बस्नेत र तामाङ ‘ह्याट्रिक’ योजनामा
२८ कार्तिक २०७९
•
५ मिनेट पाठ
बस्नेत र तामाङ ‘ह्याट्रिक’ योजनामा
नेपाली कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेत क्षेत्र नं २ को उम्मेदवार बनेका छन्। यसै क्षेत्रका एमाले उम्मेदवार शेरबहादुर तामाङले सार्वजनिक अभिव्यक्तिमार्फत बस्नेतलाई ‘टुरिस्ट’ को संज्ञा दिए।




बस्नेतले पनि चुनावी सभाबाटै तामाङलाई जवाफ फर्काए। तामाङको सिन्धुकोटस्थित घरमा झार उम्रिएको, मेलम्ची बाढीमा राहत तथा उद्धारका लागि सबैभन्दा पहिला आफू पुग्दा मन्त्री रहेका उनले वास्ता नगरेको भन्दै बस्नेतले ‘असली टुरिस्ट’ को हो भनेर चिन्ने जिम्मेवारी मतदातालाई नै सुम्पिए।

यतिबेला कांग्रेस र एमालेको चुनावी सभा पुग्दा दुवै उम्मेदवार एकअर्काविरुद्ध यस्तै आक्रामक अभिव्यक्ति दिइरहेका भेटिन्छन्। पूर्वमन्त्री रहेका ‘हेबिवेट’ उम्मेदवारका चर्का भाषणले क्षेत्र नं २ चर्चामा मात्र छैन; चुनावी सरगर्मीसमेत ह्वात्तै बढाएको छ।

कांग्रेस केन्द्रीय सदस्य बस्नेत सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा ओर्लिएका हुन्। एमालेका स्थायी समिति सदस्य तामाङ भने एक्लै प्रतिस्पर्धामा होमिएका छन्। यो तामाङको परम्परागत क्षेत्र हो भने बस्नेतका लागि नयाँ। दुईदुईपटक चुनाव जितेर दुवैपटक मन्त्री बनेका उनीहरू पहिलोपटक चुनावी मैदानमा भिड्दै छन्। त्यसैले यहाँको चुनाव सबैको चासोको विषय बन्न पुगेको छ।

बस्नेतले क्षेत्र नं १ बाट चुनावी प्रतिस्पर्धा गर्दै आएका थिए। यो उनको गृह क्षेत्र हो। गठबन्धनका कारण यो क्षेत्र माओवादीको भागमा परेपछि बस्नेत २ मा आइपुगेका हुन्। केन्द्रीय व्यक्तित्व र प्रभावशाली नेताको छवि बनाएका उनीहरूबीच कडा टक्कर हुने धेरैको अनुमान छ। बस्नेत संसदीय राजनीतिको चुनावी मैदानमा चतुर खेलाडी मानिन्छन्।

बस्नेतकै शब्दमा ‘चुनाव कसरी जित्नुपर्छ’ उनलाई राम्रैसँग थाहा छ। उनी योसमेत छैटौंपटक संसदीय चुनाव भिड्दै छन्। यसअघिका पाँच चुनावमा उनी दुईपटक विजयी भइसकेका छन्। उनको राजनीतिक ‘करियर’ मा एउटा रमाइलो संयोग बनेको छ, बिजोरपटक हार्ने, जोरपटक जित्ने। बस्नेतका अनुसार योपटक उनले चुनाव जित्ने पालो हो।

२०४८ देखि बस्नेतले एउटाबाहेक हरेक संसदीय चुनावमा प्रतिस्पर्धा गर्दै आएका छन्। पहिलोपटक उम्मेदवार बनेको २०४८ को आमनिर्वाचनमा उनी साविक क्षेत्र नं १ मा एमालेका अमृतकुमार बोहोरासँग पराजित भए। २०५१ को मध्यावधि निर्वाचनमा उनले टिकटै पाएनन्। दोस्रोपटक टिकट पाएको २०५६ को चुनावमा सोही क्षेत्रबाट एमालेका बोहरालाई नै हराएर चुनाव जितेका उनी स्वास्थ्य राज्यमन्त्री बने।

साविक क्षेत्र नंं १ बाटै २०६४ को संविधानसभा निर्वाचनमा बस्नेत तेस्रो स्थानमा रहेर पराजित भए। बस्नेत तेस्रोपटक उम्मेदवार बनेको यो निर्वाचन माओवादीका राजकुमार श्रेष्ठले जितेका थिए। जोरपटक चुनाव जित्ने संयोग बनाएका उनी २०७० को अर्को संविधानसभा चुनावमा यसै क्षेत्रबाट निर्वाचित भए। त्यतिबेला उनले एमालेका अरूण नेपाललाई हराएका थिए। यो चुनाव जितेको कार्यकालमा उनी सूचना तथा सञ्चारमन्त्री भएर सरकारको प्रवक्तासमेत बने।

चुनाव जितेको कार्यकाल मन्त्री बन्ने अर्को संयोग पनि बस्नेतले बनाएका छन्। पाँचौं प्रतिस्पर्धामा २०७४ को निर्वाचनमा उनी पराजित भए। एमालेसमेतको मतमा बस्नेतलाई १० हजारभन्दा बढी मतान्तरमा हराउँदै सभामुख अग्निप्रसाद सापकोटाले चुनाव जितेका थिए। योपटक पनि उनले अन्तिमसम्म क्षेत्र नं १ नै दाबी गरेका थिए।

साविक क्षेत्र नं ३ सहित २ को आधा भूगोल गाभेर हाल बनेको क्षेत्र नं २ बाट अहिलेसम्म कांग्रेसले जित्न सकेको छैन। साविक क्षेत्र छाडेपछि पार्टीले खाता खोल्न २ मा पठाएको प्रतिक्रिया बस्नेतले दिँदै आएका छन्। चुनावी अभियानका क्रमम उनले निर्वाचनपछिको नयाँ सरकारको गृहमन्त्रीको रूपमा आफूलाई प्रस्तुत गर्दै आएका छन्।

नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङ लगातार चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छन्। उनले यसअघि २०७० र २०७४ को चुनाव लगालग जितेका थिए। उनी योसमेत पाँचौं पटक चुनावी मैदानमा छन्। २०५६ मा पहिलोपटक उनी साविक क्षेत्र नं ३ मा मालेबाट उम्मेदवार बनेर पराजित भएका थिए। २०६४ को संविधानसभा निर्वाचनमा एमालेबाट यसै क्षेत्रमा उम्मेदवार बनेर उनी पराजित भए। माओवादी, एमाले र राप्रपाबीचको त्रिपक्षीय टक्करमा उनी दोस्रो भए।

२०७० को अर्को संविधानसभा चुनावमा तामाङले जितको पहिलो स्वाद चाखे। उक्त चुनावमा राप्रपाका पशुपतिशमशेर राणालाई हराउँदै उनी निर्वाचित भएका थिए। माओवादीसमेतको मतमा २०७४ को निर्वाचनमा उनी क्षेत्र नं २ बाट विजयी भए। कांग्रेसको साथ पाएको राप्रपाका पशुपतिशमशेर राणालाई नै पराजित गर्दै सांसद बनेका उनी यो एउटै कार्यकालमा दुईपटक कानुनमन्त्री बने।

२०४८, २०५१ र २०५६ को चुनावमा लगातार जितेर ह्याट्रिक गरेका राणा त्यसपछिका तीनवटै निर्वाचनमा ह्याट्रिकै हार बेहोरेपछि यो चुनावमा प्रतिस्पर्धामा छैनन्। उनी समानुपातिक उम्मेदवार बनेका छन्। त्यसैले यहाँ बस्नेत र तामाङबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।

अंकगणित बस्नेतको पक्षमा

यहाँ स्थानीय तह निर्वाचनको मतपरिणाम भने गठबन्धनको पक्षमा देखिन्छ। यहाँ गठबन्धन एमालेभन्दा १६ हजार २ सय ४९ मतले अगाडि देखिन्छ। गठबन्धनसँग ४७ हजार २५ र एमालेसँग ३१ हजार ७ सय ७६ मत छ। स्थानीय चुनावमा वडाध्यक्षहरूले पाएको भोटका आधारमा कांग्रेसले २९ हजार २ सय ९३, माओवादीले १६ हजार ६९ र एकीकृत समाजवादीले १ हजार ६ सय ६३ मत ल्याएका थिए।

गठबन्धनका कांग्रेस–माओवादी स्थानीय चुनावमा प्राप्त गरेको मत संरक्षण गरेरै जित्ने दाउमा छन्। चुस्त पार्टी र चलायमान कार्यकर्ताद्वारा संगठित एमाले भने पार्टीको मत बढाउँदै गठबन्धनका असन्तुष्ट कार्यकर्ता र अन्य साना दलका कार्यकर्ताको मन जितेर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने रणनीतिमा देखिएको छ।

जनजाति हुनुको फाइदा भने एमालेका तामाङले लिन सक्नेछन्। यो जनजाति बाहुल्य क्षेत्र हो। जातीय भोट तानेर पल्लाभारी हुने दाउमा उनी देखिन्छन्। २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पराजय भोगेपछि राप्रपाका राणाले जनजाति उम्मेदवारकै कारण आफू हार्नुपरेको बताएका थिए। कांग्रेसका बस्नेत भने माओवादीको पूरै भोट लिएर आफूले क्षेत्र नं १ मा गरेका काम मतदातामाझ लग्दै भावी गृहमन्त्रीका रूपमा आफूलाई उभ्याएर एमालेकै भोट तान्दै मतान्तर बढाउने कसरतमा छन्।
अर्को समाचार
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
८ मिनेट अघि
•
१ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।




लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।

अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।

सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० सेकेन्ड अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस