सिन्धुपाल्चोक २ (ख): गठबधन र एमालेबीच चर्को प्रतिस्पर्धा
०१ मंसिर २०७९
•
३ मिनेट पाठ
सिन्धुपाल्चोक २ (ख): गठबधन र एमालेबीच चर्को प्रतिस्पर्धा
प्रतिनिधि सभा क्षेत्र नंं १, प्रदेश सभा (ख) मा गठबन्धन र एमाले उम्मेदवारबीच चर्को प्रतिस्पर्धा हुने देखिएको छ।




यहाँ गठबन्धनबाट कांग्रेसका कृष्णकुमार तामाङ (समिर) र एमालेका हस्त पण्डितबीच द्धिपक्षीय प्रतिस्पर्धा हुँदै छ। पण्डित ‘हेभिवेट’ उम्मेदवार हुन्। २९ वर्षका तामाङलाई गठबन्धनको बलियो साथ छ। गत वैशाखमा सम्पन्न स्थानीय चुनावको मतको आधारमा यहाँ गठबन्धनभन्दा एमाले तीन हजार भोटले मात्र पछाडि छ।

हेभिवेट उम्मेदवार पण्डितका लागि यो ठूलो मतान्तर हैन। त्यसैले यहाँको चुनाव निकै प्रतिस्पर्धात्मक र रोचक हुने देखिएको छ। पण्डित एमाले जिल्ला अध्यक्ष हुन्। राजनीतिमा भर्खरै बामे सर्दै गरेका तामाङ वडा इकाइ सभापति छन्। कांग्रेसको १४ औँ महाधिवेशनमा उनी क्षेत्रीय सभापतिको उम्मेदवार बनेर पराजित भएका थिए। संसदीय चुनावमा दुबै नयाँ अनुहार हुन्।

२०७४ को स्थानीय तह चुनावमा हेलम्बु गाउँपालिका अध्यक्षको उम्मेदवार बनेर पराजित भएका थिए। त्यसअघि उनी २०५४ को स्थानीय निकाय निर्वाचनमा साविक इचोक गाविस अध्यक्षमा पराजित भएका थिए। पार्टी बाहिरको चुनावमा अभागी सावित हुँदै आएका पण्डित योपटक हारको शृंखला तोडेर जितको स्वाद चाख्ने दाउमा छन्।

कांग्रेसका युवा नेता तामाङ पहिलो अवसरलाई खेर फाल्ने पक्षमा छैनन्। उनी यसैपटक चुनाव जितेर बाजी मार्न चाहन्छन्। गत वैशाखको स्थानीय तह निर्वाचनमा मेलम्ची नगरपालिका प्रमुखमा पार्टी उम्मेदवार बिजयी बनाउने चुनावी कमाण्डर हुन् तामाङ। मेलम्ची बाढी र कोरोनाकालमा गरेको कामले उनी मेलम्ची क्षेत्रमा लोकप्रिय छन्।

मेलम्ची बाढीमा हेलम्बु क्षेत्रमा खटिएर एमालेका पण्डितले गरेको काम र खबरदारीलाई धेरैले प्रशंसा गर्दै आएका छन्। सरल र शालिन व्यक्तित्वका धनी उनी यस क्षेत्रमा सबै माझ लोकिप्रिय छन्।

यो प्रदेशमा मेलम्ची नगरपालिकाका १० वटा वडा, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिका समेटिएका छन्। २०७४ को प्रदेश सभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई हराउँदै कांग्रेसका निमा लामा निर्वाचित भएका थिए। उनले ९७ मतान्तरले बाजी मारेका थिए। लामाले १८ हजार ९ सय ५ मत पाउँदा एमालेको साथ पाएका माओवादीका दावा तामाङले १८ हजार ७ सय ८ भोट ल्याएका थिए।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले ल्याएको मतलाई आधार मान्दा यहाँ गठबन्धन एमालेभन्दा मात्र तीन हजार ८८ भोटले अघि छ। गठबन्धसँग २१ हजार ४ सय १५ मत रहँदा एमाले एक्लैसँग १८ हजार ३ सय २७ भोट छ। गठबन्धनका कांग्रेसले १६ हजार २५, माओवादीले ४ हजार ५ सय ५६ र एकीकृत समाजवादीले ८ सय ३४ मत ल्याएका थिए।

गठबन्धनका उम्मेदवार स्थानीय चुनावको मत संरक्षण गर्दै जानजाातिको थप भोट ल्याएर राम्रै मतान्तरले जित्ने दाउमा छन्। यो जनजाति बाहुल क्षेत्र हो। जनजाति उम्मेदवार भएकाले उनीहरुको भोट तान्ने अवसर कांग्रेसका तामाङलाई छ।

एमालेका पण्डित भने जनजाति मत कांग्रेसमा जानबाट रोक्दै गठबन्धनमा असन्तुष्ट कांग्रेस, माआवादीको मत तानेर बाजी मार्ने रणनीतिमा छन्। उनीहरु दुबै राप्रपाको मतसमेत तान्ने सोचाइमा देखिन्छन्। यो क्षेत्रमा राप्रपाको राम्रै मत रहेको अघिल्ला निर्वाचनको तथ्यांकले देखाउँछ। यहाँबाट जसले जनजाती र राप्रपाको मत आकर्षित गर्न सक्छ, उसैको जितको सम्भावना रहेको जानकार बताउँछन्।
अर्को समाचार
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
१० मिनेट अघि
•
१ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।




इनम सापकोटा प्रकरणमा सरकारले कृत्रिम प्रमाण सिर्जना गर्न खोजेको आरोप सार्वजनिक भएपछि सरकारको अनुसन्धान प्रणाली र राज्यशक्तिको दुरुपयोगमाथि गम्भीर प्रश्न उठेको भन्दै बस्नेतले यस्तो उक्त टिप्पणी गरेका छन्।

‘सत्ता स्थायी होइन तर राज्यले गरेको गैरकानुनी कामको जवाफदेहिता स्थायी हुन्छ। सरकारमा बस्नु भनेको संविधान र कानुनभन्दा माथि बस्नु होइन,’ उनले भने।

प्रहरी र प्रशासन सरकारका निजी संयन्त्र नभई संविधान र कानुनप्रति उत्तरदायी संस्था भएको उल्लेख गर्दै सरकार पनि कानुन र दवाफदेहिताको दायरमा बस्नुपर्ने उनको भनाइ छ।

बस्नेतले सरकारलाई प्रश्न गर्दै भनेका छन्, ‘नागरिकले गल्ती गरे कानुन लाग्ने, तर सरकारी निकायका जिम्मेवार व्यक्ति र संयन्त्रले नै कानुन मिचेको आरोप लाग्दा छानबिन नहुने ? राज्यशक्तिको प्रयोग गरेर कसैलाई फसाउन पाइँदैन। सरकारका गतिविधि कानुनभन्दा माथि र बाहिर हुँदैनन्।’

विवादास्पद कार्यशैली र एकपछि अर्को गरी सार्वजनिक भइरहेका प्रकरणले बालेन्द्र शाह नेतृत्वको सरकारको चरित्र उदाङ्गो बनाउँदै लगेको उनको टिप्पणी छ। सरकार सुशासनको नारा दिएर राज्य आतंकको बाटोमा हिड्न खोज्नु विडम्बनापूर्ण भएको उनको टिप्पणी छ।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यो पनि पढौँ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस