नेपाली कांग्रेसको इतर समूह (देउवा पक्ष) ले कर्णालीका जिल्लामा केन्द्रीय प्रतिनिधि र जिल्ला इन्चार्ज तोकेसँगै चुनावी गतिविधि तीव्र बनाएको छ। कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा समेत जिल्ला संयोजक र केन्द्रीय प्रतिनिधि तोकिएपछि देउवा पक्षका नेता-कार्यकर्ताको चहलपहल बढेको हो।
देउवा पक्षले कर्णालीका अधिकांश जिल्लामा आगामी पार्टी अधिवेशन तथा चुनावी अभियानलाई लक्षित गर्दै आफ्ना प्रतिनिधि खटाएको छ। सुर्खेतमा जिल्ला संयोजकको जिम्मेवारी ललित भट्टराईलाई दिइएको छ भने केन्द्रीय प्रतिनिधिको जिम्मेवारी महेन्द्र शाहीले पाएका छन्।
केन्द्रीय प्रतिनिधि तोकिएसँगै देउवा पक्षका नेता-कार्यकर्ताको जमघट वीरेन्द्रनगरमा बाक्लिन थालेको छ। मंगलवार देउवा पक्षले सुर्खेतमा भेला आयोजना गर्दैछ। वडा तहमा निर्वाचन समिति गठन तथा अधिवेशनको तयारीसमेत अघि बढाइएको केन्द्रीय प्रतिनिधि महेन्द्र शाहीले बताए। उनका अनुसार जिम्मेवारी पाएलगत्तै सुर्खेतका सबै वडामा अधिवेशनको तयारी थालिएको छ।
‘१५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर वडा तहमा निर्वाचन समिति गठनलगायतका तयारी अघि बढाइएको छ।’ शाहीले भने, ‘क्रियाशील सदस्यहरू पनि उत्साहका साथ निर्वाचन प्रक्रियामा सहभागी हुन तयारी गरिरहेका छन्।’
सुर्खेतसहित कर्णालीका अन्य जिल्लामा समेत १५ गतेदेखि हुने वडा अधिवेशनलाई लक्षित गरेर कांग्रेसभित्र गतिविधि बढेको छ। देउवा पक्षले जिल्ला संयोजक तथा केन्द्रबाट प्रतिनिधिहरु खटाएर संगठन परिचालन र चुनावी तयारीलाई तीव्रता दिएको हो।
सुर्खेतमा यसअघि पार्टी सस्थापन (गगन पक्ष) संग कुनै पनि कार्यक्रममा सहभागी नभएका पूर्णबहादुर खड्कानिकट कतिपय नेता-कार्यकर्तासमेत पछिल्लो समय कांग्रेसको संस्थापन पक्षसँग आबद्ध भएर असोज ३ गते हुने निर्वाचनमा होमिएका थिए। यसले सुर्खेत कांग्रेसभित्र आगामी अधिवेशनलाई लिएर नयाँ राजनीतिक समीकरण र प्रतिस्पर्धाको वातावरण समेत बनाएको कांग्रेसका नेताहरू बताउँछन्।
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।
बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...