गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड पोस्ट गठन
१३ माघ २०८२
•
३ मिनेट पाठ
गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड पोस्ट गठन
फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको छ। सोमबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेसँगै सरकारले निर्वाचनका लागि केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको हो।




गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय कमान्ड पोस्टमा चार वटै सुरक्षा निकायका अधिकारीहरू सम्मिलित छन्। यो कमान्ड पोस्ट केन्द्रीय सुरक्षा समितिको निर्देशनमा सञ्चालन हुनेछ। कमान्ड पोस्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू छन्। यसका अतिरिक्त गृह मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधिहरू सम्मिलित केन्द्रीय संयुक्त निर्वाचन सेल पनि बनेको छ।

निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२’ तयार गरेपछि केन्द्रीय कमान्ड पोस्ट र निर्वाचन सेल बनेका हुन्। हाल चारै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयले यिनलाई कार्यान्वयनको तहमा लानेछन्। प्रदेश स्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रमुख तथा आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य रहने गरी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेल गठन भइसकेका छन्। यसैअनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लाई आमन्त्रित सदस्य राखिएको छ।

वर्तमान सुरक्षा अवस्थालाई ध्यानमा राख्दै चारै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागबिच आपसी समन्वयलाई थप प्रभावकारी बनाउन कमान्ड पोस्ट सहयोगी बन्नेछ। सबै सुरक्षा निकायले सहकार्य, सूचनाको तत्काल आदानप्रदान र संवेदनशील क्षेत्रको प्रिअक्टिभ सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्ने काम पनि कमान्ड पोस्ट र निर्वाचन सुरक्षा सेलले गर्नेछ। यसका अतिरिक्त चार वटै सुरक्षा निकायले आफ्ना कार्यालयमा कमान्ड पोस्टहरू राखेर काम थालिसकेका छन्।

सुरक्षा घेराको पहिलो रोस्टरमा नेपाल प्रहरी र मतपेटिका सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिने गरी जिम्मेवारी बाँडफाँटमा परेको छ। सशस्त्र प्रहरी बललाई सबै निर्वाचन क्षेत्रमा (अति संवेदनशील, संवेदनशील र सामान्य) परिचालन गरिने भएको छ। सशस्त्र प्रहरी सुरक्षाको दोस्रो घेरामा रही अन्य सुरक्षा निकायसँग समन्वयात्मक रूपमा काम गर्ने जनाएको छ। नेपाल प्रहरी र नेपाली सेनाको भूमिका पनि समन्वयात्मक हुनेछ। निर्वाचनमा खटिनुअघि सम्पूर्ण सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिइनेछ।

निर्वाचन सुरक्षाको सुपरिवेक्षण, समन्वय र सहजीकरणका लागि नेपाल प्रहरीले केन्द्रसँगै सबै प्रदेशमा सेल तथा कमान्ड पोस्ट गठन गरिसकेको छ। सशस्त्रले पनि बाहिनी मुख्यालयमा बाहिनी निर्वाचन सेल र जिल्लाका गण/गुल्महरूमा क्रमशः गण/गुल्म निर्वाचन सेल गठन गरिसकेको छ। सुरक्षाकर्मीहरू मोबाइल, स्ट्राइकिङ, क्युआरटी/रिजर्भ, निर्वाचन क्षेत्र सुरक्षा, सुरक्षा बेस, कमान्ड पोस्ट र जेइओसी, कार्यालय सुरक्षा/स्ट्यान्डबाई, जिल्लास्थित निर्वाचन कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षालगायत क्षेत्रमा आवश्यक बन्दोबस्तीसहित परिचालन हुनेछन्। निर्वाचन क्षेत्रहरूको भौगोलिक अवस्था र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मोबाइल र स्ट्राइकिङ टोली परिचालन गर्ने गरी तयारी गरिएको छ।

सरकार सुरक्षा बेस स्थापना गरेर अघि बढ्न लागेको छ। एक महिनाअघि नै निर्वाचन क्षेत्र सुरक्षा बेस स्थापना गर्ने गरी एकाध दिनमै सुरक्षा बेस स्थापना हुनेछ। स्ट्राइकिङ तथा मोबाइल टोली निर्वाचनको १५ दिनअघिदेखि आवश्यक बन्दोबस्तीसहित परिचालन गरिने गृह मन्त्रालयले जनाएको छ। 

प्रदेश तहबाट समन्वय गर्न सात वटै प्रदेशमा प्रमुख सचिवको नेतृत्वमा प्रदेशका सुरक्षा प्रमुखसहितको ‘प्रदेश कमान्ड पोस्ट’ र प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको नेतृत्वमा प्रदेश निर्वाचन सेल बनिसकेका छन्। ७७ वटै जिल्लामा प्रजिअको नेतृत्वमा पनि सुरक्षा संयन्त्रलाई निर्वाचन सुरक्षामा सक्रिय पारिएको पनि मन्त्रालयले जनाएको छ।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
२७ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस