बालेन्द्र ‘साह’ कि ‘शाह’
०५ फागुन २०८२
•
३ मिनेट पाठ
बालेन्द्र ‘साह’ कि ‘शाह’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको थरमा विवाद देखिएको छ। बालेन्द्र ‘शाह’ कि ‘साह’ भन्ने शब्दमा विवाद देखिएपछि कानुनी उपचारको खोजीसमेत हुन थालेको छ। नेपाली समुदायमा यी दुवै शब्द प्रचलनमा छन्। दुवै शब्द नेपालमा प्रचलित दुई समुदायले अलगअलग प्रयोग गर्दै आएका छन्।




भावी प्रधानमन्त्रीको दाबीसहित झापा–५ मा उम्मेदवारी दिएका बालेन्द्रले दिएको अभिव्यक्तिपछि यी दुई शब्द (पहिलो अक्षरमा फरक) मा बहस पनि सुरु भएको छ। प्रधानमन्त्रीका रूपमा प्रस्तावित बालेन्द्रले आफूलाई मधेसको छोरो भनी गौरव गर्दै मधेसी पहिचानसहितको परिचय दिँदा नागरिकतामा देखिएको अक्षरले विवाद ल्याएको हो। ‘म मधेसको तेली साह होइन, जुम्लाको ठकुरी शाह पनि होइन। पूर्वराजा ज्ञानेन्द्रजस्तो शाह पनि होइन। म सूर्यवंशी राजपरिवारको सन्तान हुँ’ भनी बालेन्द्रले दिएको अभिव्यक्ति यसअघि चर्चामा आएको थियो। २०८२ माघ ५ गते जनकपुरको सभामा आफूलाई मधेसी भनेर चिनाएपछि उनको थरबारे देशव्यापी चर्चा हुन थालेको हो।

बालेन्द्रले सुरुमा लिएको नागरिकतामा थर ‘साह’ नै उल्लेख भएको देखिन्छ। उनले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट नागरिकता प्रमाणपत्र नम्बर ५१९२ को नागरिकता २०६३ पुस ६ मा लिएका थिए। त्यसमा थर ‘साह’ नै लेखिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिति २०७९ असार १९ गते प्रथम प्रतिलिपि लिँदा उनले ‘साह’लाई ‘शाह’ बनाएको देखिन्छ। यसलाई अनधिकृत रूपमा नागरिकतामा उल्लिखित जात/थर परिवर्तन गराएको अर्थमा लिइएको छ। सोही प्रतिलिपिमा उनले आफ्नो बुबा (स्व. रामनारायण साह) को नामको थर ‘साह’को ठाउँमा ‘शाह’ राखेको देखिन्छ। तर यो उनले आफैँ गराएका हुन् वा प्रशासनको त्रुटि हो भनेर खुलेको छैन। यसरी ‘स’ र ‘श’ मा देखिएको फरक उनका मातापिता र दाजुको नागरिकतामा समेत देखिएको छ।

उनले प्रचलित कानुनको उल्लंघन गर्दै वास्तविक विवरण लुकाउने, ढाँट्ने र प्रशासनलाई समेत भ्रममा पार्ने कार्य गरेका हुन् कि होइनन् भन्ने विषयमा केही बताइएको छैन। नागरिकलाई प्राप्त उनको परिवार दाजु कौशलेन्द्र साहको नागरिकतामा भने पुरानै थर देखिएको छ। रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि उनी देशदौडाहमा छन्। यही सन्दर्भमा उनले थर फेरेको विषय चर्चामा आएको हो। यो विषयमा कुरा गर्न उनको सचिवालयमा रहेका कुमार बेनसँग सम्पर्क गर्न कोसिस गर्दा पनि सम्भव हुन सकेन। उनलाई एसएमएसबाट पनि कुरा गर्न खोजियो तर जवाफ आएन।

नागरिकताको विवरणको अनधिकृत हेरफेर गरेको कुरा उनका दाइ कौशलेन्द्र साहको नागरिकता विवरणबाट समेत प्रस्ट भएको छ। कौशलेन्द्र साहको नागरिकता जारी मिति २०६३ पुस ६ गते र प्रथम प्रतिलिपी २०७८ मंसिर १५ मा लिएको र सो नागरिकतामा उनको नाम कौशलेन्द्र साह र बुवाको नाम रामनारायण साह नेपाली नै रहेको देखिन्छ। यसरी कौशलेन्द्र साह दाइ र बालेन्द्र शाह भाइको नागरिकता विवरणको थरमा ‘साह’ र ‘शाह’ भिन्न हुनुले पनि विवाद बढ्न सक्ने आकलन गरिएको छ।

नेपाली समाजमा शाह र साह दुवै थर प्रयोगमा रहे पनि यिनीहरूको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि फरक छ। शाह मुख्यतः नेपालको राजपरिवार (गोर्खाली राजा) सँग सम्बन्धित छ भने ‘साह’ तराई क्षेत्रमा प्रचलित मधेसी समुदायको थर हो, जसको अर्थ सामान्यतया व्यवसायी वा साहुजी हुन्छ। बालेन्द्र शाहले प्रथम पटक लिएको नागरिकतामा भरिएको विवरण सच्याउने हो भने सोको आधार र कारण (आवश्यक प्रमाण) समेत पेस गर्नुपर्ने हुन्छ। सो व्यवस्था नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ को दफा १७ मा छ। तर आफ्नो थर नै संशोधन गर्नुपर्ने कुनै कानुनी एवं सांस्कृतिक आधार कारण नभए सच्याउन पाइँदैन।

नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन २०६३ को दफा १२ मा ‘कुनै नेपाली नागरिकले झुटो विवरण दिई नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमाणित हुन आए तोकिएको अधिकारीले त्यस्तो नागरिकता रद्द गर्नेछ’ भन्ने व्यवस्था रहेको हुँदा बालेन्द्र शाहले आफ्नो र मातापिताको थरमा कानुनविपरीत गरेको पाइए उनको नागरिकतासमेत रद्द हुन सक्नेछ। कानुनले ‘सानातिना त्रुटि’ जस्तै ‘कुमारी’, ‘देवी’, ‘बहादुर’, ‘प्रसाद’ जस्ता शब्द बढी राखिएको वा छुटेको वा आकार–इकारमा रहेका फरक कुरा मात्र सच्याउन सक्ने व्यवस्था गरेको छ। उनको थर फरक परेको विषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी पुगे पनि दर्ता नभएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले उनको थर विवादको विषयमा कुनै उजुरी र गुनासो नआएको बताए। ‘काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कुनै उजुरी र गुनासो आएको छैन,’ प्रजिअ पौडेलले भने।
अर्को समाचार
को हुन् बालेन्द्र शाह ?
१३ चैत्र २०८२
•
२ मिनेट पाठ
को हुन् बालेन्द्र शाह ?
काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी भएका हुन्। प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मेयरबाट राजीनामा दिएका उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन्। रास्वपा शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो। रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको छ। शाहले शुक्रबार कार्यकारी प्रधानमन्त्री पदको शपथसँगै मुलुकको बागडोर सम्हाल्ने छन्।




शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो। उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन्। उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो।

काठमाडौं नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन्। उनले स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन्। त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन्। भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ।

२०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर उनी पुनःनिर्माणको काममा संलग्न भएका थिए। भूकम्प र कोभिड महामारीका बेला विभिन्न तरिकाले सामाजिक र पेसागत कार्यमा सक्रिय रहेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भए। बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत भएर काम गरेका उनी ¥याप ब्याटल गायक पनि हुन्।  

उनी नेपाली ¥याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन्। उनी लामो समयदेखि संगीतको यो विधामा संलग्न छन्। ¥याप गायक उनका देश विदेशमा थुप्रै प्रशंसक छन्। सानैदेखिे संगीत र कवितामा पनि रुचि राख्ने उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा गाएका थिए। यो गीत उनले कक्षा ९ मा पढ्दा लेखेको बताइन्छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५१ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस