जेनजी पुस्ताको आन्दोलनबाट मुलुकमा विषम परिस्थिति उत्पन्न भएको अवस्थामा नागरिक समाजका अगुवा संस्थाले संवैधानिक प्रक्रिया र न्यायोचित संवादबाट निकास निकाल्न आग्रह गरेका छन् ।
शान्ति र लोकतन्त्रका लागि पेशागत संस्था पापडले यस्तो आग्रह गरेको हो । आन्दोलनलाई सुरक्षित अवतरण गरी शान्ति र लोकतन्त्रलाई सुदृढ गर्दै लैजानुको विकल्प नभएको बताउँदै तत्काल शान्तिपूर्ण समाधानका लागि संवैधानिक, लोकतान्त्रिक, राजनीतिक र न्यायोचित संवाद र प्रक्रियाको माध्यमबाट अघि बढ्न आग्रह गरेको छ ।
नेपाल पत्रकार महासंघ, नेपाल बार एशोसिएन, इन्जिनियरिङ एशोसिएसन, नेपाल चिकित्सक संघ, नेपाल प्राध्यापक संघ, नेपाल शिक्षक महासंघले संयुक्त विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेका हुन् ।
जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागहरूलाई समेटदै सर्ब स्वीकार्य लोकतान्त्रिक प्रक्रिया मार्फत उन्नत लोकतन्त्रको अभ्यासमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘यो परिवर्तनको गहिरो आवाज हो भन्ने हामीले बुझेका छौं’, ती पेशागत संस्थाले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्टाचार र वेथितिका विरुद्ध उठेको युवाहरूको शान्तिपूर्ण आवाजलाई दबाउन गरिएको सरकारी दमन पश्चात उत्पन्न परिस्थितिले देशको सरकारी, सार्वजनिक, निजी भौतिक पूर्वाधारको क्षतिले सामाजिक र संस्थागत संरचना ध्वस्त भएको छ ।’
अहिलेको कठिन घडिमा संयमता, संवेदनशीलता, दूरदर्शिता अपनाउदै इतिहासको यो निर्णायक मोडमा जिम्मेवार बन्न सबै पक्षलाई अपिल गरेको छ ।
काठमाडौं । ४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको छ।
समितिले आज (शनिबार) दिउँसो ३ बजे काठमाडौंको असन डबलीमा विरोध कार्यक्रम आयोजना गर्न लागेको हो।
नेपाली कांग्रेस काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले विरोध कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन सबै सञ्चारकर्मीलाई आग्रह गरेका छन्।
सरकारको निर्णयको विरोधमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा समितिका नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ।
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...