रौतहट सदरमुकाम गौरको जसपा नगर अध्यक्षसहितका कार्यकर्ताहरुले पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीलाई रोजेका छन्। बुधबार एक समारोहबीच पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जसपा नेपालका नगर अध्यक्ष पासपत रायसहितका कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन्।
जसपाबाट रौतहटका नेता तथा कार्यकर्ताहरुको पलायन जारी छ। गत हप्ता जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गरेका थिए। सदरमुकाम गौरका नगर अध्यक्षसँगै दर्जनौँले जसपा पार्टी परित्याग गरेपछि जसपालाई ठूलो धक्का लागेको छ। यसअघि गौरका चर्चित नेता रेवन्त झाले पनि जसपा परित्याग गरी नेकपा एसलाई रोजेका थिए।
यसै गरी नेकपा एमालेबाट गौर नगरपालिका ४ का वडाध्यक्ष उम्मेदवार विन्देश्वर पंडितले पनि पार्टी परित्याग गरी पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट माला र टीका लगाई नेकपा एसमा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेता नेपालले सबैको साझा घरको रुपमा नेकपा एस रहेकोले सिद्धान्त र निष्ठाको राजनीति गर्नेहरुलाई सदा स्वागत गर्न आफू तयार रहेको बताएका छन्।