निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै
२९ कार्तिक २०७९
•
३ मिनेट पाठ
निर्वाचनले हवाई यात्रु बढे, चुनावका दिन चार्टर्ड उडान मात्रै
आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ। निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ।  




दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। 'निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ', उनले भने।  

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले याुत्रको भीडभाड बढेको हो। यात्रुको सङ्ख्या बढेपछि दसैँ तिहारमा जस्तै एयरलाइन्सको विजनेश पनि बढेको छ।

वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताए। उनका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ। 'निर्वाचन अघिका तीन दिन र निर्वाचन पछिका दुई दिन हवाई उडानमा अध्यधिक चाप हुनेछ, अहिले निर्वाचनको सङ्घारमा पनि उडानका यात्रु बढेका छन्', प्रवक्ता शर्माले भने।  

निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ।

बुध्द एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताए। उनका अनुसार अहिले बुध्द एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ।  

'अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको सङख्या बढेको छ, आगामी शुक्रबार र शनिबार सङ्ख्या अझ बढ्ने देखिएको छ', उनले भने, 'यी दुई दिनका लागि बुकिङ पनि बढेको छ।' बुध्द एयरले हाल दैनिक एक सय ५० उडानमार्फत् सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन्।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको सङ्घारमा आन्तरिक उडानमा चहलपहल बढेको बताए। कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उनको भनाइ छ।  

तर पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरु पनि बढेको उनको भनाइ छ। उनका अनुसार काठमाडौँदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम तीन हजार छ सय र बढीमा चार हजार १५ भाडा दर कायम छ। साथै, काठमाडौँ–धनगढीका लागि अधिकतम रु १६ हजार भाडा तोकिएको छ। यती एयरलाइन्सले छ थान एटिआरमार्फत् सेवा दिइरहेको छ।  

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ। 'निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन', उनले भने।  

मङ्सिर ४ गते उडान नहुने

मतदान हुने  दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान भने हुने छैन। उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ।  

'चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैन', विमानस्थलका प्रवक्ता सिटौलाले भने। निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उनको भनाइ छ।रासस
अर्को समाचार
राजमार्गको सहजताले पोखराका हवाई यात्रु घटे
३० पौष २०८२
•
४ मिनेट पाठ
राजमार्गको सहजताले पोखराका हवाई यात्रु घटे
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२५ मा झन्डै साढे नौलाख हवाई यात्रु ओहोरदोहोर गरेका छन। पोखरासम्मको स्थलमार्ग सहज बन्दै गएपछि सन् २०२५ मा पोखराका हवाई यात्रु भने अघिल्लो वर्षको तुलनामा घटेका छन्। अन्तर्राष्ट्रिय उडानका यात्रुको आकार भने निकै नै कम रहेको छ।




विमानस्थलका अनुसार २०२५ का अन्तर्राष्ट्रिय उडानका यात्रुसंख्या जम्मा २ हजार ८ सय ८० जना रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार सन् २०२५ मा सबैगरि ९ लाख ४६ हजार ७ सय ४५ जना यात्रुले विमानस्थल प्रयोग गरेका छन। यो मध्ये विदेशी यात्रुको संख्या भने जम्मा १ लाख ७६ हजार ५ सय ६७ रहेको छ। विदेशी यात्रुको संख्यामध्ये यो नै अहिलेसम्मको बढि हो।  

विमानस्थलका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२४ मा सबैगरि १० लाख १९ हजार ९ सय १९ जना यात्रुलाई ओहोरदोहोर गरेका थिए। सन् २०२३ मा पोखराबाट ८ लाख ८२ हजार १ सय ५२ जना यात्रु ओहोरदोहोर गरेका थिए। ती सबै यात्रु आन्तरिक उडानका मात्र हुन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ जनवरी १ देखि संचालनमा आएको थियो। सन् २०२४ मा यात्रा गरेका १० लाख १९ हजार यात्रुमध्ये १ लाख ७३ हजार भने विदेशी यात्रु छन। २०२३ का यात्रु मध्ये १ लाख २५ हजार विदेशी यात्रु थिए।

पोखरामा अहिले दुइवटा विमानस्थल संचालनमा छन्। पोखराको पुरानो विमानस्थलबाट पनि उडान संचालन भईरहेको छ। तर पुरानो विमानस्थलबाट हुने उडान भने सीमित छ। पोखराको पुरानो विमानस्थलबाट जोमसोमको उडान मात्र संचालन हुन्छ। त्यस्तै हेलिकप्टर र अल्ट्रालाईट जहाज पनि पुरानै विमानस्थलबाट संचालन हुने गरेको छ।  

विमानस्थलका प्रबन्धक सुर्य खत्रीले सन् २०२४ को तुलनामा २०२५ मा पोखराका हवाई यात्रुको आकार कम भएको बताए। ‘सन् २०२४ को तुलनामा २०२५ मा हवाइ यात्रु केही घटेका छन । पोखरासम्मको स्थलमार्ग सहज बन्दै जाँदा त्यसको प्रभाव हवाई यात्रामा देखिएको हो,’ खत्रीले भने, ‘पोखरा–काठमाडौंसम्मको स्थलमार्गको यात्रा अघिल्लो वर्षसम्म साह्रै सकसपूर्ण थियो । अहिले भने केही सहज बनेको छ।’

स्थलमार्ग सहज नहुँदा पोखरा आउने यात्रुहरुले सकसपूर्ण यात्रा गर्नुपरेको थियो। स्थलमार्ग सहज नभएपछि हवाई यात्राका यात्रु बढी भएको उनले बताए। ‘निर्माणाधिन पोखरा–मुग्लिन सडक अहिले सहज बनेको छ। मुग्लिन–काठमाडौंसम्मको बाटो सहज हुने हो भने हवाई यात्राका यात्रु अझै कम हुन सक्छन,’ उनले भने।  

विमानस्थल संचालनमा आएको १५ दिनमै पोखरामा भएको जहाज दुर्घटनाका कारण सन् २०२३ मा पोखराको हवाई यात्रा केही खल्बलिएको थियो। अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको छोटो समयमै भएको दुर्घटनापछि पोखरासम्मको हवाई यात्राप्रति अविश्वास जनाउँदै यात्रुले यात्रा गरेका थिएनन्। तर केही महिनापछि गति लिँदै जाँदा हवाई यात्रु पनि थपिएका थिए।  

बिस्तारको क्रममा रहेको पोखरा–मुग्लिन राजमार्गले पनि अघिल्ला वर्ष हवाई यात्रु बढाएको थियो। पोखरा–काठमाडौंसम्मको सामान्य अवस्थामा ६ घण्टामा पुरा हुने यात्रा राजमार्गको सास्तीका कारण १५–१६ घण्टासम्म लाग्ने गरेको थियो। तर, अहिले त्यो यात्रा अवधि झनै कम भएको छ।  
पोखरा–मुग्लिन ९० किलोमिटर यात्राको अवधि बढीमा ३ घण्टामा पुरा हुनेमा बिस्तार चलिरहँदा ७–८ घण्टासम्म पनि लाग्ने गरेको थियो। त्यही सास्तीपूर्ण यात्राका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकतामा राखेका थिए। तर, अहिले राजमार्ग पुरा भएपछि पोखरा–मुग्लिन राजमार्गको यात्रा डेढघण्टामै पुरा हुने अवस्था आएको छ।  

‘पोखरा पर्यटकीय सहर भएकोले पनि यात्रु संख्या धेरै छ। आन्तरिक पर्यटकको पोखरामा बाक्लै आउजाउ हुन्छ। काठमाडौपछि सबैभन्दा धेरै उडान र यात्रु पोखरासँग आउजाउ गर्छन,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान पनि अझ बढाउन सक्ने हो भने पोखरासँगको यात्रुसंख्या अहिले भन्दा पनि निकै नै बढी हुनेछन।’

पोखरामा आन्तरिक उडान पछिल्लो समय निकै नै बढेका छन्। अन्तर्राष्ट्रिय विमानस्थल भएकोले प्रविधिक रुपमा विमानस्थल आवश्यक परेमा कुनैपनि बेला संचालन गर्न सकिने अवस्था छ। पर्याप्त पूर्वाधारयुक्त विमानस्थल भएकोले राती अबेरसम्म र बिहान सबेरै पनि उडान हुने गरेका छन। ‘यात्रामा अप्ठेरो परेको बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट राती २ बजेसम्म पनि उडान भयो। पुरानो विमानस्थलबाट राती अबेरसम्म उडान सम्भव थिएन,’ एकजना पर्यटन व्यावसायी भन्छन, ‘अन्तर्राष्ट्रिय उडानको आकार ठूलो नभएपनि स्तरीय आन्तरिक उडानको लाभ अहिले पोखराले लिएको छ। ’

अहिलेसम्म दिनहुँ जसो तालिका बनाएर अन्तर्राष्ट्रिय उडान त भएकै छैन, तर, आन्तरिक उडानमा भने पोखराले निकै नै फड्को मारेको ती व्यावसायीले बतए।  पोखरासँगको हवाई सञ्जाल अन्तरिक रुटमा पनि बिस्तार भएको छ। विमानस्थलका अनुसार सिजनका बेला एकैदिन ४३ सयजति यात्रु ओहोरदोहोर गर्ने गरेका छन।  

अहिले पोखराबाट काठमाडौं, भरतपुर, भैरहवा, नेपालगञ्जसम्म नियमित उडान भईरहेका छन्। पोखरामा अहिले यती र बुद्ध एयरले नियमित उडान गरिरहेका छन्। बुद्धले पोखराबाट काठमाडौं बाहेक नेपालगञ्ज, भैरहवा र भरतपुर नियमित उडान गरिरहेको छ। यतीले भने पोखराबाट काठमाडौंका लागि नियमित उडान गर्छ।  
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस