ऊर्जामन्त्री खड्काको एक वर्ष : कानुन निर्माण र विद्युत् विकासमा उल्लेख्य प्रगति
३१ असार २०८२
•
६ मिनेट पाठ
ऊर्जामन्त्री खड्काको एक वर्ष : कानुन निर्माण र विद्युत् विकासमा उल्लेख्य प्रगति
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा नीतिगत र कानुनी सुधारको थालनी गरेका छन्। यसबिचमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको बाधक रहेका नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता विधेयक, जलस्रोत विधेयक, विद्युत् विधेयक संसद्मा अघि बढाइएका छन्।




सरकारको सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने बृहत् लक्ष्यका साथ ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ। उक्त लक्ष्यमार्फत उत्पादित विद्युत्मध्ये १३ हजार ५०० मेगावाट विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत, बङ्गलादेशमा बिक्री गर्ने उल्लेख छ।

‘उक्त मार्गचित्रको लक्ष्य पूरा गर्ने क्रममा रु ६५ खर्बभन्दा बढी परिचालन हुने र लाखौं युवाले रोजगारी पाउनेछन्, राष्ट्रिय गौरवका ठूला जलाशययुक्त आयोजना निर्माणको काम पनि अगाडि बढ्नेछ,’ ऊर्जामन्त्री खड्काले भने।

त्यसैगरी, मन्त्री खड्काको सक्रियतामा ‘जनताको जलविद्युत् कार्यक्रम’ दोस्रो संशोधन गरिएको छ। उक्त कार्यक्रममार्फत गरिब र सीमान्तकृत वर्गलाई आयोजनाको क्षमता हेरेर रु दुई लाखदेखि पाँच लाखसम्म आयोजना नै धितो रहनेगरी सहुलियत कर्जामा जलविद्युत्मा शेयर लगानी गर्ने वातावरण मिलाइएको छ।

विपन्न नागरिकलाई समृद्ध बनाउनेगरी सरकारले जनताको जलविद्युत् कार्यक्रम संशोधन गरेको ऊर्जामन्त्री खड्काले बताए। मन्त्री खड्काको कार्यकालको एक वर्षमा विद्युत् उत्पादन र प्रसारण क्षेत्रमा पनि उल्लेख्य प्रगति भएका छन्। यस अवधिमा राष्ट्रिय प्रसारण लाइनमा ४०८ मेगावाट विद्युत् थप भएको छ भने कुल उत्पादन क्षमता तीन हजार ५६५ मेगावाट पुगेको छ। यसै अवधिमा विद्युत् विकास विभागबाट ८० जलविद्युत् आयोजनाबाट एक हजार ९५ मेगावाट र ६७ सौर्य ऊर्जा केन्द्रबाट एक हजार १९९ मेगावाट विद्युत् उत्पादनका लागि सर्वेक्षण अनुमति जारी गरिएको छ।

त्यसैगरी, एक हजार २४२ मेगावाट क्षमताको ३० जलविद्युत् आयोजना र करिब ५० मेगावाट क्षमताको आठवटा सौर्य विद्युत् आयोजनालाई उत्पादन अनुमति जारी गरिएको छ।

त्यसैगरी, विद्युत् विकास विभागबाट आठ हजार ७७६ मेगावाट क्षमताको १४७ जलविद्युत् आयोजना र एक हजार ८५१ मेगावाट क्षमताको ९५ सौर्य आयोजना सर्वेक्षण अनुमति दिएको छ।

त्यस्तै, १० हजार ७५०.७४ मेगावाट क्षमताको २६४ जलविद्युत् आयोजना र करिब १०० मेगावाट क्षमताको १३ सौर्य आयोजना उत्पादन अनुमति जारी भएका छन्। यसबाहेक तीन हजार ३३० मेगावाट क्षमताको १७० जलविद्युत् आयोजना र ११३ मेगावाट क्षमताको १९ वटा सौर्य आयोजना सञ्चालनमा छन्।

मन्त्री खड्काको एक वर्षे कार्यकालमा ३०० सर्किट किलोमिटर प्रसारण लाइन र ७०० एमभिए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएका छन्। हालसम्म करिब छ हजार ८०० सर्किट किलोमिटर प्रसारण लाइन निर्माण र १३ हजार ७५४ एमभिए क्षमताका सबस्टेसन आयोजना सञ्चालनमा रहेका छन्।

एक वर्षमा ६० प्रसारण लाइन (एक हजार ३१ सर्किट किलोमिटर) का लागि सर्वेक्षण अनुमति र २६ प्रसारण लाइन (२७८ सर्किट किलोमिटर) का लागि प्रसारण अनुमति जारी गरिएको छ। त्यसैगरी, १४४ प्रसारण लाइन (तीन हजार १७४ सर्किट किलोमिटर) का लागि सर्वेक्षण अनुमति र २७१ प्रसारण लाइन (पाँच हजार ७०६ सर्किट किलोमिटर) का लागि प्रसारण अनुमति जारी भएको मन्त्रालयले स्पष्ट गरेको छ।

यसबिचमा लामो समयदेखि विवादमा रहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र ढल्केवर सीतामढी प्रसारण लाइनको विवाद समाधान गरिएको छ भने रसुवागढी, सान्जेन, मध्यभोटेकोशी आयोजना सफलतापूर्वक सञ्चालनमा आएका छन्।

अन्तरदेशीय विद्युत् व्यापारअन्तर्गत छिमेकी मुलुकसँगको निरन्तर भेटघाट, छलफल र कूटनीतिक पहलमार्फत भारत र बङ्गलादेशमा विद्युत् निर्यात सुरु भएको छ।

हाल भारतमा ९४१ मेगावाट विद्युत् निर्यात स्वीकृति प्राप्त भइसकेको छ भने भारतबाट एक हजार मेगावाट विद्युत् आयातको प्रबन्ध गरिएको छ। सन् २०२४ मा करिब रु १७ अर्ब बराबरको विद्युत् भारत निर्यात गरिएको थियो। विगतमा ठूलो परिमाणमा भइरहेको विद्युत् आयात घटाउँदै निर्यात बढाइएको छ। सन् २०२४ मा भारतबाट करिब रु १६.९ अर्ब बराबरको विद्युत् आयात गरिएको थियो।

यस वर्षदेखि बङ्गलादेशमा ४० मेगावाट विद्युत् अमेरिकी डलरमा भुक्तानी निर्यात प्रारम्भ भएको छ। प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको वर्षायाममा उत्पादित विद्युत् खेर जाने अवस्थामा करिब रु एक अर्ब २५ करोडको विद्युत् बङ्गलादेश निर्यात हुन थालेको छ। चीनमा पनि विद्युत् व्यापारको सम्भावनालाई हेरेर चिलिमे–जिलोङ्ग २२० केभी प्रसारण लाइन सहकार्यमा अघि बढाइएको छ।

त्यसैगरी, करिब ५० किलोमिटर तटबन्ध निर्माण भई ४७० हेक्टर जग्गा संरक्षण भएको छ। हालसम्म एक हजार ४७८ किलोमिटर तटबन्ध निर्माण भई करिब १३ हजार ६७२ हेक्टर जग्गा संरक्षण गरिएको छ। एक वर्षमा १५ हजार हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विकास भएको छ।

हालसम्म मुलुकभर १५ लाख ८४ हजार ३२ हेक्टर जमिनमा सिँचाइ पूर्वाधार विकास भएको छ। यो अवधिमा सरकारले राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई उच्च प्राथमिकतामा राखेको छ।

राष्ट्रिय गौरवका महाकाली, रानीजमरा, बबई, सिक्टा, भेरी–बबई र सुनकोशी–मरिन डाइभर्सन आयोजनाबाट लाखौं हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार र सयौं मेगावाट विद्युत् उत्पादन हुने भएकाले उक्त आयोजना निर्माणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काले बताए।

त्यसैगरी, बागमती, सुनसरी–मोरङ, प्रगन्ना–बड्कापथ, बृहत दाङ उपत्यका, एकीकृत कर्णाली र भेरी कोरिडोर सिँचाइ आयोजनामार्फत देशका विभिन्न क्षेत्रका कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भइरहेको छ। यस अवधिमा ५७० स्वचालित जल र मौसम केन्द्र र चित्रात्मक पूर्वानुमान सेवा सुरु गरिएको छ।

मन्त्रालयले विपद्बाट हुने क्षतिको पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ। गत वर्ष असार १० देखि १२ सम्म मुलुकभर परेको अविरल वर्षाबाट क्षति पुगेको माथ्लो तामाकोशी, मेलम्ची, खुम्बु क्षेत्रका आयोजना पुनः सञ्चालनमा ल्याइएको छ।

सरकारले राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका गाउँमा वैकल्पिक ऊर्जामार्फत विद्युतको पहुँच पुर्‍याइरहेको छ। ऊर्जा मन्त्रालयले एक वर्षमा ३९७ किलोवाट लघु जलविद्युत् र ६०३ किलोवाट सौर्य ऊर्जा प्रणाली विस्तार गरेको छ। तीन हजार ५८४ बायोग्यास प्लान्ट, चार हजार १४२ घरेलु सौर्य प्रणाली र ३२० सुधारिएको चुलो जडान गरिएको छ।

यस अवधिमा सरकारले वैदेशिक सहकार्यबाट एक अर्ब डलरभन्दा बढी ऋण/अनुदान सुनिश्चित गरेको छ। जल र सिँचाइ मापदण्ड निर्माण, जल सम्मेलन आयोजना, नदी नियन्त्रण र व्यवस्थापन कार्यमा प्रगति हासिल गरेको छ। मन्त्री खड्काले आगामी दिनमा ‘ऊर्जा विकास मार्गचित्र–२०८१’ कार्यान्वयन गर्न दृढ सङ्कल्पका साथ लाग्ने बताए। ऊर्जा विकास मार्गचित्रले राखेको लक्ष्य पूरा हुँदैगर्दा प्रतिव्यक्ति विद्युत् खपत एक हजार ५०० युनिट पुर्‍याइने छ भने आगामी आवमा ४७० युनिट पुर्‍याउने लक्ष्य लिइएको छ।

आगामी वर्ष स्मार्ट ग्रिड, वैकल्पिक ऊर्जा, र ऊर्जा भण्डारण प्रणालीमा लगानी विस्तार गरिने बताइएको छ। बुटवल–गोरखपुर, लम्की–बरेली, इनरुवा–पूर्णिया अन्तरदेशीय लाइन निर्माणलाई तीव्रता दिइनेछ। आगामी आर्थिक वर्षमा जलस्रोत र सिँचाइ व्यवस्थापनतर्फ ६३ किलोमिटर तटबन्ध निर्माण गरी २७० हेक्टर जमिन ‘उकास’ गरिने छ भने नदी ‘बेसिन’ योजनाअनुसार जल व्यवस्थापन, जलवायु अनुकूल रणनीति अपनाइने बताइएको छ।

सरकारले आगामी आर्थिक वर्षमा नौ हजार ३५० हेक्टरमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य लिएको छ। समग्रमा वर्तमान सरकार गठन भएको यस अवधिमा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा अत्यावश्यक ऐन, कानुन निर्माणका प्रक्रिया अघि बढ्नाका साथ पूर्वाधार विकास र विस्तारका क्षेत्रमा अपेक्षाभन्दा बढी काम भएको सरकारले दाबी गरेको छ। रासस
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
यो पनि पढौँ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस