नेकपा एमालेका नेता तथा निवर्तमान शिक्षामन्त्री रघुजी पन्तले जेन-जी आन्दोलनका क्रममा आफूलाई मन्त्री क्वार्टरबाट नेपाली सेनाले उद्धार (रेस्क्यु) गरेर भैरवनाथ गणमा लगेको बताएका छन्।
उनले उक्त संकटपूर्ण अवस्थामा भैरवनाथ गणभित्रै आफ्नो पूर्वगृहमन्त्री रमेश लेखकसँग भेट र कुराकानी भएको सुनाए।
सोमबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानीका क्रममा उनले आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न सुरक्षा चुनौतीबारे यो प्रसंग उल्लेख गरेका हुन्।
आन्दोलनकारीको भीड मन्त्री क्वार्टरतिर अघि बढ्दै गर्दा त्यहाँको परिस्थिति तनावपूर्ण बनेको थियो। त्यही बेला सुरक्षा निकायले मन्त्रीहरूलाई सुरक्षित स्थानमा सार्ने क्रममा आफूलाई पनि सेनाले उद्धार गरेको पन्तले बताए।
‘त्यहाँ (भैरवनाथ गणमा) पूर्वगृहमन्त्री रमेश लेखकजीसँग पनि भेट भयो,’ पन्तले भने, "हामीबीच कुराकानी भयो ।" यद्यपि, उनले कुराकानीको विस्तृत विवरण भने खुलाएनन् ।
यो घटनाले आन्दोलनको संवेदनशीलता र सुरक्षा व्यवस्थापनको कमजोरीलाई उजागर गरेको उनको भनाइ थियो । नेतृत्वविहीन आन्दोलनमा घुसपैठ भएर अराजक तत्वहरूले हिंसात्मक गतिविधि गराएको र त्यसको पूर्वानुमान गर्न राज्यका सुरक्षा र गुप्तचर निकायहरू चुकेको उनले विश्लेषण गरे ।
उनले भने, "एउटा शान्तिपूर्ण भनिएको आन्दोलनले यस्तो रूप लियो कि मन्त्रीहरूलाई क्वार्टरबाटै सेनाले उद्धार गर्नुपर्ने अवस्था आयो । यसले स्थितिको गम्भीरतालाई देखाउँछ ।"