कांग्रेस र माओवादी केन्द्रले विवादित भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न रोके
२५ असार २०८२
•
५ मिनेट पाठ
कांग्रेस र माओवादी केन्द्रले विवादित भूमि विधेयक ‘फास्ट ट्रयाक’बाट पारित गर्न रोके
सत्तारुढ कांग्रेस र प्रतिपक्षी माओवादी केन्द्रले विवादित भूमि विधेयक फास्ट ट्रयाकबाट पारित गर्नबाट रोकेका छन्।




बुधबारको संभावित कार्यसूचीमा भूमि विधेयक पारित गर्ने उल्लेख थियो। कांग्रेस र माओवादी दुई दलको दबाबले बुधबारको संसद् बैठकको कार्यसूचीमा भूमि विधेयक राखिएन।

यो विधेयकलाई समितिमा लगेर छलफल गर्नुपर्ने दुवै दलको अडान रहेको छ। सर्वोच्च अदालतबाट संवैधानिक आयोगमा नियुक्त ५२ जनाको नियुक्ति सदर गरेसँगै कांग्रेसले माओवादी केन्द्रसँग हिमचिम बढाउन थालेको छ।

जसले यी दुई दलबिच विधेयक माथिको छलफलमा एउटै धारणा बन्न थालेको छ। सत्तारुढ दल एमालेले भने सदनबाट बुधबार नै पारित गर्ने प्रधानमन्त्री केपी ओलीको चाहनालाई साथ दिइरहेको थियो।

मङ्गलबार पारित गर्न लागिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार, कार्यविधि) सम्बन्धी विधेयक पारित गर्नमा कांग्रेस र माओवादी केन्द्र एकै ठाउँमा उभिएका थिए। जसका कारण पारित प्रक्रिया रोकिएको थियो। यो विधेयक बुधबार मात्र पारित भयो।

भूमि विधेयकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसद्को पूर्ण बैठकबाट अध्यादेश पारित गरेकै शैलीमा विधेयक अघि बढाउन खोजिएकोमा आफूहरूको आपत्ति रहेको बताएका थिए।

‘कांग्रेस पार्टी सरकारमा छ तर कांग्रेसकै सांसदका प्रस्ताव अस्वीकार गर्ने नियतका साथ विधेयक अघि बढाइएको भन्दै आपत्ति जनाएका थिए।

प्रचलित कानुन बमोजिम हदबन्दीको छुट लिँदा कुनै कृषि फार्म, चिया उद्योग जस्ता व्यावसायिक कृषि उद्योग प्रतिष्ठान, शिक्षण संस्था, स्वास्थ्य संस्था आदि प्रयोजनको लागि भनी छुट लिएको जग्गा सर्त बमोजिम उपयोग नगरी बाँझो राखेमा वा त्यस्तो जग्गामा घर घडेरी निर्माण गरेर विक्री गर्न पाइने छैन। भन्ने कांग्रेसका दुई महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले संशोधन प्रस्ताव दर्ता गराएका थिए।

यो प्रस्तावमा गिरिबन्धु टी स्टेटको हदबन्दी भन्दा बढी जग्गालाई पनि विक्री गर्न नपाउने गरी उनीहरूले संशोधन राखेका थिए। यो विधेयकमा ५५ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्।विद्यालय शिक्षा विधेयक पारित गर्नमा पनि कांग्रेस र एमालेबिच फरक धारणा आएको छ।  

संसदबाट अहिलेसम्म २३ विधेयक पारित

प्रतिनिधिसभाको बुधबारको बैठकले मङ्गलबार पारित गर्न रोकिएको संवैधानिक परिषद्को (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक पारित गरेको छ।

यो विधेयक दुवै सदनबाट पारित भएकाले संसद्को यो कार्यकालमा अर्थविधेक बाहेक २३ विधेयक पारित भएका छन्। यस छैठो अधिवेशनमा बैङ्किङ कसुर तथा सजाय विधेयक २०८० लाई २०८२ साल वैशाख २४ गते र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय २०८० लाई पनि २०८२ असार ४ गते प्रमाणीकरण गरिएको थियो।

संसदीय समितिमा अलपत्र रहेका र संसद् सचिवालयमा दर्ता भएका विधेयक अघि नबढे पनि २३ वटा विधेयक पारित हुनलाई उपलब्धि मूलक नै मान्नु पर्ने संसद् सचिवालयका अधिकारी बताउँछन्।

समितिमा रहेका र दर्ता भएका विधेयक अघि नबढ्नुले संसद्ले कानुन निर्माणमा प्रभावकारी काम गरेको हो भन्न त मिल्दैन तर २३ को सङ्ख्यामा विधेयक पारित भएकाले यसलाई नराम्रो पनि मान्न नमिल्ने उनले बताए।

विगतको तुलनामा गर्ने हो भने यो संख्या औसतमा एउटा अधिवेशनमा पारित हुने संख्या भन्दा पनि कम हुन्छ। विगतमा एउटै अधिवेशनमा ४० भन्दा बढी विधेयक पारित भएका छन्। 

२०७९ को आम निर्वाचन पछिको संसद्को पहिलो अधिवेशनमा कुनै विधेयक पारित भएनन्। दोस्रो अधिवेशनमा २०८० को जेठ १५ पछिको बजेटमा आर्थिक विधेयक पारित भए।

बजेट पारित भएसँगै मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भयो। जसलाई २०८० साउन १२ गते राष्ट्रपतिबाट प्रमाणीकरण भयो। त्यसपछि बर्खे अधिवेशनमा कुनै विधेयक पारित भएनन्।

अनुगमन तथा मूल्याङ्कन विधेयक तेस्रो अधिवेशनमा पारित भयो। यो विधेयक २०७६ सालमा फागुन २८ गते दर्ता भएको थियो। यसलाई २०८० चैत १६ गते पारित गरियो।

यसैगरी, तेस्रो अधिवेशनमा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९ पनि पारित भयो। यसलाई २०८० चैत ३० गते पारित गरियो।

तेस्रो अधिवेशनमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ लाई पनि पारित गरियो। यो विधेयक २०८१ वैशाख २३ गते प्रमाणीकरण भयो। यसैगरी चौथो अधिवेशनमा सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ पारित भयो। २०८१ असार १८ गते यो विधेयक प्रमाणीकरण भयो।  

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पनि चौथो अधिवेशनमा पारित भयो। यसलाई २०८१ असार २४ गते प्रमाणीकरण गरियो। चौथो अधिवेशनमा भन्सार महसुल विधेयक पारित भयो।

यसलाई २०८१ साउन १ गते प्रमाणीकरण गरियो। भने अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ लाई २०८१ साउन १४ गते प्रमाणीकरण गरियो।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक २०८१ भदौ १३ गते पारित भयो।

चाैंथो अधिवेशनमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ पारित भयो। यसलाई २०८१ असोज २२ गते प्रमाणीकरण गरियो। यसैगरी, नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई पनि २०८१ असोज २३ गते प्रमाणीकरण गरियो।

पाँचाैं अधिवेशनमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० र  विद्युतीय व्यापार विधेयक २०८०, विद्यालय सम्बन्धी विधेयक २०८०, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ लाई पारित गरी २०८१ चैत ३ गते प्रमाणीकरण भयो।

यसैगरी, सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१, निजीकरण (पहिलो संशोधन) विधेयक २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ लाई २०८१ चैत १८ गते प्रमाणीकरण गरियो।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
१० मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस