लामो रस्साकस्सी र पटक–पटकको स्थगनपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा दिउँसो २ बजे बस्ने उक्त बैठकले पार्टीको आगामी १५औँ महाधिवेशनको टुंगो लगाउने अपेक्षा गरिएको छ।
यसअघि आइतबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै अन्तिम समयमा सोमबारका लागि सारिएको थियो।
गत असोज २८ गतेदेखि महाधिवेशनको कार्यतालिका र प्रक्रियाका विषयमा देखिएको आन्तरिक विवादमा सहमति जुटेसँगै आजको बैठक बस्न लागेको हो।
पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र शीर्ष नेताहरूबीचको सहमति अनुसार कांग्रेसको १५औँ महाधिवेशन आगामी २०८२ पुस २६ देखि २९ गतेसम्म गर्ने तयारी गरिएको छ।
यही सहमतिलाई औपचारिक रूप दिन आजको बैठक महत्त्वपूर्ण मानिएको छ। बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई निर्देशन दिइएको छ।
आइतबार कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको टोलीसँग छलफल गरी सभापतिको आग्रह बमोजिम सहमतिको प्रस्ताव तयार पारेका हुन्।
विगतमा महामन्त्री र सहमहामन्त्रीहरूले फरक–फरक प्रस्ताव पेस गर्ने चलन भए पनि यसपटक विवाद कम गर्न कार्यवाहक सभापतिमार्फत नै एकीकृत प्रस्ताव लैजान लागिएको हो।
काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
नेपाली कांग्रेस झापाले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार शर्माले जिल्लाका विभिन्न निर्वाचन क्षेत्रमा खानेपानी ट्याङ्की उद्घाटन, सहिद तथा व्यक्तित्वका सालिकमा माल्यार्पण र पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन्।
शर्माको कार्यक्रम तालिका यस्तो छ :
मंसिर १३ गते, आइतबार
- बिहान ९ बजे धुलाबारी खानेपानी ट्याङ्कीको उद्घाटन। - दिउँसो १:३० बजे क्षेत्र नम्बर ३ अन्तर्गत कचनकवल–७ मा चन्द्रमणि भट्टराईको सालिकमा माल्यार्पण तथा चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानमा कार्यकर्ता भेटघाट।
मंसिर १४ गते, सोमबार
- बिहान ११ बजे क्षेत्र नम्बर ४ अन्तर्गत कनकाई नगरपालिकामा तुर्सा हेमरमको सालिकमा माल्यार्पण तथा तुर्सा हेमरम स्मृति प्रतिष्ठानमा कार्यकर्ता भेटघाट। - दिउँसो १:३० बजे क्षेत्र नम्बर ५ को नेपाली कांग्रेस पार्टी कार्यालय दमकमा कार्यकर्ता भेटघाट।
मंसिर १५ गते, मंगलबार
- बिहान ११ बजे क्षेत्र नम्बर १ को अतिथि सदन धुलाबारीमा कार्यकर्ता भेटघाट। - दिउँसो १:३० बजे क्षेत्र नम्बर २ स्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा कार्यकर्ता भेटघाट।
नेपाली कांग्रेस झापाले शर्माको झापा भ्रमणका क्रममा हुने कार्यक्रम तथा भेटघाटबारे जानकारी गराएको हो।
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...