राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्रको तुलना गर्दै रास्वपा सांसद खत्रीले भने : दूरदर्शी नेता
०५ असोज २०८३
•
२ मिनेट पाठ
राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्रको तुलना गर्दै रास्वपा सांसद खत्रीले भने : दूरदर्शी नेता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजिव खत्रीले राजा महेन्द्रसँग प्रधानमन्त्री बालेन्द्र शाहको तुलना गर्दै राजा महेन्द्र अनुकरणीय व्यक्ति र दूरदर्शी नेता भएको बताएका छन्।




सामाजिक सञ्जालमा खत्रीले यस्तो बताएका हुन्। उनले माओ, लेनिन र स्टालिनको पथभन्दा महेन्द्र पथ हजारौँ गुणा राम्रो भएको दाबी गरेका छन्। महेन्द्र पथ नेपाली माटो, नेपाली भावना र राष्ट्रियताको पथ भएको उनको भनाइ छ।

'संजाल फिवर: फोटो तुलना! किन राजा महेन्द्र अनुकरणीय व्यक्ति होइन र? पक्का हो। माओ, लेनिन, स्टालिन पथभन्दा महेन्द्र पथ हजारौं गुणा राम्रो। महेन्द्र पथ नेपाली माटोको पथ हो, नेपाली भावनाको पथ हो, राष्ट्रियताको पथ हो,' उनले भनेका छन्।

खत्रीले विगतका विभिन्न सरकारका कामकारबाहीमाथि प्रश्न उठाउँदै २० वर्षमा एउटा उद्योग र जलन अस्पताल बनाउन नसकेको, बुढीगण्डकी बेचेको, वाइडबडी तथा टेरामक्समा घोटाला गरेको र नक्कली लडाकुका नाममा २१ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लगाएका छन्।

उनले नक्कली शरणार्थी र गिरीबन्धु प्रकरणको समेत उल्लेख गरेका छन्। '२० वर्षमा एउटा उद्योग बनाउन नसक्ने को? एउटा जलन अस्पताल बनाउन नसक्ने को? के महेन्द्रले बुढीगण्डकी बेचेका हुन्? के महेन्द्रले वाइडबडी र टेरामक्समा घोटाला गरेका हुन्? के महेन्द्रले नक्कली लडाकुको नाममा २१ अर्ब हजम हरेका हुन्? के महेन्द्रले नक्कली शरणार्थी र गिरीबन्धु काण्ड घटाएका हुन्?' उनले प्रश्न गरे।

राजा महेन्द्र राजा मात्र नभई दूरदर्शी नेता पनि भएको दाबी गर्दै खत्रीले उनलाई अनुकरणीय नेता, राष्ट्रिय रक्षक, राष्ट्रिय अभिभावक तथा राष्ट्रिय विकासको जग निर्माता भनेका छन्।

पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता र राजा महेन्द्रलाई राष्ट्रिय रक्षकका रूपमा चित्रण गर्दै उनले नेपाली हुनुका कारण महेन्द्रप्रति विशेष आत्मीयता रहेको बताए। उनले देशमा नाम र काम परिवर्तन आवश्यक रहेको धारणा पनि व्यक्त गरेका छन्।

'वास्तवमा महेन्द्र राजा मात्र थिएनन् दूरदर्शी नेता पनि थिए। महेन्द्र अनुकरणीय नेता हुन्। पृथ्वीनारायण शाह राष्ट्रनिर्माता हुन् भने राजा महेन्द्र राष्ट्रिय रक्षक, राष्ट्रिय अभिभावक, राष्ट्रिय विकासको जग निर्माता हुन्,' उनले लेखेका छन्, 'हो माओ, लेलिन, माक्सप्रति सम्मान छ तर त्योभन्दा पनि नेपाली हुनुले हामीलाई महेन्द्र प्यारो छ। उनी हाम्रा देशका हुन्। त्यसैले नाम र काम परिवर्तन आवश्यक छ।'
अर्को समाचार
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
१ घण्टा अघि
•
० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।




समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।

नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।

सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस