क्षेत्र नं २ छाडेर चितवन पुगेकी हुन्।

उपसभापति डीपी अर्याल काठमाडौ क्षेत्र नं-९ , कविन्द्र बुर्लाकोटी गोरखा क्षेत्र नं-२ र स्वर्णिम वाग्ले तनहुँ-१ बाट चुनाव लड्दैछन्।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका वरिष्ठ नेता बालेन शाह झापा-५ बाट उम्मेदवार बन्दैछन् । उपसभापति डिपी आर्याल काठमाडौं ९, स्वर्णिम वाग्ले तनहुँ १, महामन्त्री कवीन्द्र बुर्लाकोटी गोरखा २ र प्रवक्ता मनीष झा सिराहा-३ बाट निर्वाचन लड्ने तयारीमा छन्।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी १, २ र ३ बाट सिफारिस भएका छन् । उनी सप्तरी-२ बाट निर्वाचन लड्ने तयारीमा छन् । ०७९ को निर्वाचनमा यादव यही क्षेत्रबाट पराजित भएका थिए ।

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सप्तरी-२ बाटै उम्मेदवार बन्ने तयारीमा छन् । जसपा नेपालका नेता शरदसिंह भण्डारी महोत्तरी-२ बाट र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो सर्लाही-२ बाट निर्वाचन लड्नेछन्।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङदेनलाई झापा क्षेत्र नं-३ बाट चुनाव लड्दैछन्। कमल थापाले काठमाडौं क्षेत्र नं-५ बाट उम्मेदवारी दिने भएका छन्। २०७४ सालमा एमालेका इश्वर पोखरेलसँग चुनाव हारेका थिए।

२०७९ सालमा एमालेकै सूर्य चिन्हबाट मकवानपुरमा चुनाव लड्दा राप्रपाका दीपकबहादुर सिंहले हराएका थिए। राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं-१ बाट उम्मेदवारी दिने तयारी गरेका छन्।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं क्षेत्र-३ बाट चुनाव लड्दैछन्। यसैगरी निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलपनि ललितपुर क्षेत्र-२ बाट चुनाव लड्ने भएका छन्।

बब्लु गुप्ता मन्त्रीबाट राजिनामा दिएर सिराहबाट उम्मेदवारी दिँदैछन्। नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनालले बाराको क्षेत्र नं-४ बाट उम्मेदवारी दिने भएका छन्।

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई गोरखा-२ बाट उम्मेदवारी दिँदैछन। जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दिँदैछन्। त्यसैगरी श्रम संस्कृति पार्टीको तर्फबाट हर्क साम्पाङले सुनसरी-१ बाट उम्मेदवारी दर्ता गराउदैछन्।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस