एमालेमा नेतृत्व पुनर्गठन गर्न चौतर्फी दबाब
२० असोज २०८२
•
५ मिनेट पाठ
एमालेमा नेतृत्व पुनर्गठन गर्न चौतर्फी दबाब
नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पार्टी अध्यक्ष केपी शर्मा ओली महाधिवेशनको मिति तोक्ने तयारीमा छन्। विधान महाधिवेशन सकिएपछि नेतृत्व चयनका लागि ११औँ महाधिवेशनको मिति तोक्ने तयारीमा उनी लागेका हुन्। 




असोज २४ गतेका लागि बोलाइएको सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीले महाधिवेशनको मिति प्रस्ताव गर्ने बताइएको छ। एमालेले सचिवालय बैठकलगत्तै केन्द्रीय कमिटीको पनि बैठक बोलाएको छ। सचिवालय बैठकमा महाधिवेशनको मिति तय भएन भने केन्द्रीय कमिटीको बैठकबाट मिति तय हुन सक्ने एक पदाधिकारीले बताएका छन्। 

मुलुकमा जेनजी आन्दोलनपछि उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, सचिव योगेश भट्टराई, गोकर्ण विष्टलगायतले पार्टीमा अभिभावक भएर बस्न ओलीलाई आग्रह गर्दै आएका छन्। उनीहरूले नेतृत्व हस्तान्तरण गरेर समयानुसार पार्टीलाई अगाडि बढाउन माग गरिरहेका छन्। 

भदौ २४ को सचिवालयको बैठकमा औपचारिक रूपमा आफ्नो धारणा राख्दै यसलाई केन्द्रीय कमिटीको बैठकमा पनि छलफल गर्ने जनाइएको छ। यद्यपि पार्टीलाई संकट परेको र अध्यक्ष ओलीमाथि प्रहार भएको अवस्थामा अहिले नै राजीनामा दिन नहुने भन्दै उनीनिकट नेताहरूले लबिइङ गरिरहेका छन्। 

‘एमालेभित्र चलिरहेको नेतृत्व परिवर्तनको बहस अहिले बाहिर आएको छ। नेतृत्व परिवर्तनले पार्टीलाई बलियो बनाउँछ भन्नेहरू र अध्यक्षको विरोध गर्नहुन्न भन्नेहरूबिच विवाद चलिरहेको छ,’ एक पदाधिकारीले भने। सचिवालयका केही सदस्यले महाधिवेशनअघि नै अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक दिएर महाधिवेशनमा जान सुझाव दिएका छन्। 

तर ओलीले यो विषयलाई अस्वीकार गर्दै आएका छन्। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनको विषयमा केन्द्रीय कमिटीको बैठकमा छलफल हुन सक्ने र त्यसको मोडालिटी पनि त्यही बैठकमा हुन सक्ने बताए। ‘विधान महाधिवेशनपछि नेतृत्व चयनको महाधिवेशन गर्ने हाम्रो सोच नै हो। यसबारे केन्द्रीय कमिटी बैठकमा छलफल हुन सक्छ,’ उनले भने। 

एमालेभित्र पार्टी पुनर्गठनको विषयमा बहस चलिरहे पनि अध्यक्ष ओली भने अहिले नै नेतृत्व छाडिहाल्ने पक्षमा छैनन्। उनले पार्टीमाथि संकट परेको बेला नेतृत्व छाड्न नहुने धारणा राख्दै आएका छन्। जेनजी आन्दोलन र त्यसले राष्ट्रिय राजनीतिमा पारेको प्रभावबारे असोज १२ गते बसेको सचिवालय बैठकमा छलफल भएको थियो। बैठक लम्बिएपछि असोज १९ र २० गतेलाई निरन्तरता दिइएको थियो। तर मुलुकमा बाढीपहिरो आएका कारण बैठक असोज २४ गतेका लागि सारिएको थियो। एमालेले असोजको अन्तिम साता बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाइसकेको छ। दुई दिनका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकमा नेतृत्वबारे खुलेर छलफल हुने बताइएको छ। 

जनवर्गीय संगठनहरूले लिखित रूपमै पार्टी अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गर्न सुझाइसकेको छ। एमालेको ‘थिंक ट्यांक’ मानिने नेपाल बौद्धिक परिषद्ले पार्टीभित्र निर्मम समीक्षा गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्न सुझाएको हो। परिषद्ले मिति २०८२ असोज १ गते सचिवालय बैठक बसी वर्तमान परिस्थितिबारे निर्मम ढंगले समीक्षा गरी पार्टी नेतृत्वलाई सुझाव हस्तान्तरण गरेको थियो। पार्टी अध्यक्ष ओलीका नाममा सम्बोधन गरिएको सुझावसम्बन्धी तीन पानाको तीन बुँदे पत्र परिषद्का अध्यक्ष ई. गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरे पनि यसलाई पार्टीले बाहिर ल्याएको छैन। परिषद्ले सुझावको पहिलो बुँदामै ओलीलाई नेतृत्व छाड्न सुझाव दिँदै त्यसका लागि महाधिवेशनसमेत कुर्न नहुने बताएको छ। 

सुझावमा केन्द्रीय कमिटीबाटै विधानबमोजिम नेतृत्व हस्तान्तरण गर्न भनिएको छ। ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ। पार्टीको नेतृत्व विधिवत् हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नुपर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधिनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ,’ सुझावमा भनिएको छ। 

वाम एलायन्सको प्रयास
नेकपा माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका दलहरूसँग पार्टी एकताको प्रयास गरिरहेको छ। पार्टीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा एकताबारे भएको छलफल भएको थियो। समाजवादी मोर्चामा रहेका नेकपा एकीकृत समाजवादी, उपेन्द यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालसँग माओवादीले सहकार्यको प्रस्ताव गर्दै माओवादी केन्द्र एकताको प्रयासमा लागेको हो। माओवादी केन्द्रले एमालेबाहेकसँग वाम एलाइन्सको प्रस्ताव पनि गरिरहेको स्रोतको दाबी छ। माओवादी केन्द्रले दलहरूका बिचमा निर्वाचनमा जाने आम सहमति बनाउने कोसिस पनि गरिरहेको छ। 

पार्टीको महाधिवेशन आयोजक समितिको सोमबार बसेको सचिवालय बैठकमा यस्तो समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। ‘निर्वाचनमा जान मूलतः पार्टीहरूसित हामीले छलफल गरिरहेका छौँ। छलफल सकारात्मक छ,’ बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सापकोटाले भने, ‘अहिले त करिबकरिब चुनावमा जाने सहमति छ। पार्टीका बैठकहरू बसिरहेका छन्। कांग्रेसको पनि एमालेको पनि बैठक बस्दै छ। चुनावमा जाने कुरामा आम सहमतिजस्तै बन्दै छ। ’

संविधान र व्यवस्था जोगाउन निर्वाचनको विकल्प नभएको पनि सापकोटाले बताए। ‘चुनाव गरेर मात्रै अहिलेको संविधानलाई निरन्तरता दिने, व्यवस्थालाई जोगाउने, सबै कुराको पहलकदमी लिने कुरा चुनावले मात्रै गर्न सक्छ,’ उनले भने। त्यसकारण चुनाव गर्ने कुरालाई माओवादी केन्द्रले शीर्ष प्राथमिकतामा राखेको उनको भनाइ थियो। दलहरू निर्वाचनमा आम सहमति बनाइरहँदा सरकारका तर्फबाट भने मूर्त रूपमा छलफल नभएको भन्दै प्रवक्ता सापकोटाले टिप्पणी गरे। ‘अहिले बाढीपहिरोले गर्दा होला, सरकारका तर्फबाट ठोस, मूर्त र अलिकति प्रभावकारी ढंगबाट छलफल भएको छैन,’ उनले भने। सोमबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग पार्टी एकताबारे वार्ता सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका थिए। 
अर्को समाचार
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
११ मिनेट अघि
•
१ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

देउवा समूहले चुनाव चिह्न रुख र चारतारे झण्डा प्रयोग गरेर महाधिवेशन गर्न लागेपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री प्रदीप पौडेलले बैठकका निर्णय सार्वजनिक गरे।

पार्टीको नाम, लेटरप्याड, ब्यानर, चारतारे झण्डा तथा चुनाव चिह्न रुखको अनधिकृत प्रयोग गरी भेला र महाधिवेशनका नाममा गतिविधि सञ्चालन भइरहेकोप्रति केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण भएको पौडेलले बताए।

‘यस्ता गतिविधिले पार्टीको वैधानिक पहिचान र संस्थागत मर्यादामा आँच पुर्‍याउनुका साथै आम नागरिक तथा नेपाली कांग्रेसप्रति आस्थावान् सदस्य एवं शुभेच्छुकहरूमा भ्रम सिर्जना भइरहेको छ,’ महामन्त्री पौडेलले भने।

पार्टीको आग्रह र अपिलविपरीत अनधिकृत गतिविधि सञ्चालन गरे विधान तथा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाउने निर्णय बैठकले गरेको छ।

‘आग्रह र अपिलका बाबजुद त्यस्ता अनधिकृत गतिविधि सञ्चालन गर्ने, गराउने तथा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक गतिविधिका रूपमा भ्रामक ढंगले प्रस्तुत एवं प्रचारप्रसार गर्ने व्यक्ति वा समूहका विरुद्ध पार्टीको विधान तथा प्रचलित नेपाल कानुनबमोजिम आवश्यक कारबाही गर्न कानुनी प्रक्रिया अगाडि बढाउने निर्णय यो बैठक गर्दछ,’ बैठकको निर्णयमा उल्लेख छ।

पौडेलका अनुसार बैठकले कांग्रेसको नाम, लेटरप्याड, झण्डा, चुनाव चिह्न तथा अन्य आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग गरी कुनै पनि गतिविधि सञ्चालन नगर्न-नगराउन र आधिकारिक गतिविधिका रूपमा प्रचारप्रसार नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

देउवा समूहले भ्रमपूर्ण कार्य गरिरहेको भन्दै बैठकले त्यस्ता कार्यमा विश्वास नगर्न र त्यस्ता गतिविधिमा नलाग्न पार्टीका सबै सदस्य, तहगत समिति तथा शुभेच्छुकहरूमा हार्दिक अपिलसमेत गरेको छ



देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस