नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत ‘ब्लक एक’ को काम अगाडि नबढेपछि रक्षामन्त्री मानवीर राईले यसप्रति चासो देखाएका छन्। उनले यसको काम अघि बढाउन सहजीकरणका लागि चिनियाँ समकक्षीलाई आग्रह गरेका छन्। चिनियाँ ठेकेदारले काम अघि नबढाएपछि रक्षामन्त्री राइले सुरुमा नेपालका लागि चिनियाँ राजदूत र त्यसपछि चिनियाँ समकक्षीलाई सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
जर्मनीको बर्लिनमा आयोजना भएको एक कार्यक्रममा भाग लिन गएका रक्षामन्त्री राईले त्यहाँ साइडलाइन वार्ताका क्रममा चिनियाँ समकक्षी एच. ई. दोङजोनसँग चिनियाँ ठेकेदारका कारण द्रुतमार्ग आयोजना निर्माणमा ढिलाइ भएकाले सहजीकरण गरिदिन आग्रह गरेका थिए।
युएन पिसकिपिङ मिनिस्टरल सम्मेलनमा भाग लिन बर्लिन पुगेका बेला उनले चिनियाँ समकक्षीलाई चिनियाँ ठेकेदारका कारण द्रुतमार्ग निर्माणमा भैरहेको ढिलाइबारे अवगत गराएका थिए। ‘म बर्लिनमा पुगेका बेला त्यहाँ पुग्नुभएका चिनियाँ समकक्षीलाई चिनियाँ ठेकेदारले द्रुतमार्ग निर्माणमा गरेको ढिलाइबारे जानकारी गराएर सहजीकरण गरिदिन आग्रह गरेको हुँ,’ रक्षामन्त्री राईले नागरिकसँग भने।
उनले यसरी आग्रह गरेको पनि दुई महिना बढी भैसकेको छ। त्यसअघि उनले काठमाडौंस्थित चिनियाँ राजदूतसँग मन्त्रालयमा भेट गरी सहजीकरण गरिदिन आग्रह गरेका थिए।
द्रुतमार्ग निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले नेपाल सरकारसँग पेस्की लिएर पनि विभिन्न बहाना बनाएर काम अगाडि नबढाएपछि मन्त्री राईले मन्त्रालयमा चिनियाँ राजदूतसँग छलफल गरेका थिए। राजदूतसँगको छलफलले पनि काम नगरेपछि मन्त्री राईले चिनियाँ समकक्षीसँग कुराकानी गरेका थिए। गत वैशाख अन्तिम साता राई जर्मनी गएका थिए।
द्रुतमार्गको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राखिरहेका छन्। उनले प्रधानमन्त्री निवासमा सरोकारवालासँग छलफल गरिरहेका छन्। अहिले द्रुतमार्गको सुरु विन्दुको विवाद सुल्झाउने काम भैरहेको छ। प्रधानमन्त्री ओलीकै तहबाट यसलाई टुंग्याउनेगरी छलफल थालिएको छ।
रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार आयोजनाअन्तर्गत ८९ वटा पुल बनाउनुपर्नेमा ८५ वटाको निर्माण सुरु भैसकेको छ। रक्षा मन्त्रालयले हालसम्म ५ वटा पुल निर्माण सम्पन्न भएको जनाएको छ।
रक्षामन्त्री राईले मन्त्रालय सम्हालेपछि ८५ वटा पुल निर्माणका लागि आवश्यक खरिद सम्झौता भएको हो। उनी रक्षामन्त्रालय सम्हालेको एक वर्ष पुगेको छ। समष्टिगत कार्ययोजनाअनुसार १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म द्रुतमार्गको ६.५ किलोमिटरदेखि अन्तिम बिन्दु ७०.९७७ किलोमिटर खण्डमा पर्ने प्याकेज नं. १, २, ३, ४, ५, ६ ७, ८ क, ८ ख, ९ क, ९ ख र १० गरी १२ वटा निर्माण प्याकेजका लागि खरिद सम्झौता भई कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ।
प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको सुरु विन्दु निर्धारण, सवारीसाधन आवागमन व्यवस्थापन सम्बन्धी निर्णय र जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानपछि खरिद प्रक्रिया सुरु गर्ने गरी तयारी अवस्थामा रहेको पनि मन्त्रालयले जनाएको छ। त्यसका लागि प्रधानमन्त्री ओलीले रक्षामन्त्री राई र प्रधानसेनापति अशोकराज सिग्देलसँग पटकपटक छलफल गरेका छन्। रक्षामन्त्री राईले सोमबार बिहान सुरु विन्दु खोकना पुगेर वस्तुस्थिति अवकोलन गरेका थिए।
द्रुतमार्गको सुरु विन्दु निर्धारण तथा सवारीसाधन आवागमन व्यवस्थापन सम्बन्धमा इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पस रिसर्च एन्ड ट्रेनिङ युनिटमार्फत गरिएको अध्ययन प्रतिवेदनको सुझावका आधारमा छलफल गरिरहेको मन्त्रालयले जनाएको छ। यो विषयमा रक्षा मन्त्रालयले उपयुक्त विकल्प पहिचान गरी कार्यान्वयनमा लैजाने तयारी गरेको छ।
द्रुतमार्ग आयोजनाको कुल लागत दुई सय ११ अर्ब रुपैयाँ रहेकोमा २०८२ असार मसान्तसम्मको भौतिक प्रगति ४१.३७ प्रतिशत छ। वित्तीय प्रगति ४२.७४ प्रतिशत (मोबिलाइजेसनसहित) रहेको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०८१/८२ का लागि संशोधित विनियोजित बजेट १५.३० अर्ब रुपैयाँमध्ये १३.४६ अर्ब खर्च भैसकेको पनि मन्त्रालयले जनाएको छ।
आयोजनाअन्तर्गत सातवटा सुरुङमार्ग बनाउनुपर्छ। मन्त्रालयका अनुसार प्याकेज नं. २ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका र गढी गाउँपालिकामा निर्माणाधीन धेद्रे तथा लेनडाँडा सुरुङको ‘ब्रेक थ्रु’ भैसकेको छ। बाँकी सुरुङमार्ग निर्माण चरणमा रहेको मन्त्रालयले जनाएको छ।